Thursday, January 21, 2016

धारणा, त्यसका असर र शार



धारणा भन्नाले ती भावनात्मक गुणहरु, दिमागमा उत्पन्न हुने विचारहरुलाई बुझिन्छ जुन कुनै पनि वस्तुहरुले आफुमा उत्पन्न गराएका हुन्छन्। यहाँ वस्तु भन्नाले आफ्नै शार बोकेका हरेक कुराहरुलाई बुझिन्छः स्त्री देखिन् धुलोको कण सम्म, सूर्य देखिन् सुकेको पात सम्म। 'आफु' भन्नाले धारणाको आभाष गर्न सक्ने हरेक वस्तुलाई बुझिन्छ। 'अरु' भन्नाले 'आफ्नो' भौतिक परिधी भन्दा बाहिरका वस्तुहरुलाई बुझिन्छ। यहाँ के पनि मान्न जरुरी छ भन्दा, हरेक वस्तुको आफ्नै शार रहेको हुन्छ र त्यो शार ब्रह्ममाण्डीक एकताको दृष्टिकोणबाट नभई सामान्य जीवनमा आभाष गरिने शार हुन्।

किनकी हामीले यो भौतिक भूमी अरुहरुसँग बाँडेका छौँ, धारणा त्यो हो जसले आफुमा अरुबाट या अरुमा आफुबाट पर्ने असरलाई आकृती दिएको हुन्छ; अझ सामान्य भाषामा, एउटा वस्तु र अर्को वस्तु विचको सम्बन्ध, ती ले एक-अर्का माथी पार्ने असरहरुलाई नै भनिएको हो। एउटा वस्तुको अर्को वस्तय प्रतिको बुझाईको रुपमा पनि धारणालाई लिन सकिन्छ।

धारणाको परिभाषालाई उदाहरणको माध्यमबाट हेर्ने हो भने, खासगरी माथीका पछिल्ला दुई बुझाईहरुलाई आधार मानेरः

मानौँ  एउटा वस्तु म 'आफु' हो र अर्को वस्तु एउटा बलिरहेको मैनबती हो। माथी भनिए अनुसार, एउटा वस्तु र अर्को वस्तु विचको सम्बन्ध, असरहरुलाई आकृती दिने नै धारणा हो; यानी म 'आफु'को र बलिरहेको मैनबती विचको सम्बन्ध, असरहरुलाई आकृती दिने नै धारणा हो र म 'आफु' को मैनबतीप्रतिको बुझाई या मैनबतीको म 'प्रतिको बुझाई नै धारणा म मैनबती बालेर बसिरहेको छु, मैनबतीले म 'आफु'माथी पारेको असर भनेरको प्रकाश र ताप हो। त्यसबाट निस्केको प्रकाशले मलाई राम्रो* गरिरहेको छ, यानी असर पनि मैनबतीको राम्रो परिरहेको छ। 'प्रकाश दिने वस्तु' मेरो लागि मैनबतीको बुझाई भयो। किनकी त्यसले म मा राम्रो असर पार्यो, 'राम्रो' नै मेरो मैनबती प्रतिको धारणा भयो। तसर्थ; म 'आफु'को मैनबती प्रतिको बुझाई प्रकाश दिने वस्तु (राम्रो गर्ने) वस्तु भयो र त्यही नै म 'आफु' को त्यस प्रतिको धारणा भयो।

अब मानौँ, अरु कोही  मान्छेले आएर मलाई भनिदियो, "ए! मैनबतीको प्रकाशले त अन्धो पार्छ रे!", तब मेरो मैनबती प्रतिको धारणा के हुन्छ होला? किनकी अघिन 'प्रकाश; मेरो निम्ती राम्रो थियो, त्यो असरलाई आकृती दिएको हुनाले मैनबती मेरो लागि राम्रो थियो, अब जब प्रकाश मेरो निम्ती  नराम्रो भयो, मैनबती प्रतिको मेरो धारणा पनि ''नराम्रो'' हुनेछ यानी त्यसले म 'आफु' माथी 'नराम्रो' भावनात्मक असर पार्ने छ। मेरो मैनबती प्रतिको बुझाई, 'अन्धो पार्ने वस्तु' हुनेछ, तसर्थ मैनबती प्रति मेरो धारणा/बुझाई 'नराम्रो गर्ने वस्तु' हुनेछ। माथीको सामान्य तथा सायद मुर्ख उदाहरणको उदेश्य केवल एउटै वस्तु माथी एउटै वस्तुबाट पर्न सक्ने विभिन्न 'धारणा' जनाउनु मात्र थियो। के-बदलियो त त्यो मैनबतीमा या आफुमा जसले गर्दा मैनबती प्रति मेरो धारणा र धारणाको कारणले

मैनबतीबाट म माथी पर्ने भावनात्मक गुण (असर) र विचार नै परिवर्तन भए? के ले चाहीं हाम्रो धारणालाई आकार प्रदान गरेका हुँदा रै'छन् त?

माथीको उदाहरणमा देखापरेका मेरा दुईवटा बेग्ला-बेग्लै धारणाले म 'आफु' मा बेग्ला-बेग्लै किसिमका असरहरु पर्ने हुनाले पनि धारणाको श्रोतको खोजी जरुरी रहेको महशुस हुन्छ। पहिलो धारणा राख्दा मैले मैनबती बालिरहनेछु, त्यसमा खुसी भईरहने छु र सायद प्रकाशको उपयोग गरी केही किताब पढ्ने छु। तर पछिल्लो धारणा राख्दा म खुसी भईरहने छुईन र यदि मैनबती निभाईदिएँ भने सायद प्रकाशको अनुपस्थितीले म केही नगरी सायद बाहिर निस्की कुनै डकौतीको शिकार हुने छु; मानौँ। धारणाले गर्दा म आफुमा सम्भवतः ग्यान र बैरागको अन्तर हुने छ, मेरो व्यवहार, भावना, सोचाई ,ईत्यादी मा फरक आउने छ, तसर्थ पनि धारणाको श्रोत र वस्तुको सही पहिचानको महत्व देखिन्छ।

माथीको उदाहरणमा त मेरो धारणाको श्रोत 'कसै' थियो तर हरेक पल्ट, हरेक धारणामा त्यो 'कसै' मात्र हुँदैन, अरु बेला बेग्लै श्रोतहरु पनि हुन सक्छन्। मैनबतीको म प्रतिको धारणा भने, 'उपयोउ गरेको वस्तु' भनी राम्रो पनि हुन सक्छ, 'आफुलाई सिद्दाउने वस्तु' भनी नराम्रो पनि हुन सक्छ। किनकी मैनबतीले आफ्नो रुप/स्वभाव स्वाभावीक भन्दा बदलिएन, त्यसैले त्यसको धारणा बुझ्न मलाई अप्ठेरो भयो।

त के-के हुन् त सामान्य तया धारणालाई आकार दिने कुराहरु?

पहिलो त कुनै पनि वस्तु प्रतिको मेरो ग्यान; या भनौँ कुनै पनि वस्तुको फर्म (स्वरुप) प्रतिको मेरो ग्यान। ग्यान भन्नाले, 'त्यो के हो?', 'त्यो किन त्यस्तो छ?', 'त्यसको कार्य के हो?', ईत्यादीका सही उतरलाई बुझिन्छ। स्वरुप प्रतिको मेरो ग्यान भन्नाले, यस्तो किसिमको स्वरुप भएको वस्तुहरु ''के हुन्?', 'किन त्यस्ता छन्?', 'त्यसका कार्य के-के हुन्?', ईत्यादीका सही उतरलाई बुझिन्छ। ग्यान भन्नाले सामान्य भन्दा सामान्य बुझाई हो, जसमा 'आफु' र 'अरु' वस्तु विचको सम्बन्ध राखिएको हुँदैन। वस्तुहरुको यस्तो ग्यानको कमी नै धारणाका श्रोत हुन्।

'अस्तित्वलाई एउटा वस्तु मान्ने हो भने, "अस्तित्व के हो?', 'कसरी यस्तो छ?', 'किन यस्तो छ?', भन्ने प्रश्नहरुको सही उतर नहुँदा (यानी ग्यानको कमी हुँदा) नै अस्तित्व कुनै दैवको सृष्टि हो भन्ने धारणाको जन्म भएको हो। हुन त यो दैवको सृष्टी हैन भनेर पनि कुनै ग्यान हामीले अहिलेसम्म पाईसकेका छैनौँ, तर यो मामलामा कुनै पनि ठोस् ग्यान हासिल नभईसकेका हुनाले त्यस तर्फको सबै बुझाईलाई हामीले 'धारणा' भन्नु उपयुक्त होला।

सामन्य ग्यान राखेपछि जब त्यसमा असरलाई सामेल गराईन्छ; यानी वस्तु र आफुविचको सम्बन्ध केलाउन थालिन्छ तब धारणाको असली खेल सुरु हुन्छ। अस्तित्वको सन्दर्भमा, 'यो दैवको सृजना हो, तसर्थ दैवले मलाई यसो-यसो गर्नु/नगर्नु भनेर पठा'को हो...तसर्थ, यो राम्रो हो...यो नराम्रो हो', भन्ने धारणाहरुको उब्जनी भएका हुन्, यानी नैतिकताको जन्म भएको हो। यदि अस्तित्वप्रति ठोस् ग्यान भईदिएको भए,  धारणाको जरुरतै पर्दैन....कुनै पनि नैतिक दृष्टान्टको जरुरतै पर्दैन थियो।

तसर्थ अपूर्ण ग्याननै धारणाको एउटा मुख्य श्रोत हो र यहाँ हामीलाई सान्दर्भीक हुने श्रोत हो।

यदि मैले मैनबतीको सही ग्यान राख्न सकेको भए, त्यसप्रतिको म 'आफु'मा पर्ने असर प्रति मेरो धारणा हुने थिएन र मैनबतीलाई जे-हो, त्यसैको लागि लिनेथिएँ। धारणाको कन्फ्लिक्ट नै ग्यानको कमीले उत्पन्न हुन्छ; तसर्थ कुनै पनि सत्य रुचाउनेका लागि धारणाबाट ग्यानमा जानु र सँधै ग्यान हासिल गरिरहने मानसिकता राख्नु नै सबैभन्दा ठूलो चुनौती हो। ग्यानको बाटो खल्लो हुन्छ, बोधो हुन्छ; धारणाको बाटो चटपटे हुन्छ, भावनात्मक हुन्छ। किनकी धारणाले हाम्रा साना-भन्दा साना क्रियाकलाप, व्यवहार, बानी, स्वभाव, ईत्यादीमा असर पार्छन्, जुन मैनबतिको उदाहरणमा हेरिसकिएको छ, यसले हाम्रो नैतिकतालाई आकार दिन र अन्तमाः आफैँलाई आकार दिन ठूलो भूमिका खेलिरहेको हुन्छ।

यहाँ नेर धारणाको बारेमा अर्को के निष्कर्ष निकाल्न सकिन्छ भने, 'धारणा' हरेक मान्छेमा हुनु भनेकोः हरेक मान्छेमा सत्यको/बुझाईको चाहना रहेको हुनु हो। यहीं नेर अपूर्ण बुझाईले नै धारणा निम्त्याउँछन्। एउटा सानो उदाहरण दिनुपर्दा,
हामी अरुको नजरबाट आफुमाथी  धारणा राखिरहेका हुन्छौँ, जुन चाहीं केही नभएर आफुप्रतिको अधुरो ग्यानको/बुझाईको कारणले गर्दा मात्रै हामीले राखिरहेका हुन्छौँ। हामीलाई आफ्नो ग्यानको चाहना भएको बखत मात्र सही ग्यानको कमीले गर्दा अरुको आफु प्रतिको धारणा राख्छौँ।
अब धारणाले कसरी भावना बोकेका हुन्छन्?; सरल बाहेक 'मान्छे' जस्तो जटिल वस्तुको ग्यान कसरी राख्न सकिन्छ? भन्ने प्रश्नहरु केलाउँ।
सरल वस्तु ती हुन्, जसले आफ्नो व्यवहारमा अचानक परिवर्तन ल्याउँदैनन्। माथीको मैनबतीको उदाहरणमा मैनबती सो सरल वस्तु हो। हामीमा मैनबतीको बारे जति ग्यान छ, त्यो भन्दा बाहेक ऊ अनौठो व्यवहार गर्दैन। आगो बल्न मैनले सहयोग पुर्याउँछ, मैन पग्लिदैँ जान्छ; हावा चल्यो भने आगो निभ्न खोज्छ, मैन सकिएपछि मैनबतीको त्यो स्वरुप बल्ल सकिन्छ। यति ग्यान हामीलाई छ मैनबतीको बारेमा र कुनै हाँसो पूर्ण कलपना नगर्ने हो भने, मैनबती यति नै व्यवहारमा सिमीत रहिरहन्छ। यस्ता सरल वस्तुको ग्यानले हामीलाई धोका दिदैँन। तर जब कुनै वस्तु निकै नै अप्रत्याशित हुन्छ तब त्यसको ग्यान कसरी राख्ने? त्यस्ता अप्रत्याशित वस्तु वस्तुहरुनै धारणा उत्पन्न गराउने प्रमुख वस्तुहरु हुन्। मान्छे, प्रकृतिका केही नियम, प्राणीहरु, ईत्यादी नै त्यस्ता जटिल वस्तुका हामीलाई सरोकार रहने उदाहरणहरु हुन्। मान्छे या भनौँ कुकुहरु
या हावाको बहावको मैनबती झैँ सजिलै ग्यान राख्न मुस्किल हुन्छ, तसर्थ सबैभन्दा धेरै धारणा यिनीहरु प्रति नै राखिनु स्वाभाविक हो।
धारणा र भावनाको सम्बन्ध सम्म पुग्नको निम्ती हामीले जटिल वस्तुहरुका बारे केही ग्यान हासिल गर्न सजिलो हुने माध्यमको पुल बनाई त्यसै पुलको प्रयोग गर्नु पर्ने हुन्छ। त्यस्को निम्ती जटिल वस्तुहरुलाई हामी एउटा यस्तो दृष्टिकोणबाट हेर्छौँ जसबाट हेर्दा हामीले माथी भनेझैँ जटिल वस्तुमा उत्पन्न हुने अनियमितता, अनिश्चयता प्रष्टसँग देखिन्छ। त्यो होः
जटिल वस्तुका चाहना।
हामी अब जटिल वस्तुहरुलाई उनीहरुको नामबाट नभई उनीहरुको चाहनाबाट चिन्न थाल्ने छौँ। हामी उनीहरुको चाहनालाई बुझ्न खोज्ने छौँ। त्यही चाहनाको दृष्टिकोणबाट सरल वस्तुहरुलाई हेर्दा पनि हुन्छ। मैनबती, अब हाम्रो लागि सनो-तिनो प्रकाश र तापको चाहना हुन्छ भने, सूर्य हाम्रो लागि अधिक प्रकाश-तापको चाहना(यहाँ यस लेखमा चाहनालाई बुझ्न आफ्नो र यस्ता वस्तुहरु विचको सामान्य सम्बन्धलाई मात्र आधार बनाईएको छ, यानी सूर्यका चाहना अरु भेटाउन सकिएला तर यहाँ केवल हामीमा परेको असरलाई आधार बनाईएको हुनाले केवल ताप र प्रकाशको चाहना भनिएको हो।)
अब चाहनाको सन्दर्भमा धारणा घुस्न नपाओ'स भन्ने कुरामा ढुक्क हुनको निम्ती हामीले एउटा सामान्य तरीका अप्नाउनेछौँ;
हामीले वस्तुहरुको क्रियाकलाप यानी एक्सन लाई ध्यानमा राखि, 'फलानो क्रियाकलाप गरिरहेछ, त्यसैले फलानो चाहना राखिरहेछ' भन्ने स्वयंसिद्द बनाउँछौँ। त्यसैको नै आधारमा माथी सूर्य, मैनबतीको चाहनाको बारेमा हाम्रो निष्कर्ष निस्केको 'चाहना' त्यो हो जसले क्रियाकलाप गर्न कुनै पनि वस्तुलाई प्ररित गर्छ अथवा चाहना पूर्तीको लागि नै कुनै पनि वस्तुले कुनै पनि क्रियाकलाप गर्छन्। 'चील' भनेको आकाशमा उढी शिकार तलास्ने चाहना हो भने, बादल भनेको तातो भई, बाफ बनी, आकाशमा घुमी केही पानी बनी झर्ने चाहना हो। चाहना आफैँमा सुरु हुन्छन्, आफैँमा समाप्त हुन्छन्। कुनै पनि वस्तुको चाहनाको ग्यान राखिसके पश्चात त्यो वस्तुप्रति धारणा राखिदैँन। यो दृष्टिकोणबाट मैनबतीको खण्डमा मैनबतीलाई अब राम्रो या नराम्रो भनेर दाँजिदैन।          
हरेक चाहनाले एउटा भावना बोकेको हुन्छ, जसलाई अंग्रेजीबाट भन्दा फिलिन्ग्स अथवा स्टेट भन्दा हुन्छ। चील भनेको पनि एक थरीको भावना हो, जुन चील मात्रैले मात्र महसुस गर्छ; त्यो एउटा चाहना हो, जुन चील मात्रैको हो। यस्तो हरेक वस्तुमा/को हुन्छ। यही भाव मिश्रीत चाहना र वस्तुको भौतिक परिधीको मिश्रणलाई नै हामी शार भन्छौँ। 'शार' भनेपछि अब त्यो वस्तुको चाहना, वनावट, बानी व्यवहार सबै त्यसै भित्र पर्छ। यसरी कुनै पनि वस्तुमा भावनाको सृजना भएको हुन्छ । वस्तुमा चाहना भईसकेपछि, त्यो वस्तु आफ्नो त्यो चाहना पूर्ती गर्न तर्फ लाग्नु स्वाभाविक हो; यदि चाहना पूर्तीको बाटो सहज भयो भने त्यो वस्तु 'खुसी' अथवा दैविक स्टेट मा पुग्छ र यदि चाहना पूर्तीमा बाधा अड्कावहरु आईपुगे भने सो वस्तु 'दुखी' स्टेट मा पुग्छ। विभिन्न स्टेटहरुका व्याख्या, तिनका प्रकारका बारेमा यसमा चर्चा गरिने छैन र त्यति गहिरो सँग त्यसलाई विश्लेषण पनि गरिने छैन।      
अब, हामीले माथी भनिसकेका छौँ, हामी मान्छेहरुमा ग्यानको चाहना हुन्छ भनेर। धारणालाई हामीले अपूर्ण ग्यान भनिसकेका छौँ। फेरी, चाहना पूर्ती भएको खण्डमा हामीमा 'खुसी' को भावनाहरु आउँछन् नत्र 'दुखी' भावनाहरु आउँछन् पनि भनिसकेका छौँ। माथीका सबैबाट एउटै कुनै निष्कर्ष निकाल्ने हो भनेः ग्यानको चाहना पूरा नभएको हुनाले (धारणा राखिएको हुनाले) नै हामी धारणाका कारणबाट भावहरु उत्पन्न हुन्छ। केवल हामी मान्छेहरुको बारेमा मात्र कुरा गर्ने हो भने, हामीले एक -अर्काका चाहना बुझ्न नसकेका हुनाले नै हामीमा अनेक भावहरु उत्पन्न हुन्छन्। फेरी, मान्छे भनेको बहु चाहना राख्न सक्छ्यम एक दुर्लभ वस्तु जो हो। भावना त हामीमा अनेक किसिमका हुन्छन् र ती सबका प्रकारको व्याख्या यस लेखमै पूर्ण तरीकाले गर्न लगभग अस्मभव भएको हुनाले अहिलेलाई भावनालाई केवल ' सुखी' र 'दुखी' को श्रेणीमा मात्र राख्न सकिन्छ। त्यै पनि यो लेखको उद्देश्य केवल धारणा र भावनाको सम्बन्ध देखाउने भएको हुनाले बाँकीका चाहना र भावनाका बारेमा कुरा गरिरहन जरुरी छैन।
अहिले सम्मका निष्कर्षहरुबाटै केही निष्कर्ष निकाल्ने हो भनेः

• धारणा भनेको अपूर्ण ग्यान हो।

• हामी मानिसमा ग्यानको चाहना हाम्रो प्रवृतिमै हुन्छ।

• हरेक चाहनाले भावना बोकेको हुन्छ; चाहना पूर्तीले 'खुसी' तिर लैजान्छ भने चाहना पूर्तीमा बाधाले 'दुखी' तिर।

• यदि कुनै मान्छेको चाहनाको पूर्ण ग्यान भएको खण्डमा, धारणा आफैँ विलाएर जान्छन् र मान्छेलाई जे-हो,

जस्तो हो त्यसरी नै हेरिन्छ/देखिन्छ जसबाट उसका चाहनाहरुलाई महसुस गरी उसका चाहनाको ग्यान हासिल गर्न सकिन्छ। किनकी माथी भनिए झैँ मानिसमा केवल एउटा मात्र नभई अनेक चाहनाहरु हुन्छन्, ती चाहनाहरुलाई बुझेर मान्छेलाई केवल चाहनाकै रुपमा मात्र हेर्न सक्नु, यानी उसको शार पहिचान गर्न सक्नु नै उसको ग्यान हासिल गर्न सक्नु हो। चाहना पहिचान गर्न पहिले उल्लेख गरे जसरी नै मान्छेको क्रियाकलाप बुझ्नु पर्ने हुन्छ र 'फलानोले यस्तो क्रियाकलाप गरिरहेछ; तसर्थ फलानोले यस्तो चाहना राखिरहेछ' भन्ने स्वयँसिद्ध अप्नाउनु पर्ने छ। हामी निर्धक्क भी के पनि भन्न सक्छौँ भने हरेक मानिसले जसरी भए पनि आफ्नो चाहना पूर्तीकै कार्यहरु गर्छ; प्रत्यछ्य या अप्रत्यछ्य रुपमा; सिधै या म्यानिफेस्टेड रुपमा।
यसरी हामीले सुरुवात देखिका सबै प्रश्नहरुका उतर हेरिसकेका छौँ; धारणा र त्यसका असरहरु, शारसँगको त्यसको सम्बन्ध पनि हेरिसकेका छौँ। यो उपायबाट (मानव चाहनाको माध्यमबाट) चाहनालाई पुल बनाई धारणा र भावहरुका सम्बन्ध पनि देख्न सछ्यम भयौँ।
कुनै पनि वस्तुको ग्यान हासिल गर्नको निम्री अब बेद्धिक तहबाट रिजन को प्रयोग नगरी त्यस वस्तुको शारलाई महसुस गरिने छ।

No comments:

Post a Comment