Tuesday, June 21, 2016

कि खोजेर कि डुबेर


एउटा अनकंटार गाउँमा,
थिच्चेको ठूलो पहरा मुनी एउटा साङ्लो
अन्धकारमा छट्पटा'छ, वरपर कोही छैनन्।
ठम्याउन सक्या छैन,
के - को छ आफ्नो माथि?
पहिरोलाइ कुर्न पनि मिल्दैन!
बिस्तारै सर्न खोज्छ, सक्दैन...
उड्न खोज्छ, झनै छटपटाउँछ...
धकल्छ, फर्फराउँछ, उफ्रिन्छ,
केही पछि शिरलाई चापबाट मुक्त गर्छ।
देख्नसक्यो, अब पाउ फस्या छ
अब त आफ्नो मृत्यु आफ्नै आखाँले देख्न सक्छ...
तर पाउ डेग चल्दैन।
चिच्याएर केही हुने वाला छैन!
आशावादी भएर पनि केही हुने वाला छैन!
त्यसपछि आफूलाई रन्काउँछ:
मलाई केहीले थिच्या हैन,
मलाई मेरो पाउले रोक्या हो।
र आफूलाई धकल्छ, पाउ झरे पनि झरोस....
केही हुँदैन...थाक्छ मात्रै,
झनेै दुख्छ...झन छटपटाउँछ।
त्यसपछि निदाउछ,
सपना देख्छ,
आफ्ना माझ बसि फेरि रमाएको,
आहार खोज्दै पहरा छेउँ आइपुगेको...
झल्याँस्स ब्यूँझिन्छ:
पहरा, आहारा...
ए पहरा पो!
यस्तो पहराबाट त कति उम्के-उम्के!
त्यसपछि, आधा घण्टामै,
आफूलाई खोलामा डुबिरहेको पाउँछ।।

No comments:

Post a Comment