Monday, June 13, 2016

जीवित शरीर कहिले मर्दैन


एक परका नाता पर्ने बुढाको अन्त्येष्टिमा
म पनि पुगेको थिएँ हिजो।
चिता जलिरहँदा,
'देह सकिएपछि एउटा मानवको असर सबै सकिन्छ...'
'देह सकिएपनि एउटा मानवको सारलाई, मायालाई
आफ्नो हृदयमा कतै राखि,
सदाको निम्ति आफू भित्र जिउँदो राख्न सकिन्न...',
भन्ने जति सबै कि त टोलाइरहेका थिए,
कि त रोइरहेका।
तर एकथरी ति बुढाका जवानीका प्रसंग केलाउँदै थिए,
म उनीहरूको छेउमा गई उभ्भेँ।
उनीहरु मध्य एउटा बताउँदै थियो,
कसरी आफ्नो दुईवटा असफल प्रेम
र पछि श्रीमतीको असामयिक निधनपछि,
नारीबाट कहिले सुख पाउने भईन जीवनमा,
यानी, कहिले खुसी भई बाँच्न नसक्ने भएँ भविष्यमा,
भनी झण्डै आत्महत्या गरेका थिए रे!

तर जो या जसले हामी मानिसको भविष्य निर्धारण गर्छ,
उसको योजना अर्कै रहेछ
८० वर्षको उमेरमा अविवाहित देह त्याग गरेका उनको
जवानीको त्यो प्रसंग सुनेर
त्यो सानो समुहमा भएका जति सबै आश्चर्य मानि भन्दै थिए,
"तर मैले देखेको या चिनेको मध्य,
सबैभन्दा भाग्यमानी र खुसी व्यक्ति त यिनी नै थिए"

No comments:

Post a Comment