Friday, February 19, 2016

काठमाण्डु जीन्दगी


उदास काठमाण्डु बिहानी,
म निस्कन्छु शहर चार्न,
महाभारत हेर्न।
घण्टीका आवाज र भजन
अझै कतै-कतै जिवीतै छन्,
तर धेरैमा २० वर्ष सम्म।
बोसो पगाल्न रन,
अझै धेरै बाँच्ने रहर छन्
भारतिय स्वामीले यै गर भन्या छन्।
च्या पसलका राजनीतिक गनथन,
अझै कति टाउकोमा टेक्या छन्।
कुद्छन् कुकुर जति जंगल पसी जंगली बन्न,
बाटोकै त्रास सम्झी फर्छन्छन् मान्छेकै लातमा खुसी टन्न।
उढ्छन् परेवा कति घरमाथी, अब हामी यैँ उढ्नी,
बाहिर त तिमी सँधै उढेकै थ्यौ नि,
मन-मन्दिरमा पो कैले चामल खान आएनौ...
मैदानमा बल कति, खेलाडी कति-कति..
बोल्न, गाउन, रमाउन खोज्ने सुगा आकाशमा कति-कति
हाम्रो त केई योजनै छैन हेर....खोल्द्'या छौँ..
सुगाखाना...जौ सजिलोसँग सिकाउँछन् त्याँ नकल गर्न अति
हराएका केटाकेटी,
डराएका मर्द जति
पिपल बोटमै भेटेँ दुई जन्ः
नाक काटे थे रे,
वीरकै घाँटी रेटे थे रे...हाvमी के!
त्याँ माथी गद्दीमा बस्नेहरु हुनुन्छ नि..
हो...उनीहरुनै हो यहाँका बुद्धिमान पशु भन्नी।
हामी त हेर्नु...बलरामेले फुर्ती ला'छ
अब तेल्ले देख्छ;
विष नभा' सर्प के सर्प!
त्याँ चार बट्टा, सोह्र चौको चौँसठ्ठी भित्ता त,
सुकुमार, डुगुराम, पशुरामले सिलाईसके
के गर्नु भाग्यको कुरो...
फेरी त्यो विचरो शिवे को त विजोग..
तर था' पाउनु भो,
हरिरन्जनले नि' गाडी किनेछ त!
चिल्लो सेतो...
गर्यो है प्रगती मोराले....
हे बबाल गर्यो नि...निकै ट्यालेन्ट मान्छे थ्यो नि पैलै देखि..
अँ अब कस्को कुरा गर्ने?
आफ्नो त बिजोग छ..त्यै एउटा बलमानेलाई देखाउन पाए शान्ति पाउँथे..
मेरो पनि तेस्तै छ...अँ....सुन्नु न..
रवि थ्यो नि त्यो...अँ विरमानको नाती, कृष्णदास जो सडक विभागमा थ्यो नि...
अँ....
त्यस्को छारो..
अँ....
ब्या गरेछ है?
ए हो र...त्यै त....कति चालिस सालको मान्छे हो क्यारे..
अँ अब कस्को कुरा गर्ने?
अँ साँचै भन्नै बिर्सीरा...अति जरुरी कुरा,
त्यो विनोद बुढा थे नि?
अँ...त्यो घुस'खा'को भन्ने आरोप लागेका?
अँ हो..हो...त्यै-त्यै.....उस्को छोरा त अरबबाट चाँडै फर्केछ है..
ए अरब गा' थ्यो.....हा...हा...किन फर्केछ त?
खोई...बिरामी थ्यो रे अलि-अलि...फेरी एता बुढीको पनि हल्लाखल्ला चलेछ...
बिरामी त सुरेन्द्र भाईका भानिज पनि हुनुन्छ रे..
हो र...के भएछ त?
खोई..ईन्डियामा दबाई गर्न गा' थे रे.
लौ....अब कस्को कुरा गर्ने त?
त्यै हो...आफ्नो त बिजोग छ..
तयै एउटा बलरामे सालालाई देखाउँछु हेर्नु न,
मेरो पि.एच.डी गरिरा'को छोराले नि देखाउनु पर्छ है बा' भन्छ
छोराले त्यो सिद्दाएपछि हेरौँ न कसरी फुर्ती लाउँछ त्यो बलरामे ले...
अँ..सुन्नु न हाम्रो टिकाराम जीको भानिज छन् नि..
हरिराम?
अँ त्यै उपसचिव भए'छ हगि!
ह्या बा' को भण्डार रित्ताएर ..काकाको नामको फाईदा उठाएर...
मलाई त ठिक लाग्दैन त्यो मान्छे...
अँ...कस्को कुरा गर्ने त अब?
त्यो किसने छ नि....
जीवन दर्शन सिक्न भनेर छेउँ बसेका केटाकेटी।
बिजोग काठमाडौँ नगरपालिकाः
जग्गा, ईँटा, बालुवा, पांग्रा।
म थचक्क बस्छु बाटैमा कतै,
ओहो...मलाई के भन्दा हुन्...म कठै...
महाभारतको मजा उठाउन चार्या थेँ,
बाँड जति सबै आफैँले पो खाएँ..
अब छोड्छु यो शहर...मेरो लायकको छैन यो...
उदास काठमाण्डु जीन्दगी,
म आकाशतिर हेर्छु...
सूर्य खस्दे नि हुन्थ्यो।

No comments:

Post a Comment