Wednesday, June 8, 2016

कुरा बुझ्नेको भूतै कमारो


के ढाँट्नु साथी,
उसलाई मैले विशेष बनाइसक्या थिएँ।
त्यै परी, सपनाकी रानी
दुई आत्मा एक शरीरको बकवास।
सौन्दर्यकी खानी,अझ राजकुमारी पनि
राम्रो चरित्र र मायाकी देवी,
एक दुर्लभ कुमारी,
यस्तै त्यस्तै भ्रम र अन्धबिश्वास!
उसको धारणामा मेरो अस्तित्व टिक्न थालेको थियो
लौ त!
रानीले बेवास्ता गर्दा,
म त सानो झिनो- मसिनो प्रजा बिजोगी
कुमारीको आँसु निकाल्ने पहिलो पुरुष नहुने कल्पनामा,
म त कमजोर, हुतिहारा, मजाक,रोगी।
परीलाई उड्न दिने मूर्ख
आत्मालाई सम्मान गरिन पटमूर्ख !
सच्चा माया लिन सकिन थुक्क!
दुर्लभ काँचो फल ननिल्ने, मर तँ!

तर साथी,
त्यै दुर्लभ
रानी,कुमारी,राजकुमारी,परीले
एकदिन...सबैले झैँ र्याल चुहाएको देख्दा
म त ओहो! समयमै कुरा बुझेको भाग्यमानी

No comments:

Post a Comment