कुनै-कुनै कुरा प्रति भित्र हृदयमै यति
घृणा बसेको हुन्छ,
जुन जतिसुकै जबरजस्ती गरी पखाली फाल्न खोज्दा
पनि पखालिँदैन,
जतिसुकै सफा मन राखेर "हैन..राम्रो
छ" भनेर सम्झाउन खोज्दा पनि खुईलिदैन।
यदि त्यहाँ जाने हो भने,
त्यो ठाउँले जीवन नै परिवर्तन गराईदिने
छेमता राख्छ;
सुन्दर, अचम्मीत पार्ने, वाह! भनी अंगलो
हाल्न मन लाग्ने।
त्यहाँका मान्छेका खाना/गाना प्रति मोह,
आत्मै लोभ्याउने।
त्यहाँको ईतिहास, भौगोलिक सुन्दरता, आँखै
रसाउने।
त्यहाँ जीवनविच अन्तर, जिब्रोविच भेद ,
सोच्नै बाध्य बनाउने।
त्यहाँका ठग, त्यहाँका योगी!
त्यहाँका वेद, त्यहाँका रेपी;
त्यहाँका खरबपत, त्यहाँका भिकारी!
त्यहाँका सिटका लागि झगडा, त्यहाँको देशभक्ती!
त्यहाँको ए.सी, त्यहाँको थर्ड क्लास!
त्यहाँका दादागिरी, त्यहाँका कुनै साथ!
त्यहाँका अश्लील संगीत, त्यहाँका राग अमृत!
त्यहाँको बलिवुड, त्यहाँका सत्यजीत!
त्यहाँका धाक-धक्कु, त्यहाँका ग्यान!
जीवनमा हुनु पर्ने जम्मै मसाला एउटै टुक्रामा!
यति बुझ्दा-बुझ्दै पनि 'भारत' भनेपछि जुन
घृणा छ, त्यो कैले मेटिनी भएन,
भारतको टीम हार्दा मजा आउन कैले पनि छुट्ने
भएन।
हुन त बादल त्यहीँबाट आउँछ,
त्यै पानीमा भिजेर हुर्कियो,
तर जति सम्झाउन खोजे पनि, त्यो घृणा कैले
नमेटिने भो!
सायद सानो छँदै देखिको स्कुलमा हुने,
कुनै ठूलो ज्यान धारी, रिसाहा बुली मोटे, प्रतिको घृणा जस्तै होला;
जसले पाद'दा सारा स्कुल हाँसे पनि आफुलाई
कैले हाँसो उठेन!
जसले मलाई राम्रो भन्दा, आफैँ माथी घिन
लाग्यो, त्यो प्रति सम्मान जागेन!
जसलाई सबैले राम्रो भन्दा, संसारै गलत लाग्यो,
त्यसलाई कतैबाट राम्रो देखिएन!
सायद त्यस्तै केई होला यो!
No comments:
Post a Comment