Tuesday, January 12, 2016

वाह असफलता!

एउटा सफल माछा व्यापारीसँग भेट भए'थ्यो ऐक'खेर,
सुनाई गयो एउटा गाथा उसले त्यहीबेरः

एक बेलाको कुरा हो,
म सानो-तिनो माझी छँदा बखतको गाथा योः
गए थेँ कोशी किनार माछा मार्न भनेर।
माछा बेची परिवारलाई खुसी पार्न भनेर।
गार्हो परिसक्या 'थ्यो, रुवाबासी चलिसक्या'थ्यो।
गएँ डुङ्गामा चढी नदीमा माछा खोज्दै,
आफ्ना दुःख गुनासो र निर्दयी समाजलाई कोस्दै।
गरेँ कति प्रयास; माछा एउटै समातिएन।
दैवलाई लाख गुहार्दा पनि जाल भारिएन।
 ४ घण्टा प्रयास गरेँ, घर फर्कि आँखा जुदाउन सकिन ,
दोस्रो दिन आठ घण्टा तैरिरहेँ, घर फर्कि शिर उठाउन सकिन।
तेस्रो दिन पनि त्यस्तै बित्यो स्वास्नीको हाउभाउमा शंका घुस्यो।
 चौथो दिन पनि डुङ्गा लिई हिँडे,
केही नपाएपछि किनारमा लडेँ।
 स्वास्नीको गनगन, छोराछोरीको रन-रन;
पर-पुरुषको सम्भावना; विचित्रका कलपना!
असफलताको तिखो काँडा,
हुतिहाराको चिसो भर्त्सना।
जीवन खेर फालेको नमिठो तर्कना,
विचित्र-विचित्रका कलपना!
गर्दै निदाएछु केहीबेर ,धेरै बेर, अबेर;
यति आनन्द दियो साथी त्यो निन्द्राले,
असफलताको सत्यको झन्झटाउँदो थकानले;
त्यसपछि उठी एक घण्टा नदी टोलाउका ती छेँडले,
सबै बिर्सी लिएको त्यो असफलताको मजा' ले;
कि आज सम्मः त्यसदिनपछि,
दिनहुँ माछा भेटी लाखौँमा खेल्दा,
स्वास्नीको मप्रतिको माया-मोह देख्दा,
छोरा-छोरीको सम्मान भोग्दा,
दुनियाँको तारिफ पाउँदा,
हरेक नारीको पेटीकोट भित्रको तारिख पाउँदा,
पनि त्यस निन्द्रा र खोलाको टोलाउबाट पाए जतिको आनन्द अरु केहीबाट पाउन सक्या छुईन,
त्यसमा जति आफैँ अरु केही मा हुन सक्या छुईन,
त्यसमा जति सत्य नजिक अरु केही बाट पनि पुग्या छुईन,
त्यसबाट प्राप्त जति आनन्द अरु केही-बाट पनि पाएको छुईन।




 

No comments:

Post a Comment