Friday, February 26, 2016

आग्छ सागर अब


अजिंगरको रेटोमा पाईला चालेपछि,
खौफ राखेर काम छैन
कि मारेर आऊ, कि मरेर जऊ
सक्छौ भने मित्र बनाउ...
तिनले तिम्लाई काखमा राखि रगत चुस्दैनन्...ढुक्क हौ...
केयौँ रात आखाँ खुल्लै राखि कटाएपछि,
'छड्के आखीँ' खेल्न अब जरुरी छैन
कि आखाँ जुदाई समीप आऊ,
कि ढाड फर्काई उतै जाऊ...
तिमी,
केयौँ प्रकृया पश्चात,
प्रकृतिले छानेकी ज्वालामुखी हौ
दोधार गर्ने तिम्रो अधिकार छैन...
निभाउन तिम्लाई सजिलो छैन।

अरुको हतियारले आफुमा धेरै असर पर्न दिसक्यौ....
तिनकै हतियारको लेखाजोखा गरिरह्यौ भने,
आफ्नो अस्त्र कैले तिखार्छौ?
कैले शिकार खेल्छौ? कैले पेट भर्छौ?
तिम्लाई लागेका वाणबाट चुहिएका रगतले
तिनले आफ्नो प्यास मेटिरा'छन्
तिमी यो कैले सम्झन्छौँ?
तिम्रो दाँतबाट तिनले आफ्नो अस्त्र तिखार्छन्
र निको पार्न तिम्लाई तिम्रै बारीको जडिबुटी किनाउँछन्
तिम्ले यो आभाष गरिसक्यौ...
कैले आँ गर्दा आगोको मुस्लो फाल्छौ?

तिनले तिम्लाई तर्साउँछन्,
तिम्लाई पगाल्छन्..घुँडा टेकाउँछन्, रुवाउँछन्,
अनि आफ्नो प्रवचन सुरु गर्छन्
यै नै तिनको शिकार हो...
हाँस्नको निम्ती तिमी तिनको भेरिफिकेसन् खोज्छौ
यै नै तिनको विजय हो...
रेटोमा अजिंगर देख्नु पैले नै तिमी गलिसक्छौ...
र तिमी तिनलाई पुकार्छौ...
तिमी कैले देखि आफ्नो अस्त्र तिखार्छौ?
ऐले देखि नै तिमी गाना गुनगुनाउँदै आफ्नै बाटो खन्छौ...

No comments:

Post a Comment