जहाँ ती आँखामा तृष्णा म देख्छु,
त्यहीं साथी म आफनो डेरा जमाउँछु।
जहाँ ती बोलीमा हेपाई म सुन्छु,
त्यहीं मन कपाँउन प्रस्तुत म हुन्छु।
जहाँ जुन किनारमा खुट्टा तान्या'थ्यौ,
त्यही किनारमा बसी तिमी रुन्छौ।
जहाँ जुन अँधेरमा खित्का छाड्या'थ्यौ,
त्यही अँधेरोमा आफैँलाई सराप्छौ।
जहाँ बसी संसारमा विष छर्या'थ्यौ,
त्यही सडकमा आफ्नै छायाँसँग भाग्छौ।
जुन रुख काटी आगो जो ताप्या'थ्यौ,
त्यहीको हाँगोमा आफुलाई झुण्डिएको पाउँछौ।
जुन धर्ती खनी महल ठडा'थ्यौ,
त्यही महलमा आफुलाई पुरिएको पाउँछौ।
जुन बारीमा तिम्ले घोडा दौडाथ्'यौ,
त्यहीं भोकै-रुँदै तिमी कराउछौ।
जहाँ जुन जंगलमा शिकार गर्या 'थ्यौ,
त्यहीं रुख माझ आफ्नै साथ गुमाउछौ।
जहाँ ती आँखामा कपटता म देख्छु,
त्यहीं साथी म आफ्नो डेरा जमाँउछु।
जहाँ जुन आखाँले आफेैँलाई मात्र देख्छ,
त्यहींबाट त्यो आखाँले आफ्नो घरः शिर खोज्छ।
त्यहीं साथी म आफनो डेरा जमाउँछु।
जहाँ ती बोलीमा हेपाई म सुन्छु,
त्यहीं मन कपाँउन प्रस्तुत म हुन्छु।
जहाँ जुन किनारमा खुट्टा तान्या'थ्यौ,
त्यही किनारमा बसी तिमी रुन्छौ।
जहाँ जुन अँधेरमा खित्का छाड्या'थ्यौ,
त्यही अँधेरोमा आफैँलाई सराप्छौ।
जहाँ बसी संसारमा विष छर्या'थ्यौ,
त्यही सडकमा आफ्नै छायाँसँग भाग्छौ।
जुन रुख काटी आगो जो ताप्या'थ्यौ,
त्यहीको हाँगोमा आफुलाई झुण्डिएको पाउँछौ।
जुन धर्ती खनी महल ठडा'थ्यौ,
त्यही महलमा आफुलाई पुरिएको पाउँछौ।
जुन बारीमा तिम्ले घोडा दौडाथ्'यौ,
त्यहीं भोकै-रुँदै तिमी कराउछौ।
जहाँ जुन जंगलमा शिकार गर्या 'थ्यौ,
त्यहीं रुख माझ आफ्नै साथ गुमाउछौ।
जहाँ ती आँखामा कपटता म देख्छु,
त्यहीं साथी म आफ्नो डेरा जमाँउछु।
जहाँ जुन आखाँले आफेैँलाई मात्र देख्छ,
त्यहींबाट त्यो आखाँले आफ्नो घरः शिर खोज्छ।
No comments:
Post a Comment