ग्यानको प्यास मेटाउँछु भनी,
ताराका ज्वाला हेरी,
छालका चाला हेरी,
बाफ-पानीका सम्बन्ध नियाली,
उकालो-ओरालो गुच्चा खसाई,
स्याऊ झरेका दृश्य कल्पी,
झरना झरेकोमा जून सम्झी,
मानिसको जीवन सजिलो पार्दिन्छु भनी,
बनाएँ तिनले नानाथरी।
धुला-धुलालाई गनी,
कुना-कुनालाई नापी,
दाँजी, फाँडी, टुक्र्याई, छोट्याई, घुसाई, पठाई,
मानिसको जीवन सजिलो हुनेछ भनी,
बनाए तिनले नाना-थरी।
"वाह! चमत्कार, जादु, हामी भगवान उपरका थरी!
बन्ने छौँ झरी, चरी,
बघिनी भन्दा बलियी
चितुवी भन्दा कुदुवी
फ्याउरीनी भन्दा बाठी
माछी भन्दा राम्रो पौडिनी,
'वाह! हामी चमत्कारी, जादुवी,
हामी भगवान उपरका थरी!
हामी घाम बिनै उज्याली,
ग्यान बिनै ग्यानी,
थकाई बिनै जहाँ पनि,
उड्नी, कुद्नी, दौडिनी, पौडिनी,
हामी हाम्रो जीवन सजिलो बनाउनी!'
भन्दै बनाए तिनले नानाथरी,
मेहनत, दुःख कष्ट गरी
बनाए तिनले केही निकै गार्हो गरी।
'अब मान्छेको जीवन सजिलो हुनेछ', भनी
यहीँ बसी सात समुन्द्र पार कुरा गर्नी
हामी हाम्रो पृथ्वीलाई सानो बनाउनी,
बाघलाई घरमा पाल्नी
गोहीलाई लात हान्नी,
अजिङ्गरलाई किल्चिनी,
सिंहको मुखैमा पाद्'दिनी
तारा सम्म पुग्नी
सारा एलियन जतिलाई देखाउनी,
'हेर् हामी होँ यस सृष्टीका भगवान उपरका थरी!
हेर् त्यत्रो ठूलो हात्ती हामीलाई बोकी हिँड्छ कसरी!'
जाडोमा ब्रा-कट्टु मात्र लाउनी,
गर्मीमा स्वेटर लगाउनी,
अरु कोही छन् त्यस्ता हामी भन्दा माथी?
हामी परमाणुलाई लुगा ध्वाउनी
भाँडा मझाउनी
चाक पुसाउनी घुसाउनी पनि।
हामी परमाणुलाई च्याप्नी
त्यसैसँग सुत्नी, मुत्नी, हग्नी
जहाँ पनि त्यसैलाई लिएर जानी
आफ्नै अङ्ग बनाउनी!
भन्दै बनाएँ तिनले नानाथरी,
मान्छेको जीवन सजिलो पार्ने भनी,
सरल पार्ने भनी,
नाङ्गै हिँड् 'नि सक्ने जनावरलाई हेर भरिदिए कसरी!
तिनले सजिलो पार्न भनी, गार्हो गरी
बनाएका कुरालाई चलाउने के गरी?
परमाणु हो कि कुनी के बग्न छाडे के गर्नी?
बिहान चाँडै नउठ्नी?
दिशा गर्दै के चलाउनी ?
त्यत्रो बाटो खुट्टैले हिँड्नी?
के गरेर बस्नी?
कसरी मनोरञ्जन लिनी?
कसरी हाँस्नी, कसरी चाट्न मिल्नी भेट्नी?
के गर्ने हामी?
कति गार्हो कुरा छ यो, कैले सिक्नी, कसरी सिक्नी?
सोचेरै सुरु भईसक्यो टाउको दुख्नी!
त्यत्रो कसरी लेख्नी?
त्यहाँ सम्म कसरी तैरिनी?
कसरी डर भगाउनी
कसरी हाँस्ने? हाँस्ने कसरी?
"गधा होस् तँ यस्तो सोचमा अल्मलिनी,
त्यस्तो काँ हुन्छ तैट; किन आतिनी?
किन टाउको दुखाउनी?
हुन्जेल मजा लिनी, प्रयोग गर्नी, मोडर्न हुनी, बुद्धिमानी जीव हुनी,
रमाउनी, काम गराउनी"
मान्छेको जीवन सजिलो पार्नी
भनेर बनाए तिनले नानाथरी जसरी
तर के भयो त जीवन सजिलो त्यसगरी?
त्यत्रा भीमकाय परमाणुमानवलाई सिक्ने कसरी?
त्यत्रा एङ्गल, ट्राईएङ्गल, सर्कल
फोर्स, साईन/कस थिटा/बीटा,
टर्क, सर्कको बकवासलाई बुझ्ने के गरी?
के सजिलो पार्दे त तिनरुले साँचै भन्ने हो भनी!
जीउमा दुई किलोको त यन्त्र नै बसि 'छ यसरी,
कतै खुला भई घुम्न निस्कँदा तिनकै चिन्ता रहन्छ हरघडी
ति बिना निस्कन छाड्यो दिशै धरी,
ति बना त भईनेछ लौ पशु भन्दा तलका थरी।
ति बिना खाने के गरी, न्वाउने के गरी, चढाउने के गरी?
पुग्ने के गरी? बाँच्ने के गरी?
"फेरी गधा जस्तो कुरा गर्छ मुर्ख, तिनलाई प्रयोग गर्न पाईयोस् भनेर त हो नि बाँच्नी,
जानी, खैरे-हप्सीको मुलुकमा, त्यहाँ परमाणु बग्न छाड्दैनन् रे कैले पनि
सुखको पर्याववाची शब्द 'मेसिन' हो भनी याद राख्ने हरघडी,
'मलाई मेसिन बुझ्नु छ, चलाउन जान्नु छ, मेसिन प्राप्त गर्नु छ, मेसिनी हुनु छ' भनी
राख्ने दिमाग, मन जाँ-जाँ हुन्छ त्यहाँ कसोगरी,
कैले दुख पाउँदैनस् बाँचुन्जेल त्यसपछि"
यत्रो भर छ यिनमा यसरी
सजिलो भयो जीवन कसरी?
बुझ्नु पर्ने ति गणितका भारी
तिनले सजिलो पार्दै कसरी?
No comments:
Post a Comment