Monday, January 25, 2016

inside you i want to grow something exactly opposite of you


You are responsible for a lot of ejaculations baby...
and making me weak too..
I wish one such ejaculation of mine
will enter your warm vagina
and will turn into a baby...
we'll raise it together;
if its a boy then,
let him do whatever.....
but...if its a girl,then she'll grow up to become
you know...a lady...you know
who is interested in learning
she'll study the universe,existence..
all that quantums and leptons you know
staying home
she'll be a lovely woman..
who cooks, does household chores...
take care of her family..love her family..
wear decent clothes..
and learn...
be nice
thinks partying and having multiple boyfriends is for the tamed and weak
who doesn't like going out just to show off her new red panties or her new expensive black bra
she'll have only one sex partner throughout her life..
UNLIKE YOU

Friday, January 22, 2016

सजिलो संसार!


ग्यानको प्यास मेटाउँछु भनी,

ताराका ज्वाला हेरी,

छालका चाला हेरी,

बाफ-पानीका सम्बन्ध नियाली,

उकालो-ओरालो गुच्चा खसाई,

स्याऊ झरेका दृश्य कल्पी,

झरना झरेकोमा जून सम्झी,

मानिसको जीवन सजिलो पार्दिन्छु भनी,

बनाएँ तिनले नानाथरी।

धुला-धुलालाई गनी,

कुना-कुनालाई नापी,

दाँजी, फाँडी, टुक्र्याई, छोट्याई, घुसाई, पठाई,

मानिसको जीवन सजिलो हुनेछ भनी,

बनाए तिनले नाना-थरी।

"वाह! चमत्कार, जादु, हामी भगवान उपरका थरी!

बन्ने छौँ झरी, चरी,

बघिनी भन्दा बलियी

चितुवी भन्दा कुदुवी

फ्याउरीनी भन्दा बाठी

माछी भन्दा राम्रो पौडिनी,

'वाह! हामी चमत्कारी, जादुवी,

हामी भगवान उपरका थरी!

हामी घाम बिनै उज्याली,

ग्यान बिनै ग्यानी,

थकाई बिनै जहाँ पनि,

उड्नी, कुद्नी, दौडिनी, पौडिनी,

हामी हाम्रो जीवन सजिलो बनाउनी!'

भन्दै बनाए तिनले नानाथरी,

मेहनत, दुःख कष्ट गरी

बनाए तिनले केही निकै गार्हो गरी।

'अब मान्छेको जीवन सजिलो हुनेछ', भनी

यहीँ बसी सात समुन्द्र पार कुरा गर्नी

हामी हाम्रो पृथ्वीलाई सानो बनाउनी,

बाघलाई घरमा पाल्नी

गोहीलाई लात हान्नी,

अजिङ्गरलाई किल्चिनी,

सिंहको मुखैमा पाद्'दिनी

तारा सम्म पुग्नी

सारा एलियन जतिलाई देखाउनी,

'हेर् हामी होँ यस सृष्टीका भगवान उपरका थरी!

हेर् त्यत्रो ठूलो हात्ती हामीलाई बोकी हिँड्छ कसरी!'

जाडोमा ब्रा-कट्टु मात्र लाउनी,

गर्मीमा स्वेटर लगाउनी,

अरु कोही छन् त्यस्ता हामी भन्दा माथी?

हामी परमाणुलाई लुगा ध्वाउनी

भाँडा मझाउनी

चाक पुसाउनी घुसाउनी पनि।

हामी परमाणुलाई च्याप्नी

त्यसैसँग सुत्नी, मुत्नी, हग्नी

जहाँ पनि त्यसैलाई लिएर जानी

आफ्नै अङ्ग बनाउनी!

भन्दै बनाएँ तिनले नानाथरी,

मान्छेको जीवन सजिलो पार्ने भनी,

सरल पार्ने भनी,

नाङ्गै हिँड् 'नि सक्ने जनावरलाई हेर भरिदिए कसरी!

तिनले सजिलो पार्न भनी, गार्हो गरी

बनाएका कुरालाई चलाउने के गरी?

परमाणु हो कि कुनी के बग्न छाडे के गर्नी?

बिहान चाँडै नउठ्नी?

दिशा गर्दै के चलाउनी ?

त्यत्रो बाटो खुट्टैले हिँड्नी?

के गरेर बस्नी?

कसरी मनोरञ्जन लिनी?

कसरी हाँस्नी, कसरी चाट्न मिल्नी भेट्नी?

के गर्ने हामी?

कति गार्हो कुरा छ यो, कैले सिक्नी, कसरी सिक्नी?

सोचेरै सुरु भईसक्यो टाउको दुख्नी!

त्यत्रो कसरी लेख्नी?

त्यहाँ सम्म कसरी तैरिनी?
        कसरी डर भगाउनी


कसरी हाँस्ने? हाँस्ने कसरी?

"गधा होस् तँ यस्तो सोचमा अल्मलिनी,

त्यस्तो काँ हुन्छ तैट; किन आतिनी?

किन टाउको दुखाउनी?

हुन्जेल मजा लिनी, प्रयोग गर्नी, मोडर्न हुनी, बुद्धिमानी जीव हुनी,

रमाउनी, काम गराउनी"

मान्छेको जीवन सजिलो पार्नी

भनेर बनाए तिनले नानाथरी जसरी

तर के भयो त जीवन सजिलो त्यसगरी?

त्यत्रा भीमकाय परमाणुमानवलाई सिक्ने कसरी?

त्यत्रा एङ्गल, ट्राईएङ्गल, सर्कल

फोर्स, साईन/कस थिटा/बीटा,

टर्क, सर्कको बकवासलाई बुझ्ने के गरी?

के सजिलो पार्दे त तिनरुले साँचै भन्ने हो भनी!

जीउमा दुई किलोको त यन्त्र नै बसि 'छ यसरी,

कतै खुला भई घुम्न निस्कँदा तिनकै चिन्ता रहन्छ हरघडी

ति बिना निस्कन छाड्यो दिशै धरी,

ति बना त भईनेछ लौ पशु भन्दा तलका थरी।

ति बिना खाने के गरी, न्वाउने के गरी, चढाउने के गरी?

पुग्ने के गरी? बाँच्ने के गरी?

"फेरी गधा जस्तो कुरा गर्छ मुर्ख, तिनलाई प्रयोग गर्न पाईयोस् भनेर त हो नि बाँच्नी,

जानी, खैरे-हप्सीको मुलुकमा, त्यहाँ परमाणु बग्न छाड्दैनन् रे कैले पनि

सुखको पर्याववाची शब्द 'मेसिन' हो भनी याद राख्ने हरघडी,

'मलाई मेसिन बुझ्नु छ, चलाउन जान्नु छ, मेसिन प्राप्त गर्नु छ, मेसिनी हुनु छ' भनी

राख्ने दिमाग, मन जाँ-जाँ हुन्छ त्यहाँ कसोगरी,

कैले दुख पाउँदैनस् बाँचुन्जेल त्यसपछि"

यत्रो भर छ यिनमा यसरी

सजिलो भयो जीवन कसरी?

बुझ्नु पर्ने ति गणितका भारी

तिनले सजिलो पार्दै कसरी?


कुईरो बिच उभिएको मान्छे

एउटा मान्छे, 

आफ्ना अनियन्त्रीण चाहनाले

आफुमा बक्सिने कुईरो झैँ, कुईरो बिच उभ्भी,

कैले कुईरो हट्ला र

हेरौँला, हिँडौला, देखाँउला, खाउँला, नाचौँला, गाउँला, रमाउँला

भन्न छाडी,

कुईरो ल्याउनु दैवको गल्ती नठानी,

आफैँ माथी अनेकौँ तर्क नराखी,

चुपचाप पलेँटी मारी सडक मैँ थचक्क बसी,

गोजीबाट हात निकाली

कसरत गरी

केही बेर पछि भुईँमा टोलाउँदै,

"हेर्! मैले सबैभन्दा बढी खुसी
तँलाई देख्ने पलमा पाउँछु,

कसौँडी भईदे'को भे केहीपछि तँ पनि म जस्तै हुनेथिस्",

भन्दै थियो रे!


Thursday, January 21, 2016

भारत बिरोधी भावना


कुनै-कुनै कुरा प्रति भित्र हृदयमै यति घृणा बसेको हुन्छ,
जुन जतिसुकै जबरजस्ती गरी पखाली फाल्न खोज्दा पनि पखालिँदैन,
जतिसुकै सफा मन राखेर "हैन..राम्रो छ" भनेर सम्झाउन खोज्दा पनि खुईलिदैन।
यदि त्यहाँ जाने हो भने,
त्यो ठाउँले जीवन नै परिवर्तन गराईदिने छेमता राख्छ;
सुन्दर, अचम्मीत पार्ने, वाह! भनी अंगलो हाल्न मन लाग्ने।
त्यहाँका मान्छेका खाना/गाना प्रति मोह, आत्मै लोभ्याउने।
त्यहाँको ईतिहास, भौगोलिक सुन्दरता, आँखै रसाउने।  
त्यहाँ जीवनविच अन्तर, जिब्रोविच भेद , सोच्नै बाध्य बनाउने।
त्यहाँका ठग, त्यहाँका योगी!
त्यहाँका वेद, त्यहाँका रेपी;
त्यहाँका खरबपत, त्यहाँका भिकारी!
त्यहाँका सिटका लागि झगडा, त्यहाँको देशभक्ती! 
त्यहाँको ए.सी, त्यहाँको थर्ड क्लास!
त्यहाँका दादागिरी, त्यहाँका कुनै साथ!
त्यहाँका अश्लील संगीत, त्यहाँका राग अमृत!
त्यहाँको बलिवुड, त्यहाँका सत्यजीत!
त्यहाँका धाक-धक्कु, त्यहाँका ग्यान!
जीवनमा हुनु पर्ने जम्मै मसाला एउटै टुक्रामा!
यति बुझ्दा-बुझ्दै पनि 'भारत' भनेपछि जुन घृणा छ, त्यो कैले मेटिनी भएन,
भारतको टीम हार्दा मजा आउन कैले पनि छुट्ने भएन।
हुन त बादल त्यहीँबाट आउँछ,
त्यै पानीमा भिजेर हुर्कियो,
तर जति सम्झाउन खोजे पनि, त्यो घृणा कैले नमेटिने भो!
सायद सानो छँदै देखिको स्कुलमा हुने,
कुनै ठूलो ज्यान धारी, रिसाहा बुली मोटे, प्रतिको घृणा जस्तै होला;
जसले पाद'दा सारा स्कुल हाँसे पनि आफुलाई कैले हाँसो उठेन!
जसले मलाई राम्रो भन्दा, आफैँ माथी घिन लाग्यो, त्यो प्रति सम्मान जागेन!  
जसलाई सबैले राम्रो भन्दा, संसारै गलत लाग्यो, त्यसलाई कतैबाट राम्रो देखिएन!
सायद त्यस्तै केई होला यो! 


कविमय संसार


सँधै कोही-न-कोही सँग,
कहीँ-न-कहीँ, केही-न-केही कुराको लागि,
लडिरहेको बानी;
तिम'रु धारणा राखिरा'ख....म चलिरन्'छु......
भन्ने बानी.....
एक्कासी, एक बिहान्ः
कविहरुले लेख्ने झैः
सूर्यको किरण घर्तीमा यस्तरी फैलिरहेछ,
मानौँ  दैव कुनै आई स्वयम् यहीं पल्टिरहेछ।
फूलहरु  बिहानीमा  यति मगमग वास्ना आईरहेछन्,
मानौँ स्वर्गबाट अप्सराहरु झरी तिनैमा समाईरहेछन्।
मान्छेको अनुहारमा यस्तो खुसी देखिरहेछ,
मानौँ परमात्मा नै हामी सबैमा पस्नुभएछ...ईत्यादी....ईत्यादी....
भन्ने खालका भावना आउँदा,
सबैले एक-अर्कालाई माया गर्छन्,
सबैले मलाई माया गर्छन्...भन्ने खालका तर्कना आउँदा,
आफैँ माथी घिन लागेर आयो;
दिमागको कामनै केही नभए जस्तो लाग्यो....
 


यसपल्ट ऐना बिनै


तँपाई टुटेफुटेका, आधारहीन धारणा,
टेलेभिजन, पत्रिकाबाट पाईने भावना बिना, कार्तिकेको रहर बिना
काठमाडौँ शहर घुम्न निस्कनुहोस्;
एक-अर्काको जीवन धारणा, लेखा-जोखा बिना,
काठमाडौँ शहरतिर निस्कनुहोस्ः
तँपाईलाई यो शहरले एक्लोपना र सुखोपनाको भूमरीमा फसाउँछ।
अझ, जाडो महिना हुनु पर्छ,
धुलो तँपाईको नशा-नशा, रगत-रगतमा पस्छ, बग्छ,
जसलाई पखाल्न तँपाईसँग पानी हुँदैन,
जसलाई पगाल्न तँपाईसँग आगो हुँदैन,
जसलाई सेकाउन तँपाईसँग आईस् हुँदैन।
तँपाई एकपल्ट निस्की नियाल्नुहोस्,
यसपल्ट ऐनालाई घरमै छाडेर महसुस मात्र गर्नुहोस्,
यहाँ चुरोट तान्ने साथी भेटाउन पनि मुश्किल छ,
धुवाँ त हरतर्फ उडिरहेको हुन्छ नै,
तर सब एक्लै-एक्लै बसि तानिरहेका हुन्छन्,
ति अमूल्य डाडाँ चढाईका डोरहरु।
के-को कमी थियो र यो टुक्रामा?
यति रुखो, सुखो हुनु पर्ने त थिएन!
मैतिदेवीको गल्लीमा एउटा पागल चिचाईरहेको सुन्नुहुन्छः
"काठमाडौँ बाझों भो, नेपाल एक्लो भो,
सबै बाजा भए, बजाउने सबै हुँदा-हुँदै पनि यहाँ आफ्नै धुनको कमी भो।
यहाँ सबथोक छ, केवल आत्मामा जादु छैन,
ईश्वर फिर्ता ल्याऊ यहाँ, यसपालि ढुङ्गाको हैन!
मौका देऊ तिनलाई तिनको भित्री चाहना हेरेर,
डिग्री, धन र चिनजानको आधार छाडेर।
अनि हेर, यो ठाउँ कस्तो हुनेछ,
पाँच वर्ष मै यो ठाउँमा तारा झर्नेछ, हा..हा....तारा झर्नेछ"
तँपाई काठमाडौँ शहर त्यसरी निस्की नियाल्नुहोस्,
आशा मरिसकेको, केवल पर्खाई रहेको पाउनु हुन्छ,
जता-ततै पर्खाई, जता-ततै कुराई, जता-ततै कुरा मात्रै।
मूर्तीमा गर्व भयो, अब सब मूर्ती भयो।
निस्की हेर्नुस यहाँ,
यसपल्ट प्रतिद्धन्धीको नजर बिनै,
हरेकको आँखामा आँसुले आकार बनाएको पाउनु हुन्छः
"के यै नै हो त जीवन भनेको?"
आफ्नै आँखा छामी हेर्नुस,
त्यहाँ पनि त्यही नै पाउनु हुन्छः
के यति नै हो त मैले जानेको? 



धारणा, त्यसका असर र शार



धारणा भन्नाले ती भावनात्मक गुणहरु, दिमागमा उत्पन्न हुने विचारहरुलाई बुझिन्छ जुन कुनै पनि वस्तुहरुले आफुमा उत्पन्न गराएका हुन्छन्। यहाँ वस्तु भन्नाले आफ्नै शार बोकेका हरेक कुराहरुलाई बुझिन्छः स्त्री देखिन् धुलोको कण सम्म, सूर्य देखिन् सुकेको पात सम्म। 'आफु' भन्नाले धारणाको आभाष गर्न सक्ने हरेक वस्तुलाई बुझिन्छ। 'अरु' भन्नाले 'आफ्नो' भौतिक परिधी भन्दा बाहिरका वस्तुहरुलाई बुझिन्छ। यहाँ के पनि मान्न जरुरी छ भन्दा, हरेक वस्तुको आफ्नै शार रहेको हुन्छ र त्यो शार ब्रह्ममाण्डीक एकताको दृष्टिकोणबाट नभई सामान्य जीवनमा आभाष गरिने शार हुन्।

किनकी हामीले यो भौतिक भूमी अरुहरुसँग बाँडेका छौँ, धारणा त्यो हो जसले आफुमा अरुबाट या अरुमा आफुबाट पर्ने असरलाई आकृती दिएको हुन्छ; अझ सामान्य भाषामा, एउटा वस्तु र अर्को वस्तु विचको सम्बन्ध, ती ले एक-अर्का माथी पार्ने असरहरुलाई नै भनिएको हो। एउटा वस्तुको अर्को वस्तय प्रतिको बुझाईको रुपमा पनि धारणालाई लिन सकिन्छ।

धारणाको परिभाषालाई उदाहरणको माध्यमबाट हेर्ने हो भने, खासगरी माथीका पछिल्ला दुई बुझाईहरुलाई आधार मानेरः

मानौँ  एउटा वस्तु म 'आफु' हो र अर्को वस्तु एउटा बलिरहेको मैनबती हो। माथी भनिए अनुसार, एउटा वस्तु र अर्को वस्तु विचको सम्बन्ध, असरहरुलाई आकृती दिने नै धारणा हो; यानी म 'आफु'को र बलिरहेको मैनबती विचको सम्बन्ध, असरहरुलाई आकृती दिने नै धारणा हो र म 'आफु' को मैनबतीप्रतिको बुझाई या मैनबतीको म 'प्रतिको बुझाई नै धारणा म मैनबती बालेर बसिरहेको छु, मैनबतीले म 'आफु'माथी पारेको असर भनेरको प्रकाश र ताप हो। त्यसबाट निस्केको प्रकाशले मलाई राम्रो* गरिरहेको छ, यानी असर पनि मैनबतीको राम्रो परिरहेको छ। 'प्रकाश दिने वस्तु' मेरो लागि मैनबतीको बुझाई भयो। किनकी त्यसले म मा राम्रो असर पार्यो, 'राम्रो' नै मेरो मैनबती प्रतिको धारणा भयो। तसर्थ; म 'आफु'को मैनबती प्रतिको बुझाई प्रकाश दिने वस्तु (राम्रो गर्ने) वस्तु भयो र त्यही नै म 'आफु' को त्यस प्रतिको धारणा भयो।

अब मानौँ, अरु कोही  मान्छेले आएर मलाई भनिदियो, "ए! मैनबतीको प्रकाशले त अन्धो पार्छ रे!", तब मेरो मैनबती प्रतिको धारणा के हुन्छ होला? किनकी अघिन 'प्रकाश; मेरो निम्ती राम्रो थियो, त्यो असरलाई आकृती दिएको हुनाले मैनबती मेरो लागि राम्रो थियो, अब जब प्रकाश मेरो निम्ती  नराम्रो भयो, मैनबती प्रतिको मेरो धारणा पनि ''नराम्रो'' हुनेछ यानी त्यसले म 'आफु' माथी 'नराम्रो' भावनात्मक असर पार्ने छ। मेरो मैनबती प्रतिको बुझाई, 'अन्धो पार्ने वस्तु' हुनेछ, तसर्थ मैनबती प्रति मेरो धारणा/बुझाई 'नराम्रो गर्ने वस्तु' हुनेछ। माथीको सामान्य तथा सायद मुर्ख उदाहरणको उदेश्य केवल एउटै वस्तु माथी एउटै वस्तुबाट पर्न सक्ने विभिन्न 'धारणा' जनाउनु मात्र थियो। के-बदलियो त त्यो मैनबतीमा या आफुमा जसले गर्दा मैनबती प्रति मेरो धारणा र धारणाको कारणले

मैनबतीबाट म माथी पर्ने भावनात्मक गुण (असर) र विचार नै परिवर्तन भए? के ले चाहीं हाम्रो धारणालाई आकार प्रदान गरेका हुँदा रै'छन् त?

माथीको उदाहरणमा देखापरेका मेरा दुईवटा बेग्ला-बेग्लै धारणाले म 'आफु' मा बेग्ला-बेग्लै किसिमका असरहरु पर्ने हुनाले पनि धारणाको श्रोतको खोजी जरुरी रहेको महशुस हुन्छ। पहिलो धारणा राख्दा मैले मैनबती बालिरहनेछु, त्यसमा खुसी भईरहने छु र सायद प्रकाशको उपयोग गरी केही किताब पढ्ने छु। तर पछिल्लो धारणा राख्दा म खुसी भईरहने छुईन र यदि मैनबती निभाईदिएँ भने सायद प्रकाशको अनुपस्थितीले म केही नगरी सायद बाहिर निस्की कुनै डकौतीको शिकार हुने छु; मानौँ। धारणाले गर्दा म आफुमा सम्भवतः ग्यान र बैरागको अन्तर हुने छ, मेरो व्यवहार, भावना, सोचाई ,ईत्यादी मा फरक आउने छ, तसर्थ पनि धारणाको श्रोत र वस्तुको सही पहिचानको महत्व देखिन्छ।

माथीको उदाहरणमा त मेरो धारणाको श्रोत 'कसै' थियो तर हरेक पल्ट, हरेक धारणामा त्यो 'कसै' मात्र हुँदैन, अरु बेला बेग्लै श्रोतहरु पनि हुन सक्छन्। मैनबतीको म प्रतिको धारणा भने, 'उपयोउ गरेको वस्तु' भनी राम्रो पनि हुन सक्छ, 'आफुलाई सिद्दाउने वस्तु' भनी नराम्रो पनि हुन सक्छ। किनकी मैनबतीले आफ्नो रुप/स्वभाव स्वाभावीक भन्दा बदलिएन, त्यसैले त्यसको धारणा बुझ्न मलाई अप्ठेरो भयो।

त के-के हुन् त सामान्य तया धारणालाई आकार दिने कुराहरु?

पहिलो त कुनै पनि वस्तु प्रतिको मेरो ग्यान; या भनौँ कुनै पनि वस्तुको फर्म (स्वरुप) प्रतिको मेरो ग्यान। ग्यान भन्नाले, 'त्यो के हो?', 'त्यो किन त्यस्तो छ?', 'त्यसको कार्य के हो?', ईत्यादीका सही उतरलाई बुझिन्छ। स्वरुप प्रतिको मेरो ग्यान भन्नाले, यस्तो किसिमको स्वरुप भएको वस्तुहरु ''के हुन्?', 'किन त्यस्ता छन्?', 'त्यसका कार्य के-के हुन्?', ईत्यादीका सही उतरलाई बुझिन्छ। ग्यान भन्नाले सामान्य भन्दा सामान्य बुझाई हो, जसमा 'आफु' र 'अरु' वस्तु विचको सम्बन्ध राखिएको हुँदैन। वस्तुहरुको यस्तो ग्यानको कमी नै धारणाका श्रोत हुन्।

'अस्तित्वलाई एउटा वस्तु मान्ने हो भने, "अस्तित्व के हो?', 'कसरी यस्तो छ?', 'किन यस्तो छ?', भन्ने प्रश्नहरुको सही उतर नहुँदा (यानी ग्यानको कमी हुँदा) नै अस्तित्व कुनै दैवको सृष्टि हो भन्ने धारणाको जन्म भएको हो। हुन त यो दैवको सृष्टी हैन भनेर पनि कुनै ग्यान हामीले अहिलेसम्म पाईसकेका छैनौँ, तर यो मामलामा कुनै पनि ठोस् ग्यान हासिल नभईसकेका हुनाले त्यस तर्फको सबै बुझाईलाई हामीले 'धारणा' भन्नु उपयुक्त होला।

सामन्य ग्यान राखेपछि जब त्यसमा असरलाई सामेल गराईन्छ; यानी वस्तु र आफुविचको सम्बन्ध केलाउन थालिन्छ तब धारणाको असली खेल सुरु हुन्छ। अस्तित्वको सन्दर्भमा, 'यो दैवको सृजना हो, तसर्थ दैवले मलाई यसो-यसो गर्नु/नगर्नु भनेर पठा'को हो...तसर्थ, यो राम्रो हो...यो नराम्रो हो', भन्ने धारणाहरुको उब्जनी भएका हुन्, यानी नैतिकताको जन्म भएको हो। यदि अस्तित्वप्रति ठोस् ग्यान भईदिएको भए,  धारणाको जरुरतै पर्दैन....कुनै पनि नैतिक दृष्टान्टको जरुरतै पर्दैन थियो।

तसर्थ अपूर्ण ग्याननै धारणाको एउटा मुख्य श्रोत हो र यहाँ हामीलाई सान्दर्भीक हुने श्रोत हो।

यदि मैले मैनबतीको सही ग्यान राख्न सकेको भए, त्यसप्रतिको म 'आफु'मा पर्ने असर प्रति मेरो धारणा हुने थिएन र मैनबतीलाई जे-हो, त्यसैको लागि लिनेथिएँ। धारणाको कन्फ्लिक्ट नै ग्यानको कमीले उत्पन्न हुन्छ; तसर्थ कुनै पनि सत्य रुचाउनेका लागि धारणाबाट ग्यानमा जानु र सँधै ग्यान हासिल गरिरहने मानसिकता राख्नु नै सबैभन्दा ठूलो चुनौती हो। ग्यानको बाटो खल्लो हुन्छ, बोधो हुन्छ; धारणाको बाटो चटपटे हुन्छ, भावनात्मक हुन्छ। किनकी धारणाले हाम्रा साना-भन्दा साना क्रियाकलाप, व्यवहार, बानी, स्वभाव, ईत्यादीमा असर पार्छन्, जुन मैनबतिको उदाहरणमा हेरिसकिएको छ, यसले हाम्रो नैतिकतालाई आकार दिन र अन्तमाः आफैँलाई आकार दिन ठूलो भूमिका खेलिरहेको हुन्छ।

यहाँ नेर धारणाको बारेमा अर्को के निष्कर्ष निकाल्न सकिन्छ भने, 'धारणा' हरेक मान्छेमा हुनु भनेकोः हरेक मान्छेमा सत्यको/बुझाईको चाहना रहेको हुनु हो। यहीं नेर अपूर्ण बुझाईले नै धारणा निम्त्याउँछन्। एउटा सानो उदाहरण दिनुपर्दा,
हामी अरुको नजरबाट आफुमाथी  धारणा राखिरहेका हुन्छौँ, जुन चाहीं केही नभएर आफुप्रतिको अधुरो ग्यानको/बुझाईको कारणले गर्दा मात्रै हामीले राखिरहेका हुन्छौँ। हामीलाई आफ्नो ग्यानको चाहना भएको बखत मात्र सही ग्यानको कमीले गर्दा अरुको आफु प्रतिको धारणा राख्छौँ।
अब धारणाले कसरी भावना बोकेका हुन्छन्?; सरल बाहेक 'मान्छे' जस्तो जटिल वस्तुको ग्यान कसरी राख्न सकिन्छ? भन्ने प्रश्नहरु केलाउँ।
सरल वस्तु ती हुन्, जसले आफ्नो व्यवहारमा अचानक परिवर्तन ल्याउँदैनन्। माथीको मैनबतीको उदाहरणमा मैनबती सो सरल वस्तु हो। हामीमा मैनबतीको बारे जति ग्यान छ, त्यो भन्दा बाहेक ऊ अनौठो व्यवहार गर्दैन। आगो बल्न मैनले सहयोग पुर्याउँछ, मैन पग्लिदैँ जान्छ; हावा चल्यो भने आगो निभ्न खोज्छ, मैन सकिएपछि मैनबतीको त्यो स्वरुप बल्ल सकिन्छ। यति ग्यान हामीलाई छ मैनबतीको बारेमा र कुनै हाँसो पूर्ण कलपना नगर्ने हो भने, मैनबती यति नै व्यवहारमा सिमीत रहिरहन्छ। यस्ता सरल वस्तुको ग्यानले हामीलाई धोका दिदैँन। तर जब कुनै वस्तु निकै नै अप्रत्याशित हुन्छ तब त्यसको ग्यान कसरी राख्ने? त्यस्ता अप्रत्याशित वस्तु वस्तुहरुनै धारणा उत्पन्न गराउने प्रमुख वस्तुहरु हुन्। मान्छे, प्रकृतिका केही नियम, प्राणीहरु, ईत्यादी नै त्यस्ता जटिल वस्तुका हामीलाई सरोकार रहने उदाहरणहरु हुन्। मान्छे या भनौँ कुकुहरु
या हावाको बहावको मैनबती झैँ सजिलै ग्यान राख्न मुस्किल हुन्छ, तसर्थ सबैभन्दा धेरै धारणा यिनीहरु प्रति नै राखिनु स्वाभाविक हो।
धारणा र भावनाको सम्बन्ध सम्म पुग्नको निम्ती हामीले जटिल वस्तुहरुका बारे केही ग्यान हासिल गर्न सजिलो हुने माध्यमको पुल बनाई त्यसै पुलको प्रयोग गर्नु पर्ने हुन्छ। त्यस्को निम्ती जटिल वस्तुहरुलाई हामी एउटा यस्तो दृष्टिकोणबाट हेर्छौँ जसबाट हेर्दा हामीले माथी भनेझैँ जटिल वस्तुमा उत्पन्न हुने अनियमितता, अनिश्चयता प्रष्टसँग देखिन्छ। त्यो होः
जटिल वस्तुका चाहना।
हामी अब जटिल वस्तुहरुलाई उनीहरुको नामबाट नभई उनीहरुको चाहनाबाट चिन्न थाल्ने छौँ। हामी उनीहरुको चाहनालाई बुझ्न खोज्ने छौँ। त्यही चाहनाको दृष्टिकोणबाट सरल वस्तुहरुलाई हेर्दा पनि हुन्छ। मैनबती, अब हाम्रो लागि सनो-तिनो प्रकाश र तापको चाहना हुन्छ भने, सूर्य हाम्रो लागि अधिक प्रकाश-तापको चाहना(यहाँ यस लेखमा चाहनालाई बुझ्न आफ्नो र यस्ता वस्तुहरु विचको सामान्य सम्बन्धलाई मात्र आधार बनाईएको छ, यानी सूर्यका चाहना अरु भेटाउन सकिएला तर यहाँ केवल हामीमा परेको असरलाई आधार बनाईएको हुनाले केवल ताप र प्रकाशको चाहना भनिएको हो।)
अब चाहनाको सन्दर्भमा धारणा घुस्न नपाओ'स भन्ने कुरामा ढुक्क हुनको निम्ती हामीले एउटा सामान्य तरीका अप्नाउनेछौँ;
हामीले वस्तुहरुको क्रियाकलाप यानी एक्सन लाई ध्यानमा राखि, 'फलानो क्रियाकलाप गरिरहेछ, त्यसैले फलानो चाहना राखिरहेछ' भन्ने स्वयंसिद्द बनाउँछौँ। त्यसैको नै आधारमा माथी सूर्य, मैनबतीको चाहनाको बारेमा हाम्रो निष्कर्ष निस्केको 'चाहना' त्यो हो जसले क्रियाकलाप गर्न कुनै पनि वस्तुलाई प्ररित गर्छ अथवा चाहना पूर्तीको लागि नै कुनै पनि वस्तुले कुनै पनि क्रियाकलाप गर्छन्। 'चील' भनेको आकाशमा उढी शिकार तलास्ने चाहना हो भने, बादल भनेको तातो भई, बाफ बनी, आकाशमा घुमी केही पानी बनी झर्ने चाहना हो। चाहना आफैँमा सुरु हुन्छन्, आफैँमा समाप्त हुन्छन्। कुनै पनि वस्तुको चाहनाको ग्यान राखिसके पश्चात त्यो वस्तुप्रति धारणा राखिदैँन। यो दृष्टिकोणबाट मैनबतीको खण्डमा मैनबतीलाई अब राम्रो या नराम्रो भनेर दाँजिदैन।          
हरेक चाहनाले एउटा भावना बोकेको हुन्छ, जसलाई अंग्रेजीबाट भन्दा फिलिन्ग्स अथवा स्टेट भन्दा हुन्छ। चील भनेको पनि एक थरीको भावना हो, जुन चील मात्रैले मात्र महसुस गर्छ; त्यो एउटा चाहना हो, जुन चील मात्रैको हो। यस्तो हरेक वस्तुमा/को हुन्छ। यही भाव मिश्रीत चाहना र वस्तुको भौतिक परिधीको मिश्रणलाई नै हामी शार भन्छौँ। 'शार' भनेपछि अब त्यो वस्तुको चाहना, वनावट, बानी व्यवहार सबै त्यसै भित्र पर्छ। यसरी कुनै पनि वस्तुमा भावनाको सृजना भएको हुन्छ । वस्तुमा चाहना भईसकेपछि, त्यो वस्तु आफ्नो त्यो चाहना पूर्ती गर्न तर्फ लाग्नु स्वाभाविक हो; यदि चाहना पूर्तीको बाटो सहज भयो भने त्यो वस्तु 'खुसी' अथवा दैविक स्टेट मा पुग्छ र यदि चाहना पूर्तीमा बाधा अड्कावहरु आईपुगे भने सो वस्तु 'दुखी' स्टेट मा पुग्छ। विभिन्न स्टेटहरुका व्याख्या, तिनका प्रकारका बारेमा यसमा चर्चा गरिने छैन र त्यति गहिरो सँग त्यसलाई विश्लेषण पनि गरिने छैन।      
अब, हामीले माथी भनिसकेका छौँ, हामी मान्छेहरुमा ग्यानको चाहना हुन्छ भनेर। धारणालाई हामीले अपूर्ण ग्यान भनिसकेका छौँ। फेरी, चाहना पूर्ती भएको खण्डमा हामीमा 'खुसी' को भावनाहरु आउँछन् नत्र 'दुखी' भावनाहरु आउँछन् पनि भनिसकेका छौँ। माथीका सबैबाट एउटै कुनै निष्कर्ष निकाल्ने हो भनेः ग्यानको चाहना पूरा नभएको हुनाले (धारणा राखिएको हुनाले) नै हामी धारणाका कारणबाट भावहरु उत्पन्न हुन्छ। केवल हामी मान्छेहरुको बारेमा मात्र कुरा गर्ने हो भने, हामीले एक -अर्काका चाहना बुझ्न नसकेका हुनाले नै हामीमा अनेक भावहरु उत्पन्न हुन्छन्। फेरी, मान्छे भनेको बहु चाहना राख्न सक्छ्यम एक दुर्लभ वस्तु जो हो। भावना त हामीमा अनेक किसिमका हुन्छन् र ती सबका प्रकारको व्याख्या यस लेखमै पूर्ण तरीकाले गर्न लगभग अस्मभव भएको हुनाले अहिलेलाई भावनालाई केवल ' सुखी' र 'दुखी' को श्रेणीमा मात्र राख्न सकिन्छ। त्यै पनि यो लेखको उद्देश्य केवल धारणा र भावनाको सम्बन्ध देखाउने भएको हुनाले बाँकीका चाहना र भावनाका बारेमा कुरा गरिरहन जरुरी छैन।
अहिले सम्मका निष्कर्षहरुबाटै केही निष्कर्ष निकाल्ने हो भनेः

• धारणा भनेको अपूर्ण ग्यान हो।

• हामी मानिसमा ग्यानको चाहना हाम्रो प्रवृतिमै हुन्छ।

• हरेक चाहनाले भावना बोकेको हुन्छ; चाहना पूर्तीले 'खुसी' तिर लैजान्छ भने चाहना पूर्तीमा बाधाले 'दुखी' तिर।

• यदि कुनै मान्छेको चाहनाको पूर्ण ग्यान भएको खण्डमा, धारणा आफैँ विलाएर जान्छन् र मान्छेलाई जे-हो,

जस्तो हो त्यसरी नै हेरिन्छ/देखिन्छ जसबाट उसका चाहनाहरुलाई महसुस गरी उसका चाहनाको ग्यान हासिल गर्न सकिन्छ। किनकी माथी भनिए झैँ मानिसमा केवल एउटा मात्र नभई अनेक चाहनाहरु हुन्छन्, ती चाहनाहरुलाई बुझेर मान्छेलाई केवल चाहनाकै रुपमा मात्र हेर्न सक्नु, यानी उसको शार पहिचान गर्न सक्नु नै उसको ग्यान हासिल गर्न सक्नु हो। चाहना पहिचान गर्न पहिले उल्लेख गरे जसरी नै मान्छेको क्रियाकलाप बुझ्नु पर्ने हुन्छ र 'फलानोले यस्तो क्रियाकलाप गरिरहेछ; तसर्थ फलानोले यस्तो चाहना राखिरहेछ' भन्ने स्वयँसिद्ध अप्नाउनु पर्ने छ। हामी निर्धक्क भी के पनि भन्न सक्छौँ भने हरेक मानिसले जसरी भए पनि आफ्नो चाहना पूर्तीकै कार्यहरु गर्छ; प्रत्यछ्य या अप्रत्यछ्य रुपमा; सिधै या म्यानिफेस्टेड रुपमा।
यसरी हामीले सुरुवात देखिका सबै प्रश्नहरुका उतर हेरिसकेका छौँ; धारणा र त्यसका असरहरु, शारसँगको त्यसको सम्बन्ध पनि हेरिसकेका छौँ। यो उपायबाट (मानव चाहनाको माध्यमबाट) चाहनालाई पुल बनाई धारणा र भावहरुका सम्बन्ध पनि देख्न सछ्यम भयौँ।
कुनै पनि वस्तुको ग्यान हासिल गर्नको निम्री अब बेद्धिक तहबाट रिजन को प्रयोग नगरी त्यस वस्तुको शारलाई महसुस गरिने छ।

Wednesday, January 13, 2016

सातौँ अवसर


मृत्यु तँपाईको ढोकै अगाडी आई उभिँदा तँपाई के गर्नु हुन्छ? मानौँ तँपाई आफ्नो कोठामा बसिरहनु भएको छ, हृस्टपुष्ट हुनुहुन्छ, निरोगी हुनुहुन्छ; तर मृत्युलाई आफु पल्टिरहेको खाटबाट हेरिरहनु भएको छ; ऊ आउँदै छ, तँपाईको कोठाको ढोका खोल्न भनेर ह्याण्डलमा हात राखिसकेको छ। यस्तो मा तँपाई के गर्नु हुन्छ?
यो यस्तै एउटा मान्छेको कथा हो जसलाई आफ्नो मृत्युको तारिख, घण्टा, मिनेट, सेकण्ड सबै थाहा थियो। के गर्यो सो मान्छेले? आउनुस् थाहा पाऔँ उसले आफैले लेखेको यो सानो लेख पढीः

त्यो रात, त्यो सपनाले मेरो जीवनमा जे-जस्तो मोड ल्याईदिएको छ, त्यसको बारे म शब्दले कसरी बयान गरौँ? त्यै पनि मसँग भ’को एक मात्र साधन यो लेखाई हो। आत्म-सन्तुष्टी को साथ-साथै कसैलाई रमाईलो लागिहाल्छ कि भनेर मैले यो सब लेख्न मन गरेको हुँ। म एक सामान्य मान्छे ४५ वर्षको। काठमाडौँ बस्छु र स्कुलमा म्याथ पढाउने काम गर्छु। म र मेरी श्रीमती सुनिताबाट हाम्रा २ वटा छोरी भएका छन्। मेरो आम्दानी राम्रै छ; हामीलाई पुगेकै छ।
गएको शुक्रबारको कुरा होः स्कुलमा पढाउने काम सिद्दाई म सिधै आफ्नो घर फर्केँ, दिनभर एक किसिमको नौलो उदासी महशुस गरिरहेको थिएँ जुन त्यस दिन भन्दा पहिले कैले गरेको थिईन। कसैसँग खासै केही बोल्न मन लागेन, कैले रात पर्ला र निदाँउला भनी रातको बाटो हेरिरहेँ। छोरीहरु गफ गर्न खोज्दै थिए, एक शब्द बोल्न, सुन्न मन लागिरहेको थिएन। झर्किनु भन्दा परु मतलवै गर्दिन भनेर एउटा किताब खोली केही जरुरी कुराको पढाईमा एकदमै व्यस्त भए जस्तो गरिरहेँ। श्रीमतीसँग पनि केही खासै बोलिन, भात खाएँ र हत्तनपत्त आफ्नो कोठामा गई खाटमा पल्टिहालेँ; सोच खासै केही आएका थिएनन्, सँधै जस्तो केवल त्यही आफ्ना जीन्दगीका गनगनहरु। निन्द्राको समीपै पुग्न लाग्दा एक किसिमको आनन्दले मनलाई ढाक्योः दिउँसोको उदासीनताको ठिक विपरीत। विचार शुन्य भए, म तल्लिन भएँ, निदाएँ।
२ बजेतिर झल्याँस्स ब्युँझिए, श्रीमती अर्कै कोठामा सुतिछन्, म एक्लै थिएँ; मोबाईलमा समय हेरेँ। आफ्नो सपनालाई बुझ्ने प्रयास गरेः
म र म जस्तै अर्को म हामी दुई कुनै ठुलो डाँडा चढ्दै थियौँ। मेरा आफ्ना भावनाहरु मैले आफैँ महशुस गर्दै थिएँ, अर्को म’ को भावनाप्रति भने म पुरै अन्जान थिएँ; ऊ मलाई केही भन्दै थियोः “बुझिस् रमेश.....भोलीको शनिवारको अर्को शनिवार, ठ्याक्कै दिउँसोको दुई बजे र अठचालिस मिनेट ५ सेकण्डमा तैँले आफ्नो देह त्याग गर्छस्।“ मैले केही जवाफ दिईन, सपनाको म’को मनमा एक किसिमको चिसो पस्यो। अर्को म भन्दै गयो, “तैँले पत्याउँदैनस् था’ छ...अहिले ब्युँझेपछि एकैछिन टोलाउँछस् र सबै बिर्सिन्छस...तर म तँलाई एउटा प्रमाण दिन्छुः भोली ठ्याक्कै दिउँसोको एक बजे र अठचालिस मिनेट ४ सेकण्डमा काठमाडौँमा पानी पर्न सुरु हुन्छ....जसको एक घण्टा एक मिनेट पछि, एउटा सानो भूकम्प जान्छ....तैँले र तेरो कान्छी छोरीले बाहेक तेरो नजिकका अरु कसैले त्यो भूकम्प महशुस गरेका हुँदैनन्.......”
त्यति भनी सपनाको दुइटै म हाँस्न थाल्यौ र कतै उढ्यौ...म भने झल्यास्स ब्युँझेर त्यसरी सपनाको विश्लेषण गरेँ, एकैछिन् हाँसे र सुत्ने प्रयास गरेँ..तर सकिन....यता-उती, छटपटीले बिहान ५ बजाई’दि हाल्यो।
बिदाको दिन भएकोले मासु ल्याई सबै परिवार सँगै बसी खाना खाई छततिर उक्ल्यौँ, बादल हलुका-फुल्का लागेको थियो; गर्मी पनि थियो तर सबै सँगै कतै खुला ठाउँमा बसि गफ गर्ने भन्ने हाम्रो निर्णयले हामीलाई त्यसरी त्यहाँ बसायो। हामी चार जना केही ठट्टा गर्दै बसिरहेका थियौँ...मेरो दिमागमा भने हिजो रातीको सपनाले डेरा जमाएर बसेको थियो....ठ्याक्कै एक बजेर ४५ मिनेटमा आफ्नो हातको घडी हेरेँ...मनमा एक किसिमको अच्मको डर जस्तो पस्यो, केही कुराको आश गर्दै बस्दा आईपुग्ने डर भन्दा धेरै बलियो र जादुयी। मेरो आँखा र ध्यान केवल मेरो हातको घडीमा मात्रै थियो...सुई हिँड्दै गए.....एक्कासी ठुली छोरीले भनी, “ बाबा...पानी पर्छ जस्तो छ है अब....”, म झसंग भएँ, आकाशतिर हेर्ने आँट गर्न सकिन...घडी हेरेँ, सढचालिस मिनेट ४४ सेकण्ड भएको थियो; म केही बोलिन...केवल घडी हेर्दै टोलाईरहेँ। “हाहा....बाबा कति घडी हेरेर बस्या.”, सानी छोरीले मलाई गिज्याई, घडीको सुईले ठ्याक्कै एक बजेर अठचालिस मिनेट चार सेकण्ड देखाउँदा मनमा सितल पस्यो र बल्ल छोरी तिर हेरेर भने, “ पर्दैन..पानी बेला न को बेला तैट”।   
भय सब निस्किसकेपछि एकैछिन त्यहीँ आँखा चिम्म गरेर पल्टिएँ, रातीको सपना किन म मा आए छ त भनी बुझ्न खोज्दै थिएँ.....त्यतिकैमा जेठी छोरीले मेरो हात हल्लाएर मलाई ब्यूँझाईदि, म आँखा खोल्ने प्रयास गर्दै मात्र के थिएँ, “ हेर्नुस बाबा...पानी पर्दैन भनेको हैन...जौँ तल....”। जुरुक्क उठेर उतर तिर हेरेँ; भीमकाय वर्षात हामी तिर आउँदै थियो, पानीको छिटाले हान्न थालिसकेको थियो, हातको घडी हेरेँ, घडीले ठ्याक्कै एक बजेर चालिस मिनेट ४ सेकण्ड देखाईरहेको थियो। वरिपरीको केही सुनाई/देखाई दिन छाड्यो, रिंगटा लाग्यो, छोरीहरु खुसी हुँदै पानीमा नाच्दै थिए, श्रीमती उनीहरुलाई ‘बिरामी परिन्छ है!’ भन्दै गाली गर्दै थिई...मलाई जौँ तल भन्दै थिई सायद....   
छतबाट कोठातिर जाने भर्याङको छेउँ राखिएको भित्ते घडीमा ठ्याक्कै उनानपचास मिनेट चार सेकण्ड भईरहेको थियो, मोबाईलको घडी हेरेँ....मोबाईलको घडी ठ्याक्कै भित्ते घडी सँग मिलेको थियो। त्यसपछि त्यो पानी परिरहेको दृश्य मेरो आखाँ अगाडी घुमिरह्यो; त्यो एउटा पानी परेको दृश्यले मेरा साथीहरु....एउटा सामान्य जीवन बाँच्न रुचाउने सामान्य मान्छेको जीवनमा अर्कै बहार ल्याईदियोः विचित्रको बनाईदियो, डरलाग्दो बनाईदियो; म थर-थर काँपी सोफामा पल्टेँ बाहिर तिर हेर्दै टोलाउँदै। छोरीहरु हल्लाखल्ला गर्दै थिए “ पानी परेको बेलामा त तातो मिठो कुरा खान मजा आउँछ, के खानी त आज?” 
सपनामा भनिएको समयमा भूकम्प गएको महशुस पनि भयो....तर पानी काण्डले नै मलाई यस्तो असर पारिसकेको थियो कि, हल्लुन्जेल दुई सेकण्डको लागि जीउ सिरिंङ्ग मात्र गर्यो........त्यसमा खासै केही अचम्म लागेन........ छोरीहरु कुद्दै, हल्लाखल्ला गर्दै.....माथीबाट आए; कान्छी छोरी म कहाँ आएर मसँग सोध्न थाली, “बाबा.....भुईँचालो गा’ को है? हेर्नु न...दिदीले गा'को छैन रे!...ममीले पनि था' पाउनु भएन रे..... तर हल्लेको थ्यो है?”, म केही बोलिन....टाउको हल्लाएँ, मैले रुची नदेखाएपछि उनीहरु एक-अर्कासँग बहश गर्दै आफ्नो कोठातिर पसे। 
त्यसबेला देखिका सामान्य घटनाहरु मलाई तेति याद छैनन्। मलाई यति याद छ कि त्यो शनिबारका बाँकीका छेँडहरुमा म भित्र एक बेग्लै किसिमको भावनाले डेरा जमाईरह्यो जुनलाई सोचमा बदली बुझ्ने प्रयास मैले गर्न सकिन; म केवल टोलाई रहेँ....
भोली पल्ट आईतबार मलाई बिहानै स्कुल जानु पर्ने थियो, बिहान धेरै बेर सम्म जौँ/नजौँ भईरह्यो, अन्तमा गईन। त्यसबेला ममा जसरी हुन्छ मेरा बाँकीका दिनहरुलाई मुल्यवान बनाउनु पर्छ भन्ने विचार आए। छोरीहरु स्कुल गए, श्रीमती बाहिर कतै गई...म एक्लै घरमा बसिरहेँ।
के गरी बाँकीका सात दिनलाई मुल्यवान बनाउन सकिएला त? यसै प्रश्नमा अल्झिँदै थिए कि एकाएक मृत्युसँग लड्न पनि त सकिन्छ नि...भन्ने सोच आयो। तर कसरी? यो कुरा मैले कसैलाई भन्न मिल्दैन थियो...कसले पत्याउँथ्यो र! सायद अर्को शनिवार कहीँ नगई कोठामा बसेर? सायद अर्को शनिवार सम्म कहीँ नगई कोठामा मात्र बसेर? सायद भगवानको पुजा गरेर? सायद ध्यान गरेर? पछिल्लो उपाय ठिक लागि म दिनभर आँखा चिम्म गरी ओम् भन्दै बसिरहेँ। आफ्नो त्यो सपनामा फिर्ता जान खोजीरहेँ...तर सकिन....ध्यानले केही हदसम्म आनन्द पारिदियो, मन हलुका बनाईदियो। घडी हेर्दा ४ बजिसकेको देखेर झसंग भएँ....एक दिन त यतिकै खेर फाले छु मैले! 
तब फेरी कसरी बाँकीको समयलाई ‘मुल्यवान बनाउन सकिएला त’ भनेर विचार गर्न थालेँ। त्यसपछि एउटा विचार आयोः अब मैले बाँकीका दिनहरुमा सके सम्म छोरीहरुको लागि केही गर्नु पर्छ! उनीहरुको भविष्यको निम्ती केही पैसा जम्मा गर्नु पर्छ! तर यति कम समयमा कसरी? पैसा टन्न कसरी जम्मा गर्ने भनी सोची बसिरहेको बेलामा एउटा तर्क आयो, “ मैले त एक हप्तामा यिनीहरुलाई पैसा भन्दा धेरै मुल्यवान र जरुरी कुराहरु दिन सक्छु नि!” केही ग्यान दिन सक्छु, केही सिकाउन सक्छु, केही नैतिकता भरिदिन सक्छु, केही सत्य बुझाईदिन सक्छु जसले गर्दा उनीहरुको बाँकीको जीवनमा उनीहरुले कहिले पनि आफ्नो शार र चरित्र बेच्न नपरोस्.....कैले पनि शारीरिक तथा मानसिक वेश्या हुनु नपरोस्......केही माया दिन सक्छु; अरुले आफुलाई भित्र मन देखि गरेको माया भन्दा ठुलो कुरा के हुन सक्छ र कुनै पनि मानिस को लाई?
त्यस दिनका बाँकी समय मैले पुरै छोरीहरुसँग बिताएँ.... उनीहरुलाई केही भन्दा, सिकाउँदा आनन्द आयो....शनिवारको मृत्यु बिर्सेँ....अनि निष्कर्ष निकालेः यदि मैले मेरो शनिवारको मृत्युलाई आफ्नो दिमागबाट पुरै हटाएर अरु कुराहरुबाट आनन्द प्राप्त गर्न सकिरहेँ भने त्यो भन्दा मुल्यवान कुरा केही पनि हुँदैन मर्नु अगाडी.....
सोमबार स्कुलमा फोन गरेर आफुले स्कुल छाडेको जानकारी दिईदिएँ......अघिल्लो दिनको छोरीहरुसँगको समयले रमाईलो पारिदिरहे’थ्यो, त्यही लिएर दिउँसो घुम्न निस्केँ। हिँड्दै गर्दा विचारका फोहोरा छुट्न थालेः एउटा मनुष्य भई जन्मे पछि हाम्रो सबैभन्दा बलियो र सायद एक मात्र चाहना भनेको खुसी प्राप्ती रहेछ। आफुले आफुलाई के –कुराले खुसी बनाउँछ त्यो खोज्नु पर्ने रहेछ...सायद जीन्दगीमा त्यस्ता पलहरु आउँछन् जसले आफु भित्रको प्रावृतिक चाहनालाई ब्यँझाईदिन्छन्, आफुलाई जगाईदिन्छन्.....मेरो लागि सत्य नै सायद मेरो भित्री चाहना हो........सपना नै मेरो जीन्दगीको त्यो पल थियो......
यही विचारलाई दिमागमा घन्काउँदै पुस्तक पसलबाट उपनिशद किनेर लगेँ र दुई दिन केवल उपनिशद पढाई र परिवारसँगको रमाईमा बिताएँ....आहा ति छेँड!
विहीबारको बिहानीले मलाई फेरी त्रास र डर साथ स्वागत गर्यो। “ओहो...मेरो त जाने दिन आयो त...मैले त मेरो समय फेरी खेर फालेछु....न परिवारको निम्ती केही गरेँ, न समाजको लागि...”, यस्ता तर्कले मलाई अत्याउँन थाले। तर मेरो, यदि मैले मेरो शनिवारको मृत्युलाई आफ्नो दिमागबाट पुरै हटाएर अरु कुराहरुबाट आनन्द प्राप्त गर्न सकिरहेँ भने त्यो भन्दा मुल्यवान कुरा केही पनि हुँदैन मर्नु अगाडी..... भन्ने विचारले ममा फेरी स्फुर्ती फिर्ता ल्याईदियो र जुन छेँडमा म मृत्यु देखि या अरु कुनै कुरा सँग डराई बस्छु या त्यो डर हटाउन केही गर्छु, त्यो छेँड मैले जीवन खेर फालेको छेँड हो भन्दै जुरुक्क उठी हिँड्न भनेर बाहिर निस्केँ।      
मरेपछि त सबै यसैपनि सिद्दिहाल्यो, आभाष गर्न आफु बाँकी भईरहिँदैन, अरुको मर्म दुःख पनि आभाष गर्न आफु रहिँदैन.....फेरी अरुले आफ्नो हेरचाह आफैँ गर्नु पर्छ, सबै जाने हो एकदिन; किन एकअर्कालाई सहानुभुती देखाई बस्ने...परु सकिन्छ भने माया दिने...बस बाँच्न ज्वाला पैदा गरिदिन खोज्ने...जुन चाहीँ आफुमा पैदा गरेपछि मात्र अरुमा सार्न सम्भव छ!
आज शुक्रवार राती बसेर यो लेख्दै छु....मलाई जाने हतार भईरहेछ....आजको दिन पनि छोरीहरुसँग र श्रीमतीसँग उत्कृष्ट समय बिताएर बित्यो...निकै मजा आयो! मलाई बाँचिरहन मन छैन....मर्न देखिन् डर पनि छैन....मरे’ पछि त सबै यसै पनि सिद्दिहाल्यो, यदि जीवनलाई मुल्यवान बनाउनु छ भने हरेक छेँडमा खुसी हुनु पर्ने रहेछ....हरेक छेँड आफ्नो प्रवृति मै फिर्ता जानु पर्ने रहेछ...आफ्नो भित्री चाहनामा डुबी;  मृत्यु, असफलतालाई बिर्सी हरेक पल आफैँ भईरहनु पर्ने रहेछ। 

रमेश
७२/०५/१५
                   


      

Tuesday, January 12, 2016

वाह असफलता!

एउटा सफल माछा व्यापारीसँग भेट भए'थ्यो ऐक'खेर,
सुनाई गयो एउटा गाथा उसले त्यहीबेरः

एक बेलाको कुरा हो,
म सानो-तिनो माझी छँदा बखतको गाथा योः
गए थेँ कोशी किनार माछा मार्न भनेर।
माछा बेची परिवारलाई खुसी पार्न भनेर।
गार्हो परिसक्या 'थ्यो, रुवाबासी चलिसक्या'थ्यो।
गएँ डुङ्गामा चढी नदीमा माछा खोज्दै,
आफ्ना दुःख गुनासो र निर्दयी समाजलाई कोस्दै।
गरेँ कति प्रयास; माछा एउटै समातिएन।
दैवलाई लाख गुहार्दा पनि जाल भारिएन।
 ४ घण्टा प्रयास गरेँ, घर फर्कि आँखा जुदाउन सकिन ,
दोस्रो दिन आठ घण्टा तैरिरहेँ, घर फर्कि शिर उठाउन सकिन।
तेस्रो दिन पनि त्यस्तै बित्यो स्वास्नीको हाउभाउमा शंका घुस्यो।
 चौथो दिन पनि डुङ्गा लिई हिँडे,
केही नपाएपछि किनारमा लडेँ।
 स्वास्नीको गनगन, छोराछोरीको रन-रन;
पर-पुरुषको सम्भावना; विचित्रका कलपना!
असफलताको तिखो काँडा,
हुतिहाराको चिसो भर्त्सना।
जीवन खेर फालेको नमिठो तर्कना,
विचित्र-विचित्रका कलपना!
गर्दै निदाएछु केहीबेर ,धेरै बेर, अबेर;
यति आनन्द दियो साथी त्यो निन्द्राले,
असफलताको सत्यको झन्झटाउँदो थकानले;
त्यसपछि उठी एक घण्टा नदी टोलाउका ती छेँडले,
सबै बिर्सी लिएको त्यो असफलताको मजा' ले;
कि आज सम्मः त्यसदिनपछि,
दिनहुँ माछा भेटी लाखौँमा खेल्दा,
स्वास्नीको मप्रतिको माया-मोह देख्दा,
छोरा-छोरीको सम्मान भोग्दा,
दुनियाँको तारिफ पाउँदा,
हरेक नारीको पेटीकोट भित्रको तारिख पाउँदा,
पनि त्यस निन्द्रा र खोलाको टोलाउबाट पाए जतिको आनन्द अरु केहीबाट पाउन सक्या छुईन,
त्यसमा जति आफैँ अरु केही मा हुन सक्या छुईन,
त्यसमा जति सत्य नजिक अरु केही बाट पनि पुग्या छुईन,
त्यसबाट प्राप्त जति आनन्द अरु केही-बाट पनि पाएको छुईन।




 

Thursday, January 7, 2016

जुक्तजी

के गर्न सक्थे जुक्तजी ले?
कहिले बुझिएन!
के भन्न खोज्दैथे उनी?
कहिले सुनिएन!
कमजोर ठानियो, बेकम्मा मानियो,
उहाँलाई भन्दा त चलनलाई छानियो; बाहिरबाट तानियो!

आज यो मूत्यु खाटमा,
शुन्यता प्रश्थानमा
केही गुन्जिरहेछः उनका कुरा।
केही बुझिरहेछुः उनका भावना।।

बसिएको थिएँ विरक्तिदैँ,
जाडोमा थर-थर काँप्दै।
घामलाई सराप्दैः
ए साला! दुःख दिईस् तैँले मलाई!
थियो गोजीमा ओसिएको सलाई!
ए साला पापी! न्यानो पार्दिनस् मेरो शरीर।
तैँले गर्दा बाँच्न सकिन भई स्थिर।।
ईर्ष्या गर्दै थिएँ वलवीर भाईमा।
बनाईरहे हो कति मूर्ती बसी न्यानो तापमा।।
यसरी बसिएको थिएँ विरक्तिदैँ,
सौर्य दोषमा, कमजोर सोचमा अल्मलिँदै; केही नगर्दै।
त्यही बेला आईपुगे' थे जुक्तजी चुरोट सल्काउँदै,
दैविक भावनाको किरण टल्काउँदै।
के दोष दिईरहेछौ ए मूर्ख यो निर्दोष घामलाई?
यो बिनै सक्ने छौ तिम्ले न्यानो राख्न आफुलाई।
तिम्रो जिम्मा यसले लिएको छैन।
तिम्रो लागि भनि यो बनेको हैन।।
अरुमा आड लिई बाँच्ने बानी तिम्रो परिसके'छ।
आफुलाई बुझेनौ, अब ईर्ष्याले तिमीलाई भरिसके'छ।।
कुरा अब रहेन मात्र घामको, त्यसको तापको।
बनायौ थोपालाई महासागर, डुबिसक्यौ त्यसैमा अब आफैँलाई आफु श्राप भो।।
उठ जाऊ...न्यानो राख्न सक्छौ आफैँलाई।
तर जाँदैनौ तिमी.....अंगालो हालि बसेको छौ जो अरुलाई।।
अरुको हात बिना हिँड्न सकिन्न भन्ने बुझाईले हेर आज तिम्रो के हालत भो'।
अरुबाट पाईने माया त केवल आफैँले आफु भित्र बालेको ज्वालापछिको छायाँ हो।।  
एक बार मर ए परु....बारम्बार आत्मालाई न बिमार।
बाँच्नु छ भने फिर्ता ल्याउ आफुलाई...यो सुन्दर जीवन अरुको कारणले न बिगार।।

यति भनी गए थे जुक्त जी..उनको कुरा तब बकवास लाग्यो।
आज यो शास छुट्ने बखत, बल्ल ती कुराले म भित्रको सारलाई जगायो।।

Tuesday, January 5, 2016

ओन्ताका गाथा- भाग-३ः गाई-प्रेम


कोठाको झ्यालबाट आएको गाईको आवाज र गोबर-गहुँत मिश्रीत चसिलो गन्धले साविक उठ्ने समय भन्दा दुई घण्टा अगाडी ओन्तालाई ब्युँझाईदिन्छ। जुरुक्क उठेर कोठा बाहिर निस्की भान्छामा केही पकाईरहेकी आमाकहाँ गएर भन्छ, “ के हो ममी! यो काँ बाट गाई आयो ह्याँ...ब्यान’ब्यान?
आमा खुसी हुँदै भन्छिन, “ देखिस् गाई? कस्तो लाग्यो? हाम्ले किन्या गाई....हिजो पैसा दे’को आज ल्याईदिए....”
अनुहार बिगार्दे ओन्ता भन्छ, “ गाई? किन चाईयो गाई? एक्कासी! “
“लौ...गाई किन चाईयो? बाहिर गएर हेर् त हाम्रो छिमेकमा सबैले गाई किनी सके....”, आमा हर्षित हुँदै भन्छिन।
त्यो त बुझेँ....तर...हाम्ले चैँ किन किन्या?”
“कस्तो मुर्ख रै’छ यो! किन किन्या रे.....भन्दै छु त....सबैले किनिसके.....”।
ओन्ता केही बेर केही बोल्दैन...वरीपरी हेर्छ.....लामो सास फेर्छ।
“खोई त दुध खाउँ न त....”।
“अँ तँलाई दुध भन्नी बितिकै....भोली देखि हुन्छ.....तँ धेरै कुरा नगर अब...जा गाईलाई गएर ढोग एकपल्ट...अनि पढ्न बस्....बुद्धि आउँछ त्यसपछि....”, आमा रोमाञ्चित हुँदै भन्छिन।
आफ्नो कोठाको झ्याल तर्फ हेर्दै ओन्ता सोध्छ, “ गाईको नाम चैँ के?”
आमा खुसी हुँदै भन्छिन, “ लछ्मी”।

विस्तारै स्कुल हिँडीरहेका ओन्ता र रुल केही बेर पिपलको रुख मुनी बस्छन्।
“साला...सबले गाई किनेछन्....किन होला है?”, ओन्ता वरिपरी हेर्दै रुलसँग प्रश्न गर्छ।
“अब गरीबले गाई न किने कल्ले किन्छ त? गाडी..प्लेन किन्नु पर्ने बेला..गाई...हाहाहा”, रुल खिसी गर्दै भन्छ।
“के तिमरुले चैँ किन्या छैन?”, ओन्ता प्रश्न गर्छ।
“छ....तर तिमरु जस्तो एउटै..दुब्लो मर्न लाईसक्या हैन....तीन-तीन’टा घोर्ले गाई किन्या छौँ हाम्ले...यस्तो हो के साथी...तिमरुले बल्ल तल्ल साईकल किन्यौ...हाम्ले तिन’टा प्राडो किन्यौँ”, फुर्ती लगाउँदै रुल भन्छ।
ओन्ता एकैछिन बाटो तिर हेर्दै टोलाउँछ, अनि फेरी प्रश्न गर्छ, “ साला...अनि एक्कासी किन गाई किन्या के सबले?”
“किन्न सके...किने......अब...सस्तो भा’ छ रे हिजो-आज...अझ बाँचुन्जेल दुध दिन्छ मेरपछि मासु...”, रुल भन्छ।
“तैट...साला....हाम्ले काँ गाईको मासु खान्छौँ...मुर्ख साला...भगवान....”, ओन्ता रुललाई सम्झाउँदै भन्छ।
“हाहा....को हामी?.....कल्ले भन्या खान हुँदैन भनेर.....”, अलि दुष्ट हाँसो साथ रुल भन्छ।

टिफीन टाईममा स्कुलको पिङ अगाडी ओन्ता आफ्ना सब साथीहरु सँग उभिरहेको छ। सबै केटाहरु एक-अर्कालाई आ-आफ्नो फोनमा केही देखाउँदै छन्; ओन्ता भने ट्वाल्ल परेर सबैको चर्तिकला हेरिरहेछ।  त्यतिकैमा नाङ ओन्तलाई सोध्छ, “ओई ओन्ता तेरो गाईको फोटो ल्याईनस्?”
ओन्ता केही बोल्न मात्र लागेको हुन्छ विलमलाई आफ्नो फोन देखाईरहेको रुल भन्छ, “ गरीबसँग काँ हुन्छ फोन..साला..त्यै पनि एसको गाईको के फोटो हेर्नु मर्न लाईसक्या दुब्लो होला!”, सबै केटाहरु गलल्ल हाँस्छन्। ओन्ता केही बोल्दैन; रुल विलमलाई सोध्छ, “ओई विलमे..तेरो गाईको देखा’न फोटो...दुध हेरौँ न...”, सब केटा फेरी हाँस्छन्। विलम पनि हाँस्दै भन्छ, “ तैट...अर्काको गाईको दुध हेर्छु भन्छ यार....तेरो गाईको चैँ दुध देखा’ न बरु....”। आफ्नो मोबाईलमा केई चलाउँदै रुल भन्छ, “ल..केटा हो...एउटा दामी गीत निस्क्या छ....सुन्नी हो?”, सब केटाहरु हो-हल्ला गर्छन्। मख्ख पर्दै फोनको भल्युम बढाउँदै रुल गाना घन्काउँछः
                               



                               तिम्रो त्यो कोमल वदन..
                               छुन मन लाग्यो..कसम
                               माया मा झुम्न थाल्या छु......
                               तिम्रो थुनमै म रम्न थाल्या छु......

  हल्लाई देऊ न तिम्रा ती रेशमी पुच्छर....
                               त्यसैको मुनी नै म बस्न चाहन्छु....
                               सुनाई देऊ न तिम्रा ती मधुर बाँऽगम
                               त्यही सुनी म.....अब मर्न चाहन्छु
                               सुँघाईदेऊ न तिम्रा ती सुवासी गोबर...
                               त्यहीँ सुँघी म राती निदाउन चाहन्छु...

                               तिम्रा ती नशालु आँखा..
                               ले लठ्ठ पार्द्यो मलाई आहा!
                               तिम्रो त्यो कोमल वदन..
                               छुन मन लाग्यो..कसम
                               माया मा झुम्न थाल्या छु......
                               तिम्रो थुनमै म रम्न थाल्या छु.....

गाना सुने पछि सब केटा एकैचोटी कराउँछन् र एकैचोटी नै रुललाई आफ्नो मोबाईलमा पठाईदिन भन्छन्। त्यसैविच नाङ सोध्छ, “ के हो रुल? कसको गाना यो?”, रुल पनि छाती फुलाउँदै भन्छ, “ दामी...छ...है? नारायण गोपाल को रे....दामी मान्छे है? त्यत्रो वर्ष पहिला पनि यस्तो गाना गाईद्यो...महान् गायक रै’छ नि! ह्या सँधै गीत गाउँदै बस्थ्यो रे....गाईहरु त लठ्ठै रे....कति गाई पाल्यो रे पाल्यो रे....कुरै नगर तिमरु”। “पठाईदे’ न त...अरु छ भने अरु पनि पठा”, नाङ रुललाई भन्छ। “अन् गर् न त...”, रुल भन्छ। “सुन् न ए रुल...तेरो गाईको नाम भन् न....प्लिज”, गम्भीर हुँदै पिङको डोरी समाईरहेको विलब भन्छ। हाँस्दै रुलले जवाफ दिन्छ, “ साला...एउटा मात्र भए पो भन्नु...कति ओटा छन्...कुन चाईनीको भन्नी”, सबै गलल्ल हाँस्छन्; नाङ रुललाई भन्छ, “साला...साँढे”; फेरी सबै गलल्ल हाँस्छन्। ओन्ता ट्वाल्ल परेर केटाहरुको चर्तिकला हेरि रहन्छ।

“ला....गाईको दुध छ...खा”, साँझ टेबलमा बसिरहेको ओन्तालाई एउटा भरी स्टिलको गिलास दिदैँ आमा भन्छिन्। दुधको गिलास हातमा लिएर मुख सम्म लान मात्र के आँटेको हुन्छ, एक पल्ट वाक गर्दै ओन्ता चिच्याउन थाल्छ, “ के हो यो? गोबर र मुत गना’को छ त यसमा?”, आमा ओन्तालाई सम्झाउँदै भन्छिन, “अनि के त...मुत हैन..मुर्ख गहुँत हो....यो खानु पर्छ ‘रे”। “किन?”, भन्दै हतनपत्त ओन्ता प्रश्न गर्छ; “ मुर्ख..फेरी किन? भन्छ....तँ जस्तो मुर्खले झनै खानु पर्छ.....था’ छ सबले खान्छन् यै हिजो-आज....तेरो त्यो रुलले पनि खान्छ....यस्तो खाए’ पो बुद्धि आउँछ......”। “खान्न म...तँपाई खानु त”, भन्दै ओन्ता जुरुक्क उठ्छ। “ तँ मुर्खको कैले बुद्धि नआउने भो...तर भोली देखि खान थाल्नु पर्छ तैँले पनि....सबैले गरेको कुरा..म गर्दिन भन्न पाउँछस् कि क्या हो......”, भन्दै आमाले घटघट दुध पिईदिन्छिन् अनि खुसी हुँदै भन्छिन, “ आहा!”; ओन्ता ट्वाल्ल परेर हेरिरहन्छ।

शनिवारको दिन बिहान खाना खाईसकेर र गाईको दुधको मामलामा झगडा गरी सिद्दाएर ओन्ता रिसाउँदै घरबाट निस्किन्छ; बाटोमा अनेक थरीका गाईहरु देखा पर्छनः
टीका लगाएका, लुगा लगाएका, रातो कम्बल ओढेका, गहना लगाएका, रङ पोतिएका, पर्फ्युम छरेका....
रुलको घर अगाडी उभ्भेर ऊ रुललाई बोलाउँन थाल्छ। ५ तल्लाको ठुलो घरको सबैभन्दा माथिल्लो तल्लाको झ्यालबाट तल हेर्दै रुल भन्छः
“के भो?”
“आईज न तल..अल्छी लाग्यो जौँ कतै”
“आज भ्याउँदिन होला यार म.....”
“आईज न...पैसा लिएर आ’को छु......”
एकैछिन वरिपी हेरेर रुल ओन्तालाई पर्खी भन्दै ईसारा गर्छ; ओन्ता १० मिनेट तल पर्खिरहन्छ, त्यसपछि रुललाई बोलाउने झन्झट गर्दैन, फर्केर हिँड्नै लागेको बेला हस्याङफस्याङ गर्दै रुल आफ्नो घरको गेट खोली बाहिर निस्किन्छ।
“सरी है...ओन्ता बुझ न आज....काम छ...”, रुल भन्छ।
“ के काम तेस्तो..झन फिल्म हेर्न जौँला भनेको....।“, निराश हुँदै ओन्ता भन्छ।
“ठिक छ त्यो त....तर बुझ न..”, ओन्ताको हात समातेर घरको गेटबाट अलि पर लैँजादै वरिपरी कसैले सुनेको त छैन भने जसरी हेर्दै रुल भन्छ, “ बुझ न अब....तीन’टा गाई छ है.....स्यार-सुसार त गर्नु पर्यो....हैन र? फेरी राम्रोसँग खान दिएन...नुहाईदिएन...भनी अर्कैकोमा गई’देली....सार्है गार्हो छ यार....तीन-तीन’टा गाई समाल्न....”
“जाओस् न त....गाई त हो.....कल्ले लगेको था’ भईहाल्छ नि!”, ओन्ता रुललाई सम्झाउन खोज्दै भन्छ।
“अँ त्यस्तै मुर्ख कुरा गर्दै बस् तँ! अनि अर्काले लगेको, अर्कासँग भागेको, अर्काले थुन चलाएको जुठो गाईलाई मैले फेरी फिर्ता लिने? यस्ता दामी-दामी स्याँठ्या गाई छन्, यस्तो त भाग्यमानी ले मात्र पाउँछ...रेखा थापा भन्दा च्वाँक छन्, रेखा थापाको भन्दा ठुल-ठुलो थुन छ...साला”, रुल अन्तमा उत्तेजित हुँदै भन्छ।
“गाई नै त हो....अर्काले दुध दुएर के भो’  त नि....”, ओन्ता फेरी रुललाई सम्झाउन खोज्छ।
“भै’ गो छोड्दे....तँ बच्चै छस्...तैँले बुझ्दैनस्.....घरमा कोई छैन...एक्लै छु....यो मौकामा के-के गर्नु मिल्छ गरीहाल्नु पर्छ....फेरी साला प्रिती रिसाईरा’ थी, समृद्धीलाई अगि नुहाएको देखिछ.....लात हान्न खोज्या थि’ अगिन....तेल्लाई नि फकाउनु छ....”, रुल भन्छ।
रुलको कुरा दङ्ग भनी सुनी रहेको ओन्ता भन्छ, “ त्यसो भे’ तँ नजानी?”
“बुझ्...न है आज...प्लिज....यिन’रुसँग टाईम बिताउने यई एक दिन त छ....त्यसमाथी आज अर्को एउटा गाई पनि हेरेको छु.....आज भ्याउँदिन है....प्लिज माईन्ड नगर् है.....बरु तँ पनि आफ्नो गाईसँग मोज गरेर बस्न आज!”, रुल भन्छ।
“गाई सँग मोज?”, ओन्ता ट्वाल्ल पर्छ।
“ल...त...म गएँ.....फकाउनु छ...यार धेरै गार्हो छ......स्याम दाईकोबाट हजार पर्ने महँगो घाँस ल्या’को छु...फकिन्छे होला....न फक्के एउटा गए, अर्को आउँछन्.....ल...त म गएँ...मिलेछ भने बेलुकी भेटौँला”, भन्दै रुल घर भित्र पस्छ, ओन्ता रुलको घरतिर हेर्दै टोलाईरहन्छ। मगमग वास्नाले ओन्तालाई झसंग पार्छ; के रहेछ भनी हेर्दा; चस्मा लगाएको, पुच्छर बाँटेको, कालो तन्ना ओढेको गाईलाई त्यस्तै चस्मा लगा’को अग्लो केटाले अंगलो हाल्दै हिँडेको देख्छ।



  
भोलिपल्ट टिफिन टाईममा स्कुलको पिङ अगाडी रुल र पासाङ कुटाकुट गर्दै छन्; ओन्ता र अरु केटाहरु उनीहरुलाई छुट्याउने प्रयास गर्दै छन्। परबाट प्रिन्सीपल म्यामलाई देखे’ पछि बल्ल रुल र पासाङ हाना-हान गर्न छाड्छन्।
पासाङः पख् साला!  तँलाई मैले जान्या छ.....तैँले मलाई चिन्या छैनस्......केटाहरु ल्याएर तेरो रगतको खोला बगाउन सकेनछु भने....
रुलः के गर्छस् तैँले? साला तँ जस्ता फट्याङरा त कति देख्यो-देख्यो....साला एउटा चक्रे मिलनसँग हात मिलाको छु भनेर तेरो यत्रो फुर्ती! हाम्ले पनि तेरो चक्रे मिलनलाई भाई भन्ने चिन्या छ...साला!
पासाङः ल्या’ न त साला! हेरौँ...तेरो हुत्ती!
रुलः ल्याउँछु त...हेर्दै जा’ न.....
यति भनाभन गरिसकेपछि रुल र पासाङ चुपो लाग्छन्। त्यही बेला ओन्ताले पासाङलाई सोध्छ, “ भयो के?”
पासाङ जवाफ दिन्छ, “ यै सालालाई सोध्न......”, ओन्ता र अरु केटाहरु रुलतिर हेर्छन्।
“ मैले साला यसको गाई पट्टयाँए’रे”, रुल झोकिँदै भन्छ। गम्भीर भएको ओन्ता फेरी टोलाउन थाल्छ।
“ हो त नि...साला...रिकीले तँलाई मेरो घरको अगाडी देखेको थ्यो रे.....तँ तेता हिजो गा’को हो कि हैन?.....च्वाँक छ पासाङको गाई भनेर पनि रिकीसँग भनेको हो कि हैन?”, पासाङ पनि झोकिँदै भन्छ।
“के.....कुरा गर्यो भन्दैमा....मैले पट्ट्या’को हुन्छ”, रुल झोकिँदै भन्छ।
“घरमा गएर हेर् न त रुलेको”, ओन्ता पासाङलाई सुझाव दिन्छ।
“किन हेर्नी नि त्यसको घरमा के छ र?”, पासाङ भन्छ।
“अनि गाई तेल्ले लग्यो भन्या हैन त....”, ओन्ता अचम्म मान्दै सोध्छ।
“किन लगोस् नि यल्ले अर्काको गाई....”, पासाङ भन्छ।
ओन्ता फेरी एकैछिन ट्वाल्ल पर्छ र सँगैको नाङलाई विस्तारै सोध्छ, “ओई! भा’को चैँ के’ रै’छ?”  
“ तै हो...पासाङले आफ्नो घर अगाडी देखे’छ रुललाई.....त्यसपछि पासाङको गाईले तेल्लाई बालै दिन छाडि’रा’छे रे...दुध निकाल्न पनि दिन्न रे....तै कुरामा झगडा केटाहरुको! गाईको लागि झगडा गर्छन् केटाहरु थुक्क!”, नाङ भन्छ।
“ तै त यार...जाबो गाई साला.....पालेर राख्ने कुरा....पैला-पैलाको मान्छेले तह लगाएर राख्थे....ऐले के कमजोर भा’को यार केटाहरु....जाबो गाईलाई यत्रो ठुलो बना’को यार! तैट! कतै जाँदा पनि नजानी रे.....अरु कुरा गर्दा’ नि नगर्नी रे...खाली गाई, खाली गाई! गाईकै लागि रिस गर्यो...सबैभन्दा जरुरी गाईलाई ठान्यो......त्यस्तो पनि हुन्छ? हैन?”, कुरा बुझ्ने मान्छे कोही त भयो भन्दै मख्ख पर्दै ओन्ता नाङलाई यि सब सुनाउँछ। गम्भीर हुँदै नाङ जवाफ दिन्छ, “ हैन..अब त्यो मन त परिहाल्छ नि....टाईम पनि त दिनु पर्यो...तर गाईको लागि भनेर साथी-साथी झगडा त गर्न नहुने हो.......त्यै पनि गाईहरु त्यस्तै छन् हिजो आजका....जसलाई पनि हेरेर बाँ गर्दिन्छन.....साला एउटाको भए’पछि लोयल हुनु नि’ त्यैसँग.......त्यै पनि अर्काको गाईलाई किन हेर्नु मन लागेको हो...यो मोटे रुललाई....कुन दिन कुन चैँ’नि को भेट्छ.....साँढे साला!”
“हैन..तँ हिजो आ’को चैँ किन? त्यसो हो भने....किन अर्काको घर अगाडी आएर अर्को गाईलाई सिठ्ठी बजाईस् त?”, पासाङ सोध्छ।
“ अब....मैले कैले सिठ्ठि बजाएँ...............।“, रुल जवाफ दिन्छ; ओन्ता ट्वाल्ल परेर केटाहरुलाई हेरिरहन्छ।

साँझ पिपलको बोट मुनी रुल र ओन्ता गफ गर्दै बसिरहेका छन्; रुल असन्तुष्ट देखिन्छ।
रुलः साला! तेल्लाई मैले जान्या छ...एकदिन....त्यसको गाईले मलाई हेरेर पुच्छर हल्लाई..मलाई मन पराई त मेरो के गल्ती? केई छ त भन् त? मसँग अब पैसा छ, महँगो घाँस छ, टन्न गाई अरु पाल्या छु...मन पराईहाल्छन् नि मलाई अरु गाई ले.....कि कसो.....साला....
ओन्ता छक्क पर्दै भन्छ, “ फेरी गाई! त्यो बाहेक केई छैन कि क्या हो दिमाग मा...के भो’ यार सबैलाई एक्कासी.....तैट.......जाबो गाई यार......तैट.......खाली गाई ले यसो भन्यो, गाई ले त्यसो गर्यो......बिर्सिन सक्दैनस गाईलाई? खोई त अरु रमाईलो कुरा त गर्नै छाडिस् त! मलाई गरीब पनि भन्न छाडिस् त”।
रुल भावुक हुँदै भन्छ, “ के अर्कालाई केई भन्नु यार.....तैँले बुझ्दैनस्.....तँलाई परे’पछि था’ हुन्छ.......प्रिती रिसाई रा’छे.....ब्यान दाई आउँदा दाईलाई चाक ठाडो पारेर सेक्सी पोज लगाई यार! थुन पनि हल्लाई यार! के मात्रको चिन्ता गर्ने यार ओन्ता....मन पर्न थालि’ सक्यो....अर्कोलाई दुध दुउन दि’ भने? , रुन्चे आवाजमा यति भन्दै रुल ओन्ताको काँधमा टाउको राखेर एकैछिन स्वाँक-स्वाँक गर्छ। “ दुई दिन मै यस्तो भो यार....अझ साला....पासाङ.....”
केही बेर त्यसरी टाउको राखेपछि, जुरुक्क टाउको उचाल्दै रुल भन्छ, “ साला! पक्कै मेरो दाईसँग केई चलिरा’छ त्यसको....साला ऐले दुध दुहुँदै होला..थुन चलाउँदै होला......साला!”
यति भनेर आफ्नो मोबाईल निकालेर रुल गीत बजाउन थाल्छः


केही मीठो... दुध देऊ...
जिब्रो खल्लो.... हुँदै छ....
(अर्को लगाँउछ)
मलाई न सोध...कहाँ दुख्छ घाऊ.........
ए गौ-माता तिमी फर्किएर आऊ.........



बेलुका खाना खाने बेला आमा निराश भई बसेको देखेर ओन्ता सोध्छ, “ के भ’ ममी? बा’ खोई?”
“ ठुलो गल्ती गरिएछ ओन्ता....ठुलो...”, आमा रुञ्चे आवाजमा भन्छिन्।
“के भो?”, ओन्ता सोध्छ।
“तेरो बा’ ले चर्तिकला देखाउँदै छन् ‘रे बाहिर”, आमा रुँदै भन्छिन्।
“किन...कसरी...के गरे?”, ओन्ता जिग्यासु हुँदै सोध्छ; उसको अनुहारमा भय देखिन्छ।
“ तुरुमनी बुढाको गोठमा देखिया’ थे ‘रे आज....”, आमा रुदैँ भनिरहन्छिन्; आमा बोलिरहँदा ओन्ता जुरुक्क उठ्छ र बाहिर निस्की गाई राखेको ठाउँमा जान्छ। धेरै-बेर सम्म गाईलाई हेरेर टोलाईरहन्छ....करिब आधा घण्टा जति...त्यसपछि विस्तारै गाईको थुनमा हात लैजान्छ; गाईले पुच्छर हल्लाउँछ, ओन्ता धेरै-बेर सम्म आखाँ चिम्म गरी गाईको थुन चलाउँदै टोलाउँदै बसिरहन्छ।  

बिहान ढिला उठेकोले ओन्ता आतिदैँ सरासर गाई राखेको ठाउँमा जान्छ; त्यहाँ गाई हुँदैन, फेरी आतिँदै कुद्दै भान्छामा केही पकाई रहेकी आमाकहाँ जान्छ र सोध्छः
“ममी...गाई खोई...लछ्मी खोई?”
आमाले हाँस्दै जवाफ दिन्छिन्, “ढिलो उठिस् आज.....लछ्मीलाई बेच्यो त बिहानै...बा’ले तुरुमनी बुढालाई बेचिदिएछन्, राम्रै पैसा मा”
“किन त”, जिग्यासु हुँदै ओन्ता प्रश्न गर्छ।
“किन? किन भन्ने अब...सबैले बेच्न लगेका थे.....बेच्यौँ....तै पनि के काम गाई पालेर...फोहोरमा फोहोर......शंका गर्ने बाटो...अहिले आनन्द भा’को छ....ल.......लुगा लगाएर आईज अनि खाना खान बस्” , यति भन्दा आमाको अनुहार र आवाजमा खुसी झल्किन्छ। ओन्ता फेरी प्रश्न गर्छ, “ त्यो त ठिक छ....तर हाम्ले आजै किन बेच्या त?”
आमा जवाफ दिन्छिन, “कस्तो मुर्ख रै’छ यो.....तँलाई किन चाहियो, किन बेच्या, कल्लाई बेच्या........तेरो पढ्ने उमेर हो यो, चुपो लागेर पढाईमा ध्यान दे’ ऐले देखि नै गाईको चासो! जा’....लुगा फेरेर आईज”
ट्वाल्ल पर्दै ओन्ता बाथरुम पस्छ।

बिहान चाँडै भएकोले गर्दा ओन्ता र रुल पिपल बोटमा बसिरहेका छन्, दुवै केही सोचमा डुबेका छन्। केही बेर पछि ओन्ता भन्छ, “ यार...रुल..मैले एउटा बुझेँ के हिजो....गाई भन्ने कुरा हामी सबैलाई चाहिँदो नै रै’छ....दुधको लागि, साथको लागि पनि....तर हामी यति धेरै महत्व दिन्छौँ कि गाईलाई उनीहरु नै हाम्रो सबै थोक हुन थाल्छन्....आफु भन्दा पनि जरुरी हुन थाल्छन्, जसले गर्दा हामी हाँस्न छाड्छौँ, जोक भन्न छाँड्छौँ, रमाउन छाड्छौँ, बाँच्नै छाँड्छौँ....आफु हुनै छाड्छौँ र एक अर्काको डाह गर्छौँ, रिस गर्छौँ.......”
ओन्ताको कुरा विचैमा काटी रुल भन्छ, “ के...यस्तो रुञ्चे जस्तो गाईको कुरा गरि’रा .....त्यै पनि जमानाको पुरानो कुरा! गरीब साला....तँलाई एउटा कुरा खुवाउँछु आज, गरीबले कैले नखा’को कुरा”, यति भन्दै रुल आफ्नो ब्यागबाट एउटा टिफीन बक्स निकाल्छ र त्यहाँबाट पोलेको मासु निकालेर एउटा आफैँ खान्छ र एउटा ओन्तालाई दिन्छ। मजाले चपाँउदै ओन्ता सोध्छ, “ दामी...रै’छ...यार के को मासु?”
रुल हाँस्दै भन्छ, “ यो?.....यो प्रिती....................कल्ले भन्या खान हुँदैन भनेर?”