Saturday, February 27, 2016

भन्या मान, हग्या खाऊ


ति महानले तानेका रेखाको सकल बमोजिम।
तिमी सिंह हिँडेको पथमा हिँड्या छौ,
गजब...तिमी एकदिन राजा....तिमी पनि सिंह
हिँडिरह..एकदिन तिमी पनि सिंह
हामी सबलाई चाहिएछ अर्को सिंह,
अर्को राजा, अर्को वलविर...
बाटो नबिराऊ है...नबिराऊ
अंधकारमा फस्लौ..
सर्पले डस्लान्
आँधीले उडाउलान्
बाढीले बगाउलान्
नियम पालना गर है गर....
गाह्रो छ.... बुझ्छौँ हामी
सिंहको पथ मा चल्न,
तर तिमीमा त्यो दम छ..
तिमी महान, उत्कृष्ट, बरिष्ठ हुने समय अब कम छ।
एकदिन यि प्रकोपबाट बचि तिमी गद्दीमा बस्ने छौ...
हिँडिरह हिँडिरह...
आखाँ चिम्लेर हिँडिरह...
नडराऊ....तिमीसँग नक्सा छ, हामी छौँ...
यै नै हो एकमात्र रेटो,
यै नै सत्य, यै नै एकमात्र फेटो,
बेर...बेर...बेर....होला अबेर,
समयले कसैलाई पर्खिदैँन हेर!
बाटो नछाड,
उता अंधकार छ..
त्याँ हेर्नु हुँदैन, त्याँबाट बुजी आउँछ..
हामीलाई ईश्वरले दिएका पथ यै हो..
त्याँ हेर्नु हुँदैन...तिम्लाई/हाम्लाई अलछिन लाग्छ..
लगाम लगाऊ...हिँडिरह
सिंह तेत्ति पर छैन,
केवल दृढ संकल्प, अनुशासन,
होमर्क सँधै गर....
हुबहु नकल, जस्ताको तस्तै...
जब सिंहको चाल गर्न सक्ने हुन्छौ,
तब तिम्ले असली सुःख, मोछ्य पाउँछौ
बल्ल मानिस बन्छौ....मान्छे बन्छौ....
तिमी हाम्रो नजरमा ऐलेनै महान् छौ
हेर न एकदिन दुनियाको नजरमा हुनेछौ..
रटिरह...रटिरह...

ए....होसियार! तिम्रो खुट्टाले पथको बाउन्ड्री लाई छुन खोजिरा'छ है...
होसियार! करियर बिग्रेला!
दुःख पाउलाऊ.....रोयर बस्नु पर्ला...लाज होला....ग्लानी होला,
दुनियाँले के भन्ला.....अबुई.....छि, छि, छि, छि, छि
तेसैले हिँडिरह...हिँडिरह...पाईला पछ्याईरह, पछ्याईरह..

आहा...ल!
हाम्ले भन्या थेनौँ?
मेहनत गर्यौ...तिमी पनि एउटा सिंह बन्यौ..
त्याँ हेर त, तिम्रो ईर्श्या गर्ने कति कयौँ...
तिनले पथ हिँड्न सकेनन्, भन्या मानेनन्...तिम्ले मान्यौ..
ल...आज देखि तिमी पनि महान्, उत्कृष्ट कहलियौ।
बधाई छ...जीवन अब सुन्दर छ...
लाखौँका तिमी प्रेरणा,
हजारौँका तिमी नेता...
अब बस यो सय फिटको गद्दीमा माईक समात र ति डाँडा पारी भएका गोरु जतिलाई,
सिकाऊ...सुनाऊ..अर्ति देऊः
कसरी हिँड्नु पर्ने रहेछ, कसरी पाईला पछ्याईरहनु पर्ने रहेछ
अनि झनै तालि बज्छ...सायद खास्टो पनि घाँटीले पाउँछ,
तर तेस्को लाई अलि गधासोरकै पथ पछ्याउनु पर्छ....
अलि अलि झुठो भने बोल्नु पर्छः
' म त आफ्नै बलबुतामा हिँड्या हो
स्वच्छ मनले यो सब गर्या हो
यो मेरो तँपाईहरुको निम्ती उपहार हो
मेरो मन सबैमा समर्पित हो'
तेसो गर्नाले त्याँ बसिरहन अलि सजिलो हुन्छ...

ल...हामी चैँ लाग्यौँ अब
अर्कोलाई गाईड गर्नु छ..
अर्को भेँडालाई सिंह हौ भनि झुक्काउनु छ।

Friday, February 26, 2016

आग्छ सागर अब


अजिंगरको रेटोमा पाईला चालेपछि,
खौफ राखेर काम छैन
कि मारेर आऊ, कि मरेर जऊ
सक्छौ भने मित्र बनाउ...
तिनले तिम्लाई काखमा राखि रगत चुस्दैनन्...ढुक्क हौ...
केयौँ रात आखाँ खुल्लै राखि कटाएपछि,
'छड्के आखीँ' खेल्न अब जरुरी छैन
कि आखाँ जुदाई समीप आऊ,
कि ढाड फर्काई उतै जाऊ...
तिमी,
केयौँ प्रकृया पश्चात,
प्रकृतिले छानेकी ज्वालामुखी हौ
दोधार गर्ने तिम्रो अधिकार छैन...
निभाउन तिम्लाई सजिलो छैन।

अरुको हतियारले आफुमा धेरै असर पर्न दिसक्यौ....
तिनकै हतियारको लेखाजोखा गरिरह्यौ भने,
आफ्नो अस्त्र कैले तिखार्छौ?
कैले शिकार खेल्छौ? कैले पेट भर्छौ?
तिम्लाई लागेका वाणबाट चुहिएका रगतले
तिनले आफ्नो प्यास मेटिरा'छन्
तिमी यो कैले सम्झन्छौँ?
तिम्रो दाँतबाट तिनले आफ्नो अस्त्र तिखार्छन्
र निको पार्न तिम्लाई तिम्रै बारीको जडिबुटी किनाउँछन्
तिम्ले यो आभाष गरिसक्यौ...
कैले आँ गर्दा आगोको मुस्लो फाल्छौ?

तिनले तिम्लाई तर्साउँछन्,
तिम्लाई पगाल्छन्..घुँडा टेकाउँछन्, रुवाउँछन्,
अनि आफ्नो प्रवचन सुरु गर्छन्
यै नै तिनको शिकार हो...
हाँस्नको निम्ती तिमी तिनको भेरिफिकेसन् खोज्छौ
यै नै तिनको विजय हो...
रेटोमा अजिंगर देख्नु पैले नै तिमी गलिसक्छौ...
र तिमी तिनलाई पुकार्छौ...
तिमी कैले देखि आफ्नो अस्त्र तिखार्छौ?
ऐले देखि नै तिमी गाना गुनगुनाउँदै आफ्नै बाटो खन्छौ...

दिव्य उपदेश

मलाई तिमी चाहिएको छ,
तिम्लाई म चाहिएको छ,
त्यै पनि...एक अर्कोको हात समाएर बस्नु छाडेर
किन हो हाम्लाई हाम्रो बिचको यो ठूलो पर्खालमा ईँटा थप्दै जानु पर्या छ।

कति प्रमाणित गर्न खोज्छौ....तिमी म बिनै खुसी छौ
सबै बुझिसकेँ मैले..अब आखाँ चिम्लेर यता आऊ...
तिमी नजिक हुँदा भगवान नदेख्खे पनि मन न्यानो हुन्छ,
तिम्रो पनि हुन्छ भने आऊ नजिक त्यो भन्दा ठूलो कुरा जीवनमा अरु कुन छ?
कैले काहीँ तिम्लाई मेरो अनुहार देख्दा रिस उठ्छ, ग्लानी हुन्छ..जुन घिन लाग्छ
बुझ्छु म...मलाई देख्दा म आफैँलाई धेरैजसो तेस्तै हुन्छ।
तर ति सब ठिक थे यदि सँधै भर बाँच्नु पर्ने थ्यो भने,
खुसी हुने समय थोरै छ,
हाम्ले गर्न सक्ने सब्भन्दा यै नै हो, अरु बाहियात सबै।

त्यसैले आई'हेर एक पल्ट,
नरमाईलो लागे...अंहकारमा एक-अर्काको मयल माडी नुहाउने साथी भेट्न गाह्रो छैन
पृथ्वी ति सबले भर्या छँदै छ...
हाँस्न खोज एक पल्ट,
केहीले रोकिदिए..त्यो केहीलाई निकाली फाल्न गीत गाउन सकिहालिन्छ,
बोतल यो कोठामा जताततै छँदै छ

Wednesday, February 24, 2016

के भो होला?


आखाँ चिम्ली कसैले भनेको मान्दा,
पछि काम बिग्रे पछि बल्ल उस्ले अहरा'को काम बुझ्दा,
खत्तमै भो।
त्यो भन्दा पनि,
अन्तरबोधको भरमा कसैलाई मन दिदाँ
तर पछि गएर बल्ल उस्को चरित्र - बानी बुझ्दा,
झुर भो।
त्यो भन्दा पनि,
कसैबाट प्रेरणा लिदाँ,
अनि विस्तारै -धैरै पछि....बल्ल
उस्का चाहना बोध हुँदा....

ति बाट त बचियो तर मान्छेले डुबाए


बलिवरहरु बाट सतर्क भई,
पाईला-पाईलामा तिनलाई पन्छाई
एक -दुई सँग त लडाई पनि गरि...
जंगल पार गर्ने-गर्ने बेला...
जीप सफारीमा हिँडेकाहरुलाई भेटियो,
चाँडै पुर्याईदिउँला नि भनि तिनले भने पछि
किन हो, त्यस जीपमा चढियो
जंगल पार गर्ने त परे जाओस्,
जंगलको बिच तिर जीप रोकेर चक्कु देखाई लुट्न पो थाले...
मेरो श्रीमतीको त बलात्कार पो गर्न थाले

Tuesday, February 23, 2016

दृश्यात्मक मनोरञ्जन


के होला, के होला, के होला, के होला?
के यस्तो होला..त्यस्तो भए चैँ कस्तो होला!
यसो पनि त हुन सक्ला! तर नहुन पनि त सक्ला...
वाह! क्या खत्रा, क्या मजा...
धन्न तिमरु छौ

ओहो...आधा घण्टा भईसक्यो,
ऐले सम्म त यो पो भो होला..त्यो भो होला..
के तेल्ले त्यसो गर्यो होला?
गर्यो भने त ऐले सम्म कै महान पो कहलिएला..
जीन्दगीमा तेल्ले त्यस्तो प्रदर्शन गरेको
हेर्न पाउनु भन्दा ठूलो कुरा के होला?
अस्ति त आखाँ भरी आँशु नै आयो,
त्यो जाने बेला, त्यसले भनेका ति कुरा....
तर ठिकै छ,
अब तिन पछि त्यो, अनि अर्को हप्ता तिनको
त्यसपछि त्यो, अनि त्यो, अनि त्यो.....आहाहाहाहा
क्या मजा

साला फेरि बत्ती गयो,
कुकुर गधा, नेता सालाहरु, कुहिएका सारा
मोबाईलमा पैसा पनि छैन
बत्ती गयो भने आईतबारको फाईनल छुट्ने भो'
जीन्दगीनै खल्लो हुने भो'
काम एउटा खोज्नु पर्ला!
त्यसपछि त्यो, अनि त्यो, अनि त्यो
आहा कति मजा आउला...

अस्तिकोमा त्यसको प्रदर्शन तेत्ति राम्रो थेन
यो पाली राम्रो गर्ला..
न-गरे के गर्ला?
करियर नै पो बिग्रिन्छ त तेस्को...ला!
अनि तेस्पछि के गर्ला?

त्यो पनि खासै राम्रो त हैन..
कसरी मौका पाईरा' होला?
एक पल्ट मर्दको फेला परेपछि
आफ्नो औकात था' पाउला...

आहा एघार बज्यो...सुरु भो
के होला, के होला, के होला, के होला?
तेत्तिको एाभ्रेज, हरेक दुई'मा जीत,
ओहो, तेस्का परिवार पनि आ' रैँछन्,
वाह कति क्युट छोरा...
आज केई गर्ला कि नगर्ला
तर प्रतिद्धन्धि पनि छ तगडा
आफुले चाहे बमोजिम गर्न सक्ला कि नसक्ला?
सके महान कहलिन्थ्यो, परिवार सबै खुसी हुन्थे
न-सके पनि ठिकै छ, एक वीर योद्धा त थ्यो कम-कमसे

ओहो सुरु भो' अब
बीस हजार क्राउड, क्या माहोल
म पनि घरैमा बिदामा क्या संयोग..
लौ आयो...लौ...
जीउ सिरिंग गर्दै छ..
वाह...क्या हिरो...क्या जीउ, क्या कपाल, क्या स्टाईल, क्या प्रेरणा
सब कति खुसी छन्...
आहा यो पो त जीवन
सब कुरा बिर्सीयो...
के होला, के होला, के होला, के होला...
के गर्ला, के गर्ला, के गर्ला, के गर्ला....

Monday, February 22, 2016

A sad day for all of us?


Somewhere in this cruel cruel world a small boy was crying. He was all depressed and looked pale. His little heart seems to have been broken into thousand pieces. He didn't speak with anyone ...he just sat on the couch staring at the empty walls wondering why we humans had to go through all this..why we had to suffer

MOM: hey...what's wrong with you? Is everything alright?
SON: No mom...
MOM: Why?Whats the matter?
SON: He's gone mom..he's gone (getting even more emotional)
MOM (getting anxious):who?
SON: We won't see him again mom...
MOM (getting really anxious) : hey...you gotta tell me alright....who is gone?
SON: They say we will never get to see him again. They say he was a hero, a champion who will be missed... they were all getting emotional...they say things wont be the same for us again mom...
MOM (now the anxiety has turned into fear):
Son...you need to calm down and tell me alright... please you gotta tell me..we'll fight together...please son..tell me...how..
SON: you know mom...they carried him on their shoulders for the last time..they said it was due to him that we are inspired...but we wont see him again mom..we'll never be inspired to do anything mom..(continues crying...mom starts crying too...)
Then the frowning sister comes up and turns on the T.V...in the caption below :
McCullum retires from Test Cricket..

Friday, February 19, 2016

काठमाण्डु जीन्दगी


उदास काठमाण्डु बिहानी,
म निस्कन्छु शहर चार्न,
महाभारत हेर्न।
घण्टीका आवाज र भजन
अझै कतै-कतै जिवीतै छन्,
तर धेरैमा २० वर्ष सम्म।
बोसो पगाल्न रन,
अझै धेरै बाँच्ने रहर छन्
भारतिय स्वामीले यै गर भन्या छन्।
च्या पसलका राजनीतिक गनथन,
अझै कति टाउकोमा टेक्या छन्।
कुद्छन् कुकुर जति जंगल पसी जंगली बन्न,
बाटोकै त्रास सम्झी फर्छन्छन् मान्छेकै लातमा खुसी टन्न।
उढ्छन् परेवा कति घरमाथी, अब हामी यैँ उढ्नी,
बाहिर त तिमी सँधै उढेकै थ्यौ नि,
मन-मन्दिरमा पो कैले चामल खान आएनौ...
मैदानमा बल कति, खेलाडी कति-कति..
बोल्न, गाउन, रमाउन खोज्ने सुगा आकाशमा कति-कति
हाम्रो त केई योजनै छैन हेर....खोल्द्'या छौँ..
सुगाखाना...जौ सजिलोसँग सिकाउँछन् त्याँ नकल गर्न अति
हराएका केटाकेटी,
डराएका मर्द जति
पिपल बोटमै भेटेँ दुई जन्ः
नाक काटे थे रे,
वीरकै घाँटी रेटे थे रे...हाvमी के!
त्याँ माथी गद्दीमा बस्नेहरु हुनुन्छ नि..
हो...उनीहरुनै हो यहाँका बुद्धिमान पशु भन्नी।
हामी त हेर्नु...बलरामेले फुर्ती ला'छ
अब तेल्ले देख्छ;
विष नभा' सर्प के सर्प!
त्याँ चार बट्टा, सोह्र चौको चौँसठ्ठी भित्ता त,
सुकुमार, डुगुराम, पशुरामले सिलाईसके
के गर्नु भाग्यको कुरो...
फेरी त्यो विचरो शिवे को त विजोग..
तर था' पाउनु भो,
हरिरन्जनले नि' गाडी किनेछ त!
चिल्लो सेतो...
गर्यो है प्रगती मोराले....
हे बबाल गर्यो नि...निकै ट्यालेन्ट मान्छे थ्यो नि पैलै देखि..
अँ अब कस्को कुरा गर्ने?
आफ्नो त बिजोग छ..त्यै एउटा बलमानेलाई देखाउन पाए शान्ति पाउँथे..
मेरो पनि तेस्तै छ...अँ....सुन्नु न..
रवि थ्यो नि त्यो...अँ विरमानको नाती, कृष्णदास जो सडक विभागमा थ्यो नि...
अँ....
त्यस्को छारो..
अँ....
ब्या गरेछ है?
ए हो र...त्यै त....कति चालिस सालको मान्छे हो क्यारे..
अँ अब कस्को कुरा गर्ने?
अँ साँचै भन्नै बिर्सीरा...अति जरुरी कुरा,
त्यो विनोद बुढा थे नि?
अँ...त्यो घुस'खा'को भन्ने आरोप लागेका?
अँ हो..हो...त्यै-त्यै.....उस्को छोरा त अरबबाट चाँडै फर्केछ है..
ए अरब गा' थ्यो.....हा...हा...किन फर्केछ त?
खोई...बिरामी थ्यो रे अलि-अलि...फेरी एता बुढीको पनि हल्लाखल्ला चलेछ...
बिरामी त सुरेन्द्र भाईका भानिज पनि हुनुन्छ रे..
हो र...के भएछ त?
खोई..ईन्डियामा दबाई गर्न गा' थे रे.
लौ....अब कस्को कुरा गर्ने त?
त्यै हो...आफ्नो त बिजोग छ..
तयै एउटा बलरामे सालालाई देखाउँछु हेर्नु न,
मेरो पि.एच.डी गरिरा'को छोराले नि देखाउनु पर्छ है बा' भन्छ
छोराले त्यो सिद्दाएपछि हेरौँ न कसरी फुर्ती लाउँछ त्यो बलरामे ले...
अँ..सुन्नु न हाम्रो टिकाराम जीको भानिज छन् नि..
हरिराम?
अँ त्यै उपसचिव भए'छ हगि!
ह्या बा' को भण्डार रित्ताएर ..काकाको नामको फाईदा उठाएर...
मलाई त ठिक लाग्दैन त्यो मान्छे...
अँ...कस्को कुरा गर्ने त अब?
त्यो किसने छ नि....
जीवन दर्शन सिक्न भनेर छेउँ बसेका केटाकेटी।
बिजोग काठमाडौँ नगरपालिकाः
जग्गा, ईँटा, बालुवा, पांग्रा।
म थचक्क बस्छु बाटैमा कतै,
ओहो...मलाई के भन्दा हुन्...म कठै...
महाभारतको मजा उठाउन चार्या थेँ,
बाँड जति सबै आफैँले पो खाएँ..
अब छोड्छु यो शहर...मेरो लायकको छैन यो...
उदास काठमाण्डु जीन्दगी,
म आकाशतिर हेर्छु...
सूर्य खस्दे नि हुन्थ्यो।

प्रेरणाका श्रोत


मान्छे भएकोले,
अरु बाट प्रेरणा लिनै पर्ने, अरुको नकल गर्नै पर्ने हो भने,
एाल्बर्ट आईन्स्टाईन, बिल गे, कोलीबाट
किन प्रेरणा लिने? किन तिनकै नकल गर्ने?
तिनीहरु भन्दा त बरु कुकुरबाट प्रेरणा लिने,
परेवाबाट लिने, बाघको नकल गर्ने।
कति शान्त भई बस्छन्ः
न अमेरिका/अस्ट्रेलिया जानै पर्छ भन्ने छ
न वाहवाही पात्र बन्ने चाहना छ..
न 'समयले कसैलाई पर्खिदैन' भन्ने बकवास बोध छ
न आफ्नो मूर्ती बन्वाउनको लाई काम गर्ने लोभ छ,
न संसार परिवर्तन गर्नु छ,
न अरुको धारणाको बाल छ...
म फेरी अरु जस्तो हुनु छ,
आफुलाई जे आउँछ, गर....बस्।

Thursday, February 18, 2016

नुवान हात्ती


'नुवान' हात्तीलाई पर्शुराम काजी एक्लैले पालेका थे। नुवान पर्शुराम काजिकै घर पछाडी बनाईएको चौर जस्तोमा एक्लै बस्थ्यो। उस्लाई ऊ छावा छँदा नै पर्शुराम काजीले भारतबाट ल्याएका थे। नुवानको दिनचर्या सँधै एउटै हुन्थ्यो...बिहान उठ्ने बित्तिकै चार घण्टा सम्म मान्छेहरुलाई ढाडमा राखेर जंगल, खोला घुमाउनु पर्थ्यो जसपछि बल्ल उसले खान पाउँथ्यो। उस्को आहार पनि अचम्मको थ्यो, पर्शुराम काजीले उस्लाई केवल एउटै प्रकारको बोटका पातहरु मात्र खान सक्ने बनाएका थे जुन बोट थाईल्याण्डबाट महगाँईएको थ्यो र नेपाली जंगलमा पाईदैन थ्यो। ति बोटहरु पर्शुराम काजीको घर पछाडी रोपिएका थे। नुवानले ति बोटका पातहरु बाहेक केई पनि खादैँन थ्यो। उस्लाई अरु पनि केई खान मिल्ला भन्ने कुराको त पत्तै थेन। त बिहान देखि चार घण्टा भोकै जंगल वरपर मान्छेलाई ढाडमा राखेर घुमाईसकेपछि बल्ल नुवानले आधा घण्टा खाने समय पाउँथ्यो जसपछि फेरी दिनभर मान्छेहरुलाई ढाडमा राखेर घुमाउन लैजानुपर्थ्यो। त्यसपछि सिधै राती उस्ले फेरी खान पाउँथ्यो। ऊ सँधै निकै नै थकित र गलेको हुन्थ्यो, अरु हात्तीको तुलनामा ऊ निकै नै दुब्लो थ्यो। खाना खाएर राती सुत्ने बेला छुम्रे नाम गरेको उस्को सानो मुसा साथीसँग भन्थ्यो, "बाँच्न कति गाह्रो छ हगि छुम्रे?"
छुम्रे मुसाले उस्लाई पर्शुराम काजीसँग अलि धेरै खानेकुरा माग न भनेर सिकाउँथ्यो तर ऊ भने त्यसो गर्न डराउँथ्यो। उस्ले खान सक्ने एक मात्र खानेकुरा पर्शुराम काजीसँग मात्र भएको हुनाले उस्लाई लाग्थ्यो पर्शुराम काजीलाई चिढाए भने उस्ले त्यो पनि खान न-पाउन सक्छ।
एकदिन सँधै झैँ मान्छेहरुलाई ढाडमा राखेर जंगल घुमाउन जाँदाको कुरा होः
मान्छेहरु फोटो खिच्न भनेर खोला छेउँ ओर्ले छन्। उस्को माउते रामहरिलाई दिसा आएकोले उस्लाई पानी पिउन छोडी रामहरि अलि परको झ्याङमा गएछ। मान्छेहरुले फोटो खिच्न र रामहरिलाई दिसा गर्न निकै समय लागेपछि नुवानलाई अल्छी लाग्न थालेछ। वरपर के रै'छ त हेरौँ न त भन्दै ऊ विस्तारै डुल्न हिँडेछ। पूर्व पट्टी एउटा घना जंगल थ्यो जता ऊ पैले कैले पनि गएकै थेन। 'नयाँ ठाउँ गई हेरौँ न त', भनी ऊ त्यो जंगल भित्र पसेछ। करिब दश मिनेट जति जंगल भित्र सरासर हिँडेपछि उस्लाई फर्किनु मन लागेछ...आएको बाटो था' छँदै छ नि भनेर ढुक्क भएको नुवानले त फर्किने बाटो पत्ता लाउनै सकेनछ। एता गर्दो रै'छ, उता गर्दो रै'छ तर उस्ले बाईर निस्कने बाटो पत्ता लाउनै सकेनछ। बाटो पत्ता नलाएपछि रामहरिले भेट्टाउला भनेर ठुलो स्वरले कराउन थालेछ...तर उस्लाई लिन कोई पनि आएनछन्। जंगलका बाघ, सर्पहरुको बारेमा उस्लाई राम्रोसँग था' भ'को हुनाले उस्लाई रामहरि र उस्ले ढाडमा बोकेर ल्याएका मान्छेहरुको पनि माया लाग्न थालेछ। जे पर्ला-पर्ला भनेर उस्ले एउटै दिशामा मात्र अगाडी हिँडिर'ने निधो गरेछ।
रात पर्दा सम्म पनि बाईर निस्कने बाटो भेटिने केई छाँटकाँट नदेखेपछि नुवानलाई डर लाग्न थालेछ। जीवनमा पैलो पटक राती घर बाईर जो थ्यो। डर सँग-सँगै उस्लाई भोक पनि लाग्न थालेछ। आफुले खान मिल्ने एक मात्र खानेकुरा नपाएपछि मरिन्छ भन्ने लागेपछि, घर सम्झि ऊ एउटा रुखमा अँडेस लाई घ्वाँ-घ्वाँ रुन थालेछ। उस्को ठूलो रुवाईको आवाजले नजिकैको दुलोमा सुतिरहेको रंगे नाम गरेको अजिंगरलाई ब्युँझाईदिएछ। 'को रै'छ राती राती रुने?', भन्ने प्रश्नको उत्तर खोज्न दुलोबाट बाईर निस्केर च्याउँदा एउटा ठूलो हात्तीलाई रोईरहेको देखेर रंगेलाई अचम्म लागेछ।
" ए हात्ती दाई...तँपाई किन रो'को? हात्ती भएर नि रुने हो कैँ!", रंगेले नुवानलाई भनेछ।
"हैन भाई...म जंगलमा हराएँ...घरको बाटो था'छैन..पैलो पटक एता आ'को...भोक अत्ति नै लागिसक्यो...म त मर्छु होला...कति गाह्रो छ बाँच्न ", भनेर नुवान फेरी रुन थालेछ।
नुवानसँग उचाई मिलाउन रंगे नजिकैको रुखमा चढेछ र भनेछ,
" एतिका धेरै रुखहरु, बिरुवाहरु छन् त....किन नखाईबसेको ? काँ गाह्रो छ र हात्तीलाई बाँच्न......"
रंगेको कुराको नुवानले जवाफ दे'छ, " मैले काँ एस्तो जे-पाईतेई खान सक्छु र...."
नुवानको कुरा सुनेपछि अचम्म मान्दै रंगेले भनेछ,
" लौ....अरु हात्तीले त खान्छन् त यो सबै कति मजाले....मैले आफ्नै आखाँले देख्या छु...."
"हैन होला...मैले त्यो लामो पात बाहेक केई पनि खान सक्दिन रे..भन्नुहुन्छ पर्शुराम काजी अंकलले...", नुवानले भनेछ।
"खाई हेरे भै'गो नि एकपल्ट", रंगेले आवहान गर्न थालेछ।
" ह्या...मलाई सानै देखि पाल्ने मान्छेले भनेको कुरा ठिक त होला नि....", नुवानले जिद्दी गर्न थालेछ।
तर रंगेले पनि नुवानलाई अझै धेरै बेर सम्म अरु कुरा खाई हेर्न जिद्दी गरेपछि छेउँऐको एउटा रुखबाट हाँगा भाची नुवानले खाएछ...चपाउँदै जाँदा उस्लाई मिठो लाग्न थालेछ र विस्तारै उस्को पेट पनि भरिन थालेछ।
"ओहो....रंगे भाई...एस्ले त पेट भरिन थाल्यो त मेरो...क्या मिठो पनि रै'छ...त्यो लामो पात भन्दा....तर केई नराम्रो गर्ने हो कि?", अर्को एउटा पात चपाउँदै नुवानले रंगेसँग भनेछ।
नुवानको त्यो कुराको रंगेले जवाफ दे'छ,
" तैट...केई हुँदैन...हाम्लाई प्रकृतिले नै खानेकुराको वन्दोवस्त गरिदिएको हुन्छ...त्यो त तँपाईलाई आफ्नो काम गराउनको लागि झुठो बोलेर पो त्यो मान्छेले त्यसो बनाएको हो त.....सबै जनावरसँग त्यस्तै गर्छन् त्यो मान्छेहरुले...सानो मै लगेर पाल्छन् अनि आफुले चाहेको जस्तो बनाउछन्....आफु बलियो हुन लाई...."
रंगेको कुरा सुनेर नुवानलाई अचम्म लागेछ। उस्ले फेरी एउटा हाँगा भाँची पात चपाउँदै, हाँस्दै भनेछ,
" आहा! ह्याँ त सबैकुरा सजिलै पाईँदो रै'छ हगि...मिठो पनि....खानको लाई मान्छेको चाकडी पनि गर्न नपर्ने, उस्को काम पनि गर्न पर्ने...त्यो मान्छेले कति धेरै काम गराई, कति थोरै खान दिन्थ्यो....पिटी, पिटी....बाँच्न त गाह्रो छैन रै' छ है रंगे भाई?" नुवानको प्रश्नको रंगेले उत्तर दे'छ,
"छैन...बस् मान्छेको कुरा सुन्नु भएन...बाँच्न सजिलो पनि छ रमाईलो पनि छ....आफ्नो फाईदाको लाई हामीलाई गाह्रो बनाईदिन्छन् ति मुर्ख जातीले.....उनीहरुले बताएका र बनाईदे'का उपाय लागु गर्न बाहेक त हामीसँग अरु कै पनि विकल्प छैन, जस्तो महसुस गराईदिन्छन्...जस पछि हामी कमजोर हुन्छौँ र उनीहरुका खेलौना हुन्छौँ..."
रंगेले एति भनिसकेपछि दुवैजना मजाले गलल्ल हाँसेछन्। केई बेर गफ गर्दै बसेपछि ढिला भो भनि रंगे आफ्नो दुलोमा फर्केछ। नुवानले मान्छेहरु माझ फिर्ता न-जाने निर्णय गरेछ र आफ्नो नयाँ घर र साथीहरु खोज्न घना जंगल भित्रै कतै पसेछ।
धेरै पछि पर्शुराम काजी र रामहरिले एकदिन उस्लाई साथीहरुसँग पानीमा नुहाँउदै गर्दा फेले पारेछन् र समात्न खोजेछन् तर नुवानले उल्टै उनीहरुमाथी हमला गरी पर्शुराम काजीको सबै करङ भाँचिदिएछ र रामहरिलाई त सुँडमा बोकी ५० मिटर जति पर हुर्याईदिएछ। त्यसपछि जो मान्छेलाई देखे पनि उस्ले सिधै हमला गर्न थालेछ र मान्छेहरु उसँग निकै नै त्रसित हुन थालेछन्। नुवान जंगलमै बसी, छोरा-छोरी जन्माई/हुर्क्याई....४० वर्ष पछि खुसी हुँदै जंगलमै मरेछ।

Wednesday, February 17, 2016

ति बुढा


आफु भन्दा उमेरले सानाले पनि आफुलाई 'तँ' भन्दा, हेपेर जथाभावी भन्दा कस्तो महसुस हुन्छ होला? भित्रबाट त था' हुँदैन तर कति विरलै देख्न पाईन्छ सानाले बाईरबाट कसैलाई 'तँ' भनेको, हेपेको। तर त्यस्तै मान्छे थिए एउटा परेखा भन्ने गाउँमा। घुम्दै वरपरका जिल्ला सबै हर्ने मेरो प्रकृया दौरान सो गाउँ पर्ने जिल्लाको सदरमुकाम पुग्या बेला मैले उनलाई देख्या थेँ। म एउटा पसलको बाईर उभ्भेर चुरोट तान्दै थेँ; वरपरका मान्छेहरुलाई हेर्दै, उनीहरुका नजरमा आफुलाई कुनै विशेष कामले त्याँ आईपुगेको मान्छे हो भनी भ्रम फिँजाउन खोज्दै...दिउँसोको बाह्र जति बजेको हुँदो हो, केई हदसम्म सुनसानै थ्यो जब एउटा सत्तरी वर्ष जतिका बुढा विस्तारै हिँड्दै पसल सम्म आईपुगे र केई मागे,
" बाबु....ल मलाई ब्याट्री दिउँ त...रेडियोमा लाग्ने.."
बुढा ठिकै थिए; यानि राम्रै लुगा ला'का थे; सेतो-सफा दाउरा-सुरुवाल, दाह्री काट्या थे, जुत्ता पनि च्यात्या थेन, कालो टोपी पनि सुकिलै थ्यो...त्यै पनि पसलेले बुढासँग अचम्म तरिकाले बोल्यो,
" ओहो...मदने...हिँड्दै आईस ह्याँ सम्म....गाउँ देखि? जेठको बाह्र बजेको घाममा?"
म सकेसम्म अरुबिच हुने कुराहरुको मतलव राख्न खोज्दिन तर नेपाली न परेँ...नेपाली प्रवृत्तिले पछाडी फर्काई छाड्यो। पसलको वरपर कोई पनि थिएनन्, केवल बुढा, म र पसले। बुढाले विस्तारै आफ्नो कोटको खल्तीबाट पैसा निकाले। पसलेले फेरी रुखो बोलीमा सोध्यो,
"कस्तो ब्याट्री दिउँ ए तँलाई? कति जाने?"
"आ...दिउँ न बाबु...अलि टिक्ने.."
"त्यो त तँ हरिलठ्ठकले कतिको रेडियो घन्काउँछस, त्यस्मा पो भर पर्छ नि मोरा...मैले टिक्ने भनेर दे'र हुन्छ र मूर्ख!"
"ल...दिउँ न त तीस जाने"
"कति ओटा दिउँ?"
"आ...दुईटा दिउँ न"
"तेत्रो बाटो यो उमेरमा हिँड्नु साटो...टन्नै किनेर लैजानु नि मोरा..के घरी-घरी आईरन्छस..."
पैसा दिएर ब्याट्री लिँदै बुढाले "हैन...ठिकै छ...", भने र विस्तारै हिँड्दै देव्रे तर्फ लागे। बुढाको अनुहारमा मैले केई नौलो भाव देखिन न उनको हिँडाईमा कुनै किसिमको विचित्र-पना थ्यो..मानसिक रोगी जस्तो पनि कतै-बाट लाग्दैन थे, परु उल्टै एउटा शान्त र विवेकशील व्यक्ति जस्तो देखिन्थे। उनीहरुबिचको केई सम्बन्ध होला..तेसैले पसलले त्यसरी बोल्यो भनेर वास्ता नगर्न मात्र के सक्न ला'थेँ...अलि पर पुगिसकेका ति बुढालाई टाउकोमा पछाडीबाट कुद्'दै आएर एउटा बीस वर्ष जतिको केटाले मजाले हान्यो जसले उनले लाईरहेको टोपी भुँईमा खस्यो। त्यो केटाले बुढालाई केई भन्दै थ्यो; गिजाई रहेको भान हुन्थ्यो...मैले परबाट ठ्याक्क कुरा चैँ सुन्न सकिन। बुढाले केइ प्रतिकृया दिएनन्...आफ्नो टोपी भुँईबाट टिपी, धुलो टक्टकाउँदै केई नबोली अगाडी बढे। मलाई उनीमाथी चासो लाग्न थाल्यो...तेस्ता मजाका बुढा मान्छेलाई किन हेपिरा'छन् मान्छेले जस्तो लागेको हुनाले मैले बुढाको पिछा गर्ने निधो गरेँ।
उनी विस्तारै हिँडिरहे, मैले करिब १० मिटर जतिको दुरी कायम गरेँ; बाटोमा हिँड्ने प्राय सबैले उनलाई चिन्थे र चिनेका जति सबैले , "मदने....कता?", कि त "ओई मदने...भात घिचिस्?" भनेर सोध्थे। बुढा भने केई नबोली,केई प्रतिकृया नदि'ई चुपो लागेर हिँडिरन्थे। हिँड्ने जति लगभग सबैले बुढाको खिसी गर्थे...उनकै अगाडी पनि, पछाडी पनि।
त करिब आधा घण्टाको सुस्त हिँडाई पछि मलाई खपी नसक्नु भो..हामी परेखा नाम गरेको गाउँमा आईपुग्या थ्यौँ...त्यस्पछि मैले फटाफट बुढालाई ओभर्टेक गरेर त्याँ भ'को एउटा किराना पसल जसको बाईर क्यारम बोर्ड खेल्दै मान्छेहरु बसिरा'थे....मा गएर चुरोट किनेँ र सल्काएँ। बाईर मान्छेहरु टन्न थे..ति मध्य एउटा तीस वर्ष जतिको मान्छेले अरु दुई-तीन जनालाई गफ दिदैँ थ्यो,
"त्यै हो अब....जागिर राम्रै छ....बा-आमालाई खर्च दे'कै छु....स्वास्नी पनि खुसी नै छे, छोरा-छोरीलाई राम्रै ठाउँमा पढाको छु...त्यै हो अब चुनावमा जे भए पनि..हा..."
परबाट बुढालाई आईरहेको देखेपछि त्यो मान्छेले आफ्नो कुरा यतिमै रोक्यो र बुढा तर्फ औँला देखाउँदै भन्यो,
"ओई...केटा हो अब....मदने बुढा 'आएछ ऊ....हा...हा.."
सबैजना गलल्ल हाँसे..केई बेर पछि बुढा पसल नजिक आईपुगेपछि त्यै गफ दिने मान्छले भन्यो,
"ओई मदने...तैले गु खा'कै हो त?"
फेरी सबैजना गलल्ल हाँसे...बुढाले केई प्रतिकृया दिएनन्...चुपो लागेर हिँडिरहे...चुरोट सिद्'देपछि मैले फेरी उनको पिछा गर्ने कार्य जारी राखेँ।
फेरी करिब आधा घण्टाको सुस्त हिँडाईपछि एउटा पिपलको बोट आईपुग्यो। म बुढा भन्दा तेत्ति पर थिईन..बुढा पिपलबोटको मुनी गई बसे..मैले पनि त्यै गरे। अचानक दाहिने तर्फबाट एउटा सानो बच्चाको आवाज सुनाई दियो,
"ओई मदने...के छ तेरो हालखबर?"
दाहिने फर्केर हेरेँ.... एउटा आठ वर्ष जतिको फुष्चे दौडिदै/खेलिरा'थ्यो। तेत्रा पाका बुढालाई अरु मुर्खहरुले जथाभावी भन्दा सम्म त ठिकै थ्यो...तेत्रो सानो बच्चाले पनि त्यसो भनेको सुन्दा त अति नै अचम्म लाग्यो। बुढाले भने केई प्रतिकृया दिएनन्। एक्लै खेल्दै दौडिरहेको त्यो फुच्चेलाई छेउँमै बसिरहेकी एक बुढीले हप्काउँदै काखमा बसाई।
" हे..त्यस्तो भन्नु हुन्छ?...आफु भन्दा ठूलो मान्छेलाई!"
फुच्चे केई बोलेन..बुढाको अनुहारमा केई भाव झल्किएन...सामान्य; अति नै सामान्य। दुई मिनेट जति बसेपछि बुढा उठेर आफ्नो बाटो लागे। मैले गएर ति आईमाईलाई बुढाको बारेमा र उनलाई सबैले गर्ने व्यवहारको बारेमा सोधेँ। एउटै गाउँका भ'का हुनाले बुढीलाई बुढाको बारेमा था' रै'छ। उनले बताए अनुसारः
करिब दुई वर्ष पैले आफुलाई सब्भन्दा माया गर्ने र माया लाग्ने नाती निमोनीयाले मरेपछि बुढालाई निकै नै गाह्रो भएछ...निकै नै कमजोर भएछन्....छिनछिनमा रुँदा रै'छन्....कसैसँग राम्रोसित कुरा पनि गर्न सक्न छाडेछन्। अरुले सानो केई भनी हाल्यो भने पनि उनको आखाँ भरी आँसु आउँदो रै'छ र निन्याउरो र कमजोर हुँदा रै'छन्। उनको कमजोरी र भावुकतालाई सारा गाउँलेले उडाउन थालेछन्(ठेट नेपाली बानी; कमजोरलाई पेल्ने, शक्तिशालीको थुक चाट्ने)....उनीमाथी व्यङ्ग्य गर्न थालेछन्...जथाभावी भन्न थालेछन्......जस कारणले बुढा झनै भावुक र कमजोर हुँदै गएछन्। ऐलेको समय भन्दा ६ महिना जति पैले, गाउँमा निशुल्क स्वास्थ्य शिविर गर्न आएका एकजना विदेशी डक्टरले बुढालाई जाँचेछन् र रोग पत्ता लगाई नियमीत खानु पर्ने औषधी दिएछन्। डक्टरले भने झैँ औषधी खान थालेपछि विस्तारै बुढाको कमजोरी र भावुकता बिलाँउदै जान थालेछ...हुँदा-हुँदा केई महिना पछि त बुढालाई केई पनि कुराले पनि असरै पो पार्न छाडेछ....चट्टान जस्तो भएछन्....भाव विहिन। त्यसपछि त गाउँलेहरुले झनै बुढालाई हेला गर्न , खिसी गर्न र जथाभावी भन्न थालेँछन्.."केई असर पर्दैन क्यारे यसलाई...जे भने नि भो....", भन्दै।

Tuesday, February 16, 2016

ठूला व्यक्तिहरुलाई ट्रिब्युट


ए...मलाई हेर ए सबै...
म यस समयको सफल व्यक्ति..
धन कमाएँ, नाम जपाएँ,
सडक-सडकमा मेरै फोटा छपाएँ।
सक्यौ तिमरुले यस्तो केई गर्न?
ए...मलाई सुन ए सबै...
म यस संसारको सब्भन्दा जरुरी व्यक्ति,
टि.भीमा छाएँ, पत्रिका हल्लाएँ...
मेरो पाद्'त ईन्टरनेट मार्फत संसारका कुना-कुनामा सुँघाए।
सक्यौ तिमरुले मैले जस्तो केई गर्न?
कुनै कुरा यस्तो हुन्छन् जस्लाई सबै मान्छेले ईज्जत गर्नु पर्छ,
कुरा गर्ने कर्तालाई देख्दा सबैले शिर निहुराउँनै पर्छ..
'ग्यान दियौ हामी मुर्खलाई,
मनोरञ्जन दियौ हामी अल्छी कुकुरलाई,
तिमी बिना त लौ के हुने थ्यो हाम्रो..
हाम्लाई रुवायौ, हँसायौ, बाटो देखायौ..
तिमी बिना त संसार काँ हुन्थ्यो र राम्रो!'
यि सब कुरा बुझेकै छौ...मैले तिमरुलाई धेरै थोक दिएँ..
तिमरु बोधाहरुको जीवनमा मजा चरा घुसाईदेँ..
न भए हाई गरी मर्थ्यौँ,
आत्तेर नै पग्लिन्थ्यौ..
डराएर सिद्दिन्थ्यौ..
ति सबबाट मुक्ति मैले तिमरुलाई दिलाएँ।
म जस्तो हुन खोज्नु भन्दा ठूलो कुरा अरु के खोज्नु?
सार्वजनिक बुलेटिन बोर्डमा भन्दा जरुरी कुरा अरु के मा होला र बुझ्नु?
त ति सबैमा म छाएँ..
तिमरुलाई कसरी बाँच्ने, के- मा हाँस्ने/नहाँस्ने...त्यो सिकाएँ
केई गर ए भनी हौसला दिलाएँ..
तिमरुको कोठा, मन, दिमागमा आफैँलाई बसाएँ.
ए...मलाई ढोग ए सबै..
म यस सृष्टिको सब्भन्दा जरुरी वस्तु..
ए...मेरो नाम जप ए सबै..
मेरो पाद कति वास्ना आउँछ सुँघ ए सबै..
मेरो पादको गन्धको बारे ईन्टरनेटमा झगडा गर ए सबै...
गर्ने पर्छ...किनभने तिमरुको पाद के पाद!
करौडौँ देखेका आखाँ र जरुरी काम गरेका हात..
बस्ने शरीरले निकेलेको पाद पो त पाद..
सबै नारीले मेरै सपना देख्छन्
त्यसैले ए...हारुवाहरु...मेरो मूर्ती बनाओ ए सबै मिली...
म हुँ तिमरुको भगवान,
तिमरुले सपनामा पनि गर्न नसक्ने काम गर्ने
असली पहलमान...
ए...मलाई देख्दा/सुन्दा/सुँघ्दा 'वाह! यो पो सबैथोक' भन ए सबै...
म देवता...म महामानव...म सत्य,
मैले गरेको काम मात्र खास गर्न लायकको काम
सक्यौ तिमरु म जस्तो हुन?
र मैले जस्तो केई गर्न?

Sunday, February 14, 2016

रामायण

एक बिहान ब्रह्माले नारदलाई बोलाई सोधेछन्,
हे नारद मुनी! बताईदेऊ मलाई तिमी केहीः...
मानसिक शान्तिको सब्भन्दा ठूलो बाधक के हो?
भनी बताईदेऊ त लौ तिमी मलाई ऐले नै यहीँ...
अलि बेर सोचेपछि नारदले भनेछन्,
हे महादेव! के बताउँ म तँपाईलाई केही
सार्वजनीक धारणा नै सब्भन्दा ठुलो बाधक हो
सत्य यै नै हो मान्छेमाझ मैले बुझेको त्यहीँ।
ओहो! त्यो त घातक भए' छ नि हगि
भनि ट्वाल्ल परी ब्रह्माले भने यहीः
त्यै सार्वजनीक धारणाको समुन्द्र;
ईन्टरनेट, टि.भी, पत्रिका, स्कुल/कलेज युनिभर्सिटी
मै मान्छे डुब्या छन् यसरी,
ओहो! यस्तो मा विचराहरु,
शान्त भई बस्न सक्लान के गरी...

A Tribute


When dark clouds and deadly thunder,
Threatened to blind me,deafen me what not...
It was you..my dear who came as a glorious rainfall
and for me paved a new way.
When the rancid smell of sorrow and disaster,
threatened to nullify me,weaken me what not..
It was you..however unknown who with your sweet fragrance
sprinkled joy in the world which showed me a new day..
How hard it is,one would understand,
When thousand insects crawl upon the soul
and breed two times the courage tried to be sown...
How easy it is,one would understand,
when a single hand promises to touch
and refills the heart two times with that almighty hope.
Foolish..they call me and i would verify it
if i would assume my closeness to you
was directly proportional to the distance between our physical bodies..
Happy i am..though foolish they still call me
for being satisfied with the light you showed me
and the smiles you have blessed on me....
THANKS FOR EXISTING

Wednesday, February 10, 2016

महान र साधारण मान्छे


एउटा महान मान्छे बित्यो,
सबैको काम-धन्दा बन्द भो, शुन्यता छायो
सबैलाई चासो भो, संसारै शोकमा डुब्यो
लाखौँ उत्रिए सडकमा, लाखौँ फुल चडाईयो
झ्याल-झ्याल, टिभी रेडियो सबैबाट अन्तिम दर्शन गरियो,
लौ एउटा महान मान्छे बित्यो, वर्वादै भो!
त्यै दिन, ठ्याक्कै त्यै बेला, त्यै रोगले,
एउटा साधारण मान्छे पनि मर्यो,
परिवार, दुई-चार मित्र मै उस्को अस्तित्व बिलायो
न कसैलाई केई था' भो, न वास्ता भो
महान मान्छेको अन्त्यष्टीको जन्तीको भीँडमा,
उस्को लाश र किल्चियरै बिलायो।
त ब्याण्ड-बाजा, आर्मी पुलिस, नर्तक-नर्तकी
सबै अरु महानका उपस्थितीमा महान मान्छे जली गयो
एउटा मान्छे ग'को मा सबैलाई निकै दुःख भयो।
त्यै दुःख भ'को कुराको झ्याली पनि पिटीयो
महान मान्छे गएकोले संसार पैले जस्तो नरहने,
भनी मजासित प्रचार पनि गरियो।
उता सामान्य मान्छेको अन्त्य त मानौँ कुनै नौलो कुरै थे'न...
ए..पात झर्छन्, कुकुर मर्छन्, सामान्य मान्छे मर्छन....के नौलो कुरा भो' र भनियो
बा' को जलिरहेको चिता हेरि रोईरहेको छोरालाई,
के रुन्छस, तेरो बा'ले महान काम गरेनन् भनियो,
त्याँ हेर त 'महान मान्छेको छोरा कति हँसिलो' भनी देखाईयो।
महान मान्छेको जलिरहेको चिता हेरि टोलाईरहेकी आमालाई भन्योः
आमा, हेर्नु त हामी कति झिनो मसिनो,
मेरो बा' त तुल्य काखी मुनीको पसिनो।
मेरो छोरालाई म यसरी रुन दिन्न,
महान नबनी अब एक गाँस भात चैनले खान्न।
त महान बन्ने संघर्ष उस्को सुरु भो'
ईतिहार, जनावर, झण्डा भुगोल, मान्छे सब्को ग्यान राख्न थालि गो
यता चार्यो, उता भाग्यो, यता फर्कायो, उता रिझायो,
यता सोध्यो, उता सिक्यो, पढ्यो, सुन्यो, हेर्यो गर्यो
तर महान बन्ने शुत्र सिक्न उस्लाई निकै नै गाह्रो भो।
अन्तिममा हार खाई गयो,
गाह्रो रै'छ महान बन्न,
त्यसैले त अन्त्यष्टिमा मान्छे हुँदा रै'छन् टन्न।
मलाई के' था थ्यो र म सानो भुसुनो,
बन्न हिँडेछु बाघ झैँ, पेटबाटै लिएर आउनु पर्ने रै'छ महानत्वको शुत्र त्यो।
न कसैले चिन्यो, न कसैले मान्यो,
मेरो अस्तित्व त झनै तुच्छ पो बनि गो।
यति भनी निराश भई हाम फाल्न गए थ्यो ऊ जसरी,
ग्यान आई'गो, अन्तिम छेँडमा महान बनिँदो रै'छ कसरीः
अरुले गर्न नसकेको काम गर्नु पर्ने रै'छ महान बन्न
त्यसपछि पो कमाईदोँ रै'छ नाम अन्त्यष्टीमा जन्ती टन्न।
त्यो ग्यान पाएपछि मनमा उस्को उमंग छायो,
म पनि हुन्छु अब महान भनी तुरुन्तै घर फर्कियो।
र ऐना अगाडी उभ्भेर भन्योः
न राखौँ चाहना म महान बन्ने कैले पनि,
जे छु ऐले ठिक छु, बाँच्न पाउँ सामान्य मान्छे भई यसैमा खुसी बनि..
न पुजौँ कुनै महानलाई न उस्को नकल गर्ने रहर राखौँ...
साँचै महान..'को' हैन...'के' रै'छ त्यो बुझी, त्यै सत्यमा आफु समाउँ।

Tuesday, February 9, 2016

लोडसेडिङबाट मुक्ति


पानी चढाउन पाईएन, बुढीमाथी लागेको शंका हटाउन घरि-घरि वाक्क पार्न पाईएन ,
कल्ले के भन्यो ,देखायो, कतिले मनपराए, ति कुरा था' पाईएन... त्यस्को बेफाईदा आफ्नो ठाउँमा छ
ग्यास बढी खर्च भो, खाना गनायो, क्रिकेट छुट्यो, महानायकको पदक-सेरोमोनी छुट्यो,
नेताको आश्वासन छुटेकोले भविष्य अन्योल भयो, संसारकै दरिद्रमा परियो...त्यस्को पिडा आफ्नो ठाउँमा छ
तर लोडसेडिङबाट निकै फाईदा पनि भा'को छः
अरु हिरोले ले'को मजाले मजा लिनु भन्दा,
आफ्नै कल्पनामा आफैँ हिरो हुन थाल्या छ।
बच्चाहरु साईकल, चुङ्गी, फुटबल फेरी खेल्न थाल्या छन््
धेरै गर्मी या जाडो भो...सँग गुनासो हुन थाल्या छ
छिमेकी केटीहरुले लुगा सुका'को हेरेर पनि मुटुको ढुकढुकी बढ्न थाल्या छ।

ठाडो भित्तामा चढिरहेको कमिला देखेर आश्चर्य लाग्न थाल्या छ ,
सिंहले हकिकतमा मेरो ईसारामा रौँ पनि हल्लाउँदैन,
त्यसैले मैले त्यस्लाई देखाउन आफ्नै सिंह बनाई दौडाई रहेको रै'छु भनी पनि ग्यान हासिल गर्या छ...
लेडिज् फार्ट्स च्यानल हैन, पानी बिना बाँच्न गाह्रो हुँदो रैछ, महसुस हुन थाल्या छ,
हकिकतमा अन्जान केटीलाई छुँदा, सिधै खाटमा पुगिदैँन रै'छ भनेर पनि अनुभव गर्या छ।

जुत्ता लगाउन पाईया'छ,
खुट्टालाई सिधा राखि प्रयोग पनि गर्न थाल्या छ ..
संगीत त घाँटीबाट पनि निकाल्न सकिँदो रै'छः पत्ता लाग्या छ।
३*२ ईन्चको फोटा र चोरित सिद्दान्त, छोटा कपडा
हेरेर दुःख पाउनु भन्दा,
शरीरबाट निस्कने गन्ध र अनुहारबाट सुख लिन थाल्या छ।
खुसी हुनलाई प्रडक्ट किन्नु पर्दैन रै'छ
भनी पनि बुझिदै छ...
मोटा-मोटा सुटे घुस्तिघ्रेहरुले गर्ने विश्लेषण, आश्वासनबाट भन्दा,
फुटेको ढल, लाईन र धुलोबाट सत्य था' पाईदोँ रै'छ भनी सत्य था' पाईया छ।
प्रचारको तालमा उत्सुकता र छटपटीको नाच न-नाची बस्दा
आफ्नै मुटुको ढुकढुकी सुनाई दिन थाल्या छ...

लोडसेडिङबाट विचित्रको फाईदा भा'छः
आफु कति कर्महीन, अशिछित र असिपालु रहेछु था' पाईया छ...
यो कुरा बुझी खुसी हुन थालिएको छ..
कल्ले भन्यो संसारकै दरिद्रमा म पनि पर्या छ ?
त्यो भन्दा पनि बढी,
लोडसेडिङबाट लोडसेडिङको फाईदा बुझ्या छ।

Monday, February 1, 2016

हजुरबाको कोठामा कति धेरै किताब


हजुरबाको कोठामा कति धेरै किताब छन्
पल्टाउँदै जाँदा हेरौँ के-के-के-के भेटिन्छन्।

लछ्मी कवितासंग्रह भित्र एक खिल्ली चुरोट छ ,
मोटो ईलियाद-ओडिसी संग्रह भित्र किनेको बिल छ।
पोस्ट अफिसका स्वयंम प्रिन्टेड पाना भित्र रक्सीको बोतलको ट्याग छ,
रक्सीको नाम 'प्रवृत्ति' राखेका रै'छन्।

भानुभक्त रामायण भित्र हजुरआमाका टिका छरिएका छन्,
कान्तिपुर दैनिक भित्र भाईको दिसा तेसैले पुछेकोले दिसा लत्पतिएको छ।
भूँडीमा नेपाली डिप्रेसनको औषधी छ,
घोडामा पनि तुच्छ मुसाको छयर छ।

काँडा कि फुल, हेर्नै मन लाग्या थेन
,भित्र निन्द्र लाग्ने औषधी रै'छ,
अपाङ्गलाई काँधमा उभ्याई आफुतिर ध्यान खिच्ने प्रचण्डको कुहिएको तस्विर पनि रै'छ।

हिमालयको स्वच्छ पानी खाएको बोटमा केई छैन,
केवल गनाउने अंहकार,
नोट नोट नोट छ।

तरुण तपस्वीमा हिमालहरु उत्कृष्ट तस्विर राख्या छ ,
दस स्प्याक भित्र आगोको मुस्लो छ।
कान्तिपुर दैनिक र त्यस्तै अरु नेपाली पत्रिकामा भाईको दिसा लत्पतिएको छ।

Not General. Specific

like no dogs this one like
like no chicks...you girl love
hate no music no no your no strong fun,
just haai and see my..
like no people you fine thank you
like not life life love little my