Monday, February 1, 2016

हजुरबाको कोठामा कति धेरै किताब


हजुरबाको कोठामा कति धेरै किताब छन्
पल्टाउँदै जाँदा हेरौँ के-के-के-के भेटिन्छन्।

लछ्मी कवितासंग्रह भित्र एक खिल्ली चुरोट छ ,
मोटो ईलियाद-ओडिसी संग्रह भित्र किनेको बिल छ।
पोस्ट अफिसका स्वयंम प्रिन्टेड पाना भित्र रक्सीको बोतलको ट्याग छ,
रक्सीको नाम 'प्रवृत्ति' राखेका रै'छन्।

भानुभक्त रामायण भित्र हजुरआमाका टिका छरिएका छन्,
कान्तिपुर दैनिक भित्र भाईको दिसा तेसैले पुछेकोले दिसा लत्पतिएको छ।
भूँडीमा नेपाली डिप्रेसनको औषधी छ,
घोडामा पनि तुच्छ मुसाको छयर छ।

काँडा कि फुल, हेर्नै मन लाग्या थेन
,भित्र निन्द्र लाग्ने औषधी रै'छ,
अपाङ्गलाई काँधमा उभ्याई आफुतिर ध्यान खिच्ने प्रचण्डको कुहिएको तस्विर पनि रै'छ।

हिमालयको स्वच्छ पानी खाएको बोटमा केई छैन,
केवल गनाउने अंहकार,
नोट नोट नोट छ।

तरुण तपस्वीमा हिमालहरु उत्कृष्ट तस्विर राख्या छ ,
दस स्प्याक भित्र आगोको मुस्लो छ।
कान्तिपुर दैनिक र त्यस्तै अरु नेपाली पत्रिकामा भाईको दिसा लत्पतिएको छ।

No comments:

Post a Comment