Wednesday, February 10, 2016

महान र साधारण मान्छे


एउटा महान मान्छे बित्यो,
सबैको काम-धन्दा बन्द भो, शुन्यता छायो
सबैलाई चासो भो, संसारै शोकमा डुब्यो
लाखौँ उत्रिए सडकमा, लाखौँ फुल चडाईयो
झ्याल-झ्याल, टिभी रेडियो सबैबाट अन्तिम दर्शन गरियो,
लौ एउटा महान मान्छे बित्यो, वर्वादै भो!
त्यै दिन, ठ्याक्कै त्यै बेला, त्यै रोगले,
एउटा साधारण मान्छे पनि मर्यो,
परिवार, दुई-चार मित्र मै उस्को अस्तित्व बिलायो
न कसैलाई केई था' भो, न वास्ता भो
महान मान्छेको अन्त्यष्टीको जन्तीको भीँडमा,
उस्को लाश र किल्चियरै बिलायो।
त ब्याण्ड-बाजा, आर्मी पुलिस, नर्तक-नर्तकी
सबै अरु महानका उपस्थितीमा महान मान्छे जली गयो
एउटा मान्छे ग'को मा सबैलाई निकै दुःख भयो।
त्यै दुःख भ'को कुराको झ्याली पनि पिटीयो
महान मान्छे गएकोले संसार पैले जस्तो नरहने,
भनी मजासित प्रचार पनि गरियो।
उता सामान्य मान्छेको अन्त्य त मानौँ कुनै नौलो कुरै थे'न...
ए..पात झर्छन्, कुकुर मर्छन्, सामान्य मान्छे मर्छन....के नौलो कुरा भो' र भनियो
बा' को जलिरहेको चिता हेरि रोईरहेको छोरालाई,
के रुन्छस, तेरो बा'ले महान काम गरेनन् भनियो,
त्याँ हेर त 'महान मान्छेको छोरा कति हँसिलो' भनी देखाईयो।
महान मान्छेको जलिरहेको चिता हेरि टोलाईरहेकी आमालाई भन्योः
आमा, हेर्नु त हामी कति झिनो मसिनो,
मेरो बा' त तुल्य काखी मुनीको पसिनो।
मेरो छोरालाई म यसरी रुन दिन्न,
महान नबनी अब एक गाँस भात चैनले खान्न।
त महान बन्ने संघर्ष उस्को सुरु भो'
ईतिहार, जनावर, झण्डा भुगोल, मान्छे सब्को ग्यान राख्न थालि गो
यता चार्यो, उता भाग्यो, यता फर्कायो, उता रिझायो,
यता सोध्यो, उता सिक्यो, पढ्यो, सुन्यो, हेर्यो गर्यो
तर महान बन्ने शुत्र सिक्न उस्लाई निकै नै गाह्रो भो।
अन्तिममा हार खाई गयो,
गाह्रो रै'छ महान बन्न,
त्यसैले त अन्त्यष्टिमा मान्छे हुँदा रै'छन् टन्न।
मलाई के' था थ्यो र म सानो भुसुनो,
बन्न हिँडेछु बाघ झैँ, पेटबाटै लिएर आउनु पर्ने रै'छ महानत्वको शुत्र त्यो।
न कसैले चिन्यो, न कसैले मान्यो,
मेरो अस्तित्व त झनै तुच्छ पो बनि गो।
यति भनी निराश भई हाम फाल्न गए थ्यो ऊ जसरी,
ग्यान आई'गो, अन्तिम छेँडमा महान बनिँदो रै'छ कसरीः
अरुले गर्न नसकेको काम गर्नु पर्ने रै'छ महान बन्न
त्यसपछि पो कमाईदोँ रै'छ नाम अन्त्यष्टीमा जन्ती टन्न।
त्यो ग्यान पाएपछि मनमा उस्को उमंग छायो,
म पनि हुन्छु अब महान भनी तुरुन्तै घर फर्कियो।
र ऐना अगाडी उभ्भेर भन्योः
न राखौँ चाहना म महान बन्ने कैले पनि,
जे छु ऐले ठिक छु, बाँच्न पाउँ सामान्य मान्छे भई यसैमा खुसी बनि..
न पुजौँ कुनै महानलाई न उस्को नकल गर्ने रहर राखौँ...
साँचै महान..'को' हैन...'के' रै'छ त्यो बुझी, त्यै सत्यमा आफु समाउँ।

No comments:

Post a Comment