Friday, February 26, 2016

दिव्य उपदेश

मलाई तिमी चाहिएको छ,
तिम्लाई म चाहिएको छ,
त्यै पनि...एक अर्कोको हात समाएर बस्नु छाडेर
किन हो हाम्लाई हाम्रो बिचको यो ठूलो पर्खालमा ईँटा थप्दै जानु पर्या छ।

कति प्रमाणित गर्न खोज्छौ....तिमी म बिनै खुसी छौ
सबै बुझिसकेँ मैले..अब आखाँ चिम्लेर यता आऊ...
तिमी नजिक हुँदा भगवान नदेख्खे पनि मन न्यानो हुन्छ,
तिम्रो पनि हुन्छ भने आऊ नजिक त्यो भन्दा ठूलो कुरा जीवनमा अरु कुन छ?
कैले काहीँ तिम्लाई मेरो अनुहार देख्दा रिस उठ्छ, ग्लानी हुन्छ..जुन घिन लाग्छ
बुझ्छु म...मलाई देख्दा म आफैँलाई धेरैजसो तेस्तै हुन्छ।
तर ति सब ठिक थे यदि सँधै भर बाँच्नु पर्ने थ्यो भने,
खुसी हुने समय थोरै छ,
हाम्ले गर्न सक्ने सब्भन्दा यै नै हो, अरु बाहियात सबै।

त्यसैले आई'हेर एक पल्ट,
नरमाईलो लागे...अंहकारमा एक-अर्काको मयल माडी नुहाउने साथी भेट्न गाह्रो छैन
पृथ्वी ति सबले भर्या छँदै छ...
हाँस्न खोज एक पल्ट,
केहीले रोकिदिए..त्यो केहीलाई निकाली फाल्न गीत गाउन सकिहालिन्छ,
बोतल यो कोठामा जताततै छँदै छ

No comments:

Post a Comment