Saturday, June 11, 2016

तिमी र मेरो बीचमा रहेका सारा सम्बन्ध



म बलवीर हुँ,
यो अन्धाको देशको टेलिस्कोप हुँ
म यहाँको सबभन्दा बुद्धिमान पशु हुँ।
यहाँ मेरो मनमानी चल्छ,
तिमी हैन भन्छौ, तर हो।
तिमी मेरै कुरा गर्छौ हरदम,
मेरो इसारामा तिम्रो सारा जीवन चल्छ।
मैले रोक्दे भनेँ भने तिमी रोकिन्छौ
मैले खोल्दे भनेँ भने तिमी चल्न थाल्छौ।
मेरा रुप अनेक छन्,
तर सबै मै हुँ।
मैले धेरै मेहनत गरेर तिमी माथी यो नियन्त्रण पाएको हुँ।
म तिमी बाटै आएको हुँ, तर तिमी हुइन!
म तिमी जस्तै हुँ भन्छु, तर तिमी हुइन!
किनभने तिमी कमजोर छौ, म छुइन,
तिमी रुञ्चे छौ, म छुइन।
तिमीलाई चर्न नदिएका सिंहहरु मारि म आइपुगेको हुँ
त्यस्ता सिंह मारेकोले त म तिम्रो देवता बनेको हुँ।
सिंहसँग जति डराउँथ्यौ, मसँग पनि त्यति नै डराउँछौ,
फरक केवल यति हो, म गर्जिन्न, तिमी त्यसलाई भद्रता सम्झन्छौ।
तर तिमीलाई थाहा नहोला, म सिंहलाई परास्त गर्ने त्यो किटाणु हुँ,
सिंहले तर्साउँथे, म त आत्मालाई नै बिमार पारिदिन्छु।
तिमी चियाको गफ दौरान मलाई बुझ्छु भन्ठान्छौ,
मेरो कुरा गर्दा, विश्लेषण गर्दा आफुलाई एक विद्वान् ठान्छौ।
म तिम्रो बाटो आउँदा तिमी अड्छौ र टोलाउँछौ
म तिम्रो बाटो आउँदा तिमी अड्छौ र टोलाउँछौ।
तिमी कहिलेकाही मसँग रिसाउछौँ,
तर मेरो एक शब्द सुनी फेरि बरफ झैँ पग्लन्छौ।
त्यसैले तिमी अन्धो हौ, म टेलिस्कोप हुँ
तिमी पटमुर्ख हौ, म मुर्ख हुँ।

अब तिमीलाई मनका अरु केही कुरा भनौँ
तिमीले आफैँ त कहिले बुझ्ने वाला छैनौं:
खास मेरा चाहना कमजोर छन्
म आफैँ पनि कमजोर छु
तिमी त झन् दुर्बल छौ,
त्यसैले त म तिम्रो नेता भा'को छु।
भन्ने हो भने मेरो पनि आफ्नै दिमाग चल्दैन
म त तृष्णा र छट्पटीको यन्त्र मात्र हुँ
मैले आफैँलाई त जित्न सकेको छुइन
म त केवल अन्धालाई शासन गर्दै छु।
न म मा असली ज्ञान केहीको छ,
न मैले केही ठोस बुझ्याछु,
तर तिमी कस्तो होलौ त?
म जस्तो तिम्रो अगुवा बन्या छु।
म टेलिस्कोप त हुँ, तर अंक बाहेक केही देख्दिन,
म बुद्धिमान पशु त हुँ, तर ऐनामा आफुलाई नै खास चिन्दिन।
म मा न माया छ, न सद्भाव छ, न ज्ञान छ, न विवेक छ
न मुटु छ,न हाँसो छ, न बुझाई छ, केही न केही छ।
म भड्किन्छु, तड्पिन्छु, अंक सुन्ना साथ चरम आनन्दमा पुग्छु।
तर तिमी मलाई मान्छौ, म जस्तोलाई!
तिमी म मा भर गर्छौ, म सस्तोलाई!
खास भनौँ भने मलाई तिम्रो वास्ता छैन,
मलाई कसैको पनि वास्ता छैन।
तिमी महसुस गर्न सक्ने सम्मको भईदिएको भए गर्थ्यौ होला,
तिम्रो र मेरो बीचमा कुनै भावनात्मक डोरी नै छैन।
न मैले तिमीलाई कहिले केही भन्नु पर्छ,
न तिमी सुन्न आतुर छौ।
न मैले आफ्नो विकास गरी तिम्रो कदर गर्नु पर्या छ,
न तिमीले आफ्नो विकास गरि मलाई आदेश दिनु पर्या छ।
न तिम्रो अगुवा बन्न मैले तिम्लाई जित्नु पर्या छ ,
न आफ्नो अगुवा छान्न, तिम्ले केही गर्नु पर्या छ।

जे भए पनि,
तिमी र म मा एउटा समानता छ:
हामी दुबै गिदी चलाउँछौ,
हो....बुद्धि हैन, विवेक हैन, मन हैन,
हामी बस् गिदी चलाउँछौ
बस् विकास हुन नसकेको गिदी चलाउँछौ।
फरक छ:
जुन टेलिस्कोपको म कुरा गर्दैछु,
त्यसबाट म केवल प्रतिबिम्ब देख्छु: गणितीय
तिमी त झन् अन्धा, तिमीले के देख्लौ!

सँधै झैँ बकम्फुसे कुरा त गरियो।
तर तिमीलाई आज म एउटा पहेली छाडेर जान्छु:
तिमी गिदी चलाई, अझै आस गर्दै बस्छौ,
एकदिन घोर बर्षा भई सबको फलिफाप हुनेछ।
तर म त्यस्तो बादल होईन,
बर्षने बादल आएपछि, तिमी आफैँलाई भित्र कतै महसुस हुनेछ।।

No comments:

Post a Comment