Monday, January 4, 2016

जाडो महिनाको उदासी

जाडो महिनाको उदास चिसोपना,
निराश एक्लोपना
नियन्त्रण बाहिरका कलपना
अर्थहीन रचना।
यति अधिक वेदना
सायद मृत्युको निमन्त्रणा?
जीन्दगी प्रतिको वितृष्णा
वेग्लै किसिमको अनजानता!

यि सबको  चोट खाईरहँदा....
के गरी हटाँऊ यि भनी टोलाईरहँदा...
मृत्युको सोच राखिरहँदा
कविताको श्लोक घोकिरहँदा
संगीतको धुनले जबर्जस्ती गरिरहँदा...
पनि हट्न नसकेको भित्रको चिसोपना, एकलोपना
अनजानता, शुन्यता;
एक बोतल चिसो पानी र बादलविचबाट निस्कन पाएको घामले हटाईदियो। 

No comments:

Post a Comment