Friday, June 10, 2016

बेतालको ताल


यो सानो ताल,
अल्मलिएको यि भीमकाय सागरका बीचमा...
हुने गर्थे यि सागर कहिले जीवनका प्रतीक
जन्म दिन्थे यिनले कहिले प्राणी चमत्कारी अधिक।
यि सागरमा पौडन्थे कहिले ति अर्थ दिने बहान
अंधकारमा ज्योति छर्ने ति प्रारम्भिक कहान।

यो सानो ताल,
भरिन छ बाध्य छालसँगै आउने कुपोषित द्वारा...
तर हुने गर्छन् यि सागर अहिले मात्र गहनाका अनुयायी
जन्म दिन्छन् यिनले अहिले प्राणी भ्रमित , आत्माका कसाँई।
पौडन्छन् यिनमा अहिले ति अर्थ तृष्णित बेकुफी
मनले छुन खोजे महसुस हुने केवल जालसाज र मायूसी।

यो सानो ताल,
कति आफ्नो अस्तित्व बनाओस् छालका भरमा
अब त जागोस् र भरियोस् आफ्नै हृदयको तालमा।
आओस् ए कोही माझी...टिपी लगोस् ति सारा हिले जति लाई
चोखो बनोस् यो ताल, यसपल्ट जलको श्रोत बन्नलाई।
ब्यूँझुन ति सारा प्राणी जसको निश्चलतामा आधार छ,
बनाउन बाँध,छाल रोक्न...ठूलोमा हैन गहिराइमा सार छ।

No comments:

Post a Comment