आज-भोलीको संकट
समस्या जो सुकैको होस्, समस्या जता सुकैबाट आएको होस्; तराईबाट या
भारतबाट, खेल विरगंजको होस् या दिल्लीको, अप्ठेरो हामीलाई परिरहेको छ। हाम्रो
दैनिक जिवन कष्टकर बन्दै गएको छ। यस्तो मा राष्ट्रियताको नारा लिएर ‘हामी
झुक्दैनौँ, स्वाभिमान बेच्दैनौँ” भन्ने खालका कुरामा बहकिनु भन्दा पनि जरुरी भएको
छ अर्को कुरातिर जोड दिनः हाम्रो कमजोरीतिर। हामीले राष्ट्रको नाममा,
राष्ट्रियताको खोटो भावनाको वेगमा आई आफु माथि कति धेरै नियन्त्रण शासक वर्गहरुलाई
दिईसकेका रहेछौँ, त्यो आत्मसाथ गर्ने बेला हो यो। जल्ले जति सुकै भाषणमा रुन्चे
मुख बनाए पनि, जस्ले जति सुकै लोकतन्त्रको नारा लगाए पनि, जस्ले जे सुकै भने पनि,
शासक वर्गहरुको आफ्नै स्वार्थ हुन्छ र त्यस्तो स्वार्थ पुरा गर्नको निमीत
उनीहरुलाई मानव श्रम चाहिन्छ, हामीहरु उनीहरुको स्वार्थ पुर्तिका मसिन
बाहेक केही पनि हैनौँ, यो कुरा पर्सिभ गर्ने बेला हो यो। राष्ट्रियताको
कुरा पनि हामीलाई आफु पट्टी ढल्काउने प्रोपग्यान्डा मात्रै हो।
यहाँ नेर यो एउटा यस्तो मौका भएर आएको छ, जहाँ हामीले आफुलाई छिमेकी,
सात समुन्द्र पारीबाट मात्र हैन कि पुरै सरकारको सिस्टमबाटै अल्लग्याउने हिम्मत
राख्नु पर्छ। यो आत्मनिर्भरता केवल आर्थिक दृष्टिकोणले मात्र हैन, सुरछ्याको
दृष्टिकोणले पनि हो। आज जता-ततै समस्या भईरहेको छ, अमेरिका अफगानिस्तानमा बमबारी
गरिरहेको छ, रसिया सिरियामा, मध्य पुर्वमा आई.एसको प्रभुत्व छ, ईत्यादी। यस्तोमा
कविशिरोमणी लेखनाथ पौडेलको ‘बडाले जे गर्छन् काम हुन्छ त्यो सर्वसम्मत’ भन्ने कुरा
हामीले याद राख्नु पर्छ। यहाँ खेल बडा भनौदाहरुको हो। एउटा सामान्य नागरिकले
सार्वजनिक स्थलमा चुरोट खायो भने दण्डित हुन पर्ने तर अरु देशको सेनाले हस्पिटलमै
मान्छे मार्दा माफी मागे पुग्ने, यही हो हामी मान्छेको स्वतन्त्रता? राजनीति
भन्ने, जनताको सेवा भन्ने अनि जनतालाई नै दुःख दिने यो कस्तो नीति? सिद्दान्त,
देशभक्तिको नाममा यिनीहरुले हामीलाई गर्नु प्रयोग गरिसके, हामीलाई मात्र हैन
संसारको सबै जनतालाई। यही आफ्नो वर्चस्वको लागि आम मान्छेलाई लोभि बनाईसके, गधा
बनाईसके, के-के बनाईसके।
आई.एस् बंगलादेशसम्म आईपुगेका छन्, उनीहरु कोबाट संचाललित छन्, त्यो
हाम्रो सरोकारको विषय हैन! हामीलाई यति थाहा छ कि यहाँ सम्म आईपुगे भने हामीलाई
उनीहरुले राम्रो गर्दैनन्। उनीहरु र हाम्रो आमनेसामने हुदैन भन्ने कुराको
ग्यारेन्टी कस्ले लिन सक्छ? त्यसैगरी, भोली भारतीय सेनाको बुट तराईमा नबज्ला भन्ने
कुरा पनि कस्ले भन्न सक्छ? के त्यो बेला पनि हामी बाबुराम र ओलीलाई नै दोष दिई
बस्ने?
के गर्ने त आजको संकटलाई? लोकतन्त्र भनेको ‘जनताको शासन’ हैन,
लोकतन्त्र भनेको, ‘शासकवर्गको लागि जनता एउटा ठुलो साधन’ मात्रै हो। त्यसैले हामी
यहाँनेर फस्नु हुँदैन। आज ओली बटुल्छन् आफ्नो जय जय, भोली फेरी बाबुराम खेल्न
थाल्छन् आफ्नै गेम! त्यसैले यदि ‘जनताको शासन’ हो भने हामीले यो बखत जो सुकै हुन्
तिन्लाई जे-सुकै गरेर होस्, हाम्रो जिवन सामान्य पार्द्याओ भन्नु पर्यो। किनभने यो
परिश्थिती उनीहरुले निम्त्याएका हुन्। त्यसको लागि पनि यिनिहरुलाई किन गुहार्ने
भन्ने हो भने, आज दुःख सहन तयार हुनु पर्यो, आफ्ना महँगा चाहनाहरु त्यागेर बस्नु
पर्यो। त्यति भएपछि, हामीले आफ्नो लागि समय पाउँछौः आतमनिर्भर बन्न (हरेक
दृष्टिकोणबाट) , आफ्नो शुरछ्याको जिम्मा आफैँ लिन सक्ने हुन। हामीले आफुबाट
नचाहिँदा चाहनाहरु पनि मार्दे जाने मौका हो यो। हामीले के बुझ्नु पर्छ भनेः जब
सम्म हामी यिनीहरुलाई आफुमा चाहना भर्न दिईरहन्छौँ, तब सम्म हामी यिनीहरुबाट
तड्पिरहन्छौँ।
यिनीहरु कसैको पनि भर छैन, भोली कसले के गर्छ
भन्न सकिदैन, अमेरिकाले, रुसले जे पनि गर्न पाउँछन् भने त्यो भारतले पनि पाउँछ र
सक्छ पनि। यो मौका हो संसारबाटै राष्ट्रियताको झुठो झण्डा सबैले जलाउने! भोली केही
परिआए, आफ्नो परिवारको जिम्मेवारी लिई आफु र परिवारलाई बचाउने। एकअर्काको जिम्मा
किन लिन परेको छ र? हामी यिनिहरुको खेलबाट उम्किने र स्वतन्त्र भई बाँच्ने मौका
शृजना गर्ने बेला यही हो। हामी यिनिहरुको कठपुतली बन्नबाट उम्कने मौका हो यो। बस् आफु
बलियो हुनु पर्यो, परिआए जे पनि गर्छु भन्नु पर्यो र आफुबाट नचाईदो चाहना हटाई
थोरैमा सन्तुष्ट हुन सिक्नु पर्यो।
No comments:
Post a Comment