Thursday, January 7, 2016

जुक्तजी

के गर्न सक्थे जुक्तजी ले?
कहिले बुझिएन!
के भन्न खोज्दैथे उनी?
कहिले सुनिएन!
कमजोर ठानियो, बेकम्मा मानियो,
उहाँलाई भन्दा त चलनलाई छानियो; बाहिरबाट तानियो!

आज यो मूत्यु खाटमा,
शुन्यता प्रश्थानमा
केही गुन्जिरहेछः उनका कुरा।
केही बुझिरहेछुः उनका भावना।।

बसिएको थिएँ विरक्तिदैँ,
जाडोमा थर-थर काँप्दै।
घामलाई सराप्दैः
ए साला! दुःख दिईस् तैँले मलाई!
थियो गोजीमा ओसिएको सलाई!
ए साला पापी! न्यानो पार्दिनस् मेरो शरीर।
तैँले गर्दा बाँच्न सकिन भई स्थिर।।
ईर्ष्या गर्दै थिएँ वलवीर भाईमा।
बनाईरहे हो कति मूर्ती बसी न्यानो तापमा।।
यसरी बसिएको थिएँ विरक्तिदैँ,
सौर्य दोषमा, कमजोर सोचमा अल्मलिँदै; केही नगर्दै।
त्यही बेला आईपुगे' थे जुक्तजी चुरोट सल्काउँदै,
दैविक भावनाको किरण टल्काउँदै।
के दोष दिईरहेछौ ए मूर्ख यो निर्दोष घामलाई?
यो बिनै सक्ने छौ तिम्ले न्यानो राख्न आफुलाई।
तिम्रो जिम्मा यसले लिएको छैन।
तिम्रो लागि भनि यो बनेको हैन।।
अरुमा आड लिई बाँच्ने बानी तिम्रो परिसके'छ।
आफुलाई बुझेनौ, अब ईर्ष्याले तिमीलाई भरिसके'छ।।
कुरा अब रहेन मात्र घामको, त्यसको तापको।
बनायौ थोपालाई महासागर, डुबिसक्यौ त्यसैमा अब आफैँलाई आफु श्राप भो।।
उठ जाऊ...न्यानो राख्न सक्छौ आफैँलाई।
तर जाँदैनौ तिमी.....अंगालो हालि बसेको छौ जो अरुलाई।।
अरुको हात बिना हिँड्न सकिन्न भन्ने बुझाईले हेर आज तिम्रो के हालत भो'।
अरुबाट पाईने माया त केवल आफैँले आफु भित्र बालेको ज्वालापछिको छायाँ हो।।  
एक बार मर ए परु....बारम्बार आत्मालाई न बिमार।
बाँच्नु छ भने फिर्ता ल्याउ आफुलाई...यो सुन्दर जीवन अरुको कारणले न बिगार।।

यति भनी गए थे जुक्त जी..उनको कुरा तब बकवास लाग्यो।
आज यो शास छुट्ने बखत, बल्ल ती कुराले म भित्रको सारलाई जगायो।।

No comments:

Post a Comment