Tuesday, February 9, 2016

लोडसेडिङबाट मुक्ति


पानी चढाउन पाईएन, बुढीमाथी लागेको शंका हटाउन घरि-घरि वाक्क पार्न पाईएन ,
कल्ले के भन्यो ,देखायो, कतिले मनपराए, ति कुरा था' पाईएन... त्यस्को बेफाईदा आफ्नो ठाउँमा छ
ग्यास बढी खर्च भो, खाना गनायो, क्रिकेट छुट्यो, महानायकको पदक-सेरोमोनी छुट्यो,
नेताको आश्वासन छुटेकोले भविष्य अन्योल भयो, संसारकै दरिद्रमा परियो...त्यस्को पिडा आफ्नो ठाउँमा छ
तर लोडसेडिङबाट निकै फाईदा पनि भा'को छः
अरु हिरोले ले'को मजाले मजा लिनु भन्दा,
आफ्नै कल्पनामा आफैँ हिरो हुन थाल्या छ।
बच्चाहरु साईकल, चुङ्गी, फुटबल फेरी खेल्न थाल्या छन््
धेरै गर्मी या जाडो भो...सँग गुनासो हुन थाल्या छ
छिमेकी केटीहरुले लुगा सुका'को हेरेर पनि मुटुको ढुकढुकी बढ्न थाल्या छ।

ठाडो भित्तामा चढिरहेको कमिला देखेर आश्चर्य लाग्न थाल्या छ ,
सिंहले हकिकतमा मेरो ईसारामा रौँ पनि हल्लाउँदैन,
त्यसैले मैले त्यस्लाई देखाउन आफ्नै सिंह बनाई दौडाई रहेको रै'छु भनी पनि ग्यान हासिल गर्या छ...
लेडिज् फार्ट्स च्यानल हैन, पानी बिना बाँच्न गाह्रो हुँदो रैछ, महसुस हुन थाल्या छ,
हकिकतमा अन्जान केटीलाई छुँदा, सिधै खाटमा पुगिदैँन रै'छ भनेर पनि अनुभव गर्या छ।

जुत्ता लगाउन पाईया'छ,
खुट्टालाई सिधा राखि प्रयोग पनि गर्न थाल्या छ ..
संगीत त घाँटीबाट पनि निकाल्न सकिँदो रै'छः पत्ता लाग्या छ।
३*२ ईन्चको फोटा र चोरित सिद्दान्त, छोटा कपडा
हेरेर दुःख पाउनु भन्दा,
शरीरबाट निस्कने गन्ध र अनुहारबाट सुख लिन थाल्या छ।
खुसी हुनलाई प्रडक्ट किन्नु पर्दैन रै'छ
भनी पनि बुझिदै छ...
मोटा-मोटा सुटे घुस्तिघ्रेहरुले गर्ने विश्लेषण, आश्वासनबाट भन्दा,
फुटेको ढल, लाईन र धुलोबाट सत्य था' पाईदोँ रै'छ भनी सत्य था' पाईया छ।
प्रचारको तालमा उत्सुकता र छटपटीको नाच न-नाची बस्दा
आफ्नै मुटुको ढुकढुकी सुनाई दिन थाल्या छ...

लोडसेडिङबाट विचित्रको फाईदा भा'छः
आफु कति कर्महीन, अशिछित र असिपालु रहेछु था' पाईया छ...
यो कुरा बुझी खुसी हुन थालिएको छ..
कल्ले भन्यो संसारकै दरिद्रमा म पनि पर्या छ ?
त्यो भन्दा पनि बढी,
लोडसेडिङबाट लोडसेडिङको फाईदा बुझ्या छ।

No comments:

Post a Comment