गणितीय संसार
गणित नजानेर निकै दुःख पाईया छ, न रोपनी गन्न न घरको सङ्ख्या गन्न सक्याछ।
न ईन्जिनियरिङ पास गर्न सक्या छ,
न नोट गन्न सक्या छ।
न पसल थाप्न सक्या छ,
न विक्री सङ्ख्या टिप्न सक्याछ।
न विध्यार्थी गन्न सक्या छ,
न लगानी बुझ्न सक्या छ।
न राजस्व बुझेर नेता बन्न सक्या छ,
न फि बुझेर डाक्टर बन्न सक्या छ।
न सर्टिफिकेटको सङख्या गनेर जागिर खान हिँड्न सक्या छ,
न यति दिनु न त भनेर भाँडा माझ्न सकिया छ।
न के.जी/पाउ भनेर मासु बेच्न सक्या छ।
न टिकट मुल्य भनेर कलाकार बन्न सक्या छ। यति डिग्री, यति मिटर भन्न सक्या भए, भत्क्या सडकबाट फाईदा त हुन्थ्यो होला,
यति मार्क्स, यति जी.पी.ए भन्न सक्या भए, गुरुबा त हुन पाईँथ्यो होला!
बैँकको नोट फटाफट गन्न सक्ने त कुरै भएन।
‘यति डोनेसन् गरेँ अब यति फाईदा हुन्छ’ त भन्नै मिलेन।
न यात्रु सङ्ख्या, भाँडा कति भनेर भट्याउन सक्या छ।
‘न यति दिनु न काम गराईदिहाल्छु नि’ भनेर हिँड्न सक्या छ।
यत्रो, तेत्रो, जति, यति, कति, तेति, धेरै, थोरै; यि कुरा नबुझेर कुकुरले पा’को दुःख भा’छ।
किन दुःख पाउँदो रहेछ मान्छेले भनेर बुझ्न खोज्दा, निकै कष्ट गरेपछि सजिलै बुझिहालेँ गणित नजानेर। व्यापारीलाई लस हुनु पनि गणितीय कुरा,
गरीब भएर दुःख पाउनु पनि गणितीय गल्ती। बेकारमा बुद्ध-सुद्धको शुत्र चक्करमा लागिएछ, गीताका नानाथरी पाना पल्टाईएछ।
काम गर फलको आश नगर भन्ने नियम त पालना गरियो,
तर त्यो काममा गणित नघुसाएर सार्है दुःख पाईयो।
अमेरीकाको यति जी.डि.पी, हाम्रो यति मात्र, भनेर युद्ध गर्नमा पनि गणितै छ,
चीनले यति वटा पठायो हाम्ले यति मात्र भनेर खाना फालेर रकेट उडाउनमा पनि गणितकै हात छ। नेपाल ‘यति पिछडियको छ’ भन्नु पनि गणितकै योगदान,
नेपालमा कत्रो? ‘यत्रो हिमाल’ भनेर छाती फुलाउनमा पनि गणितकै हिसाब छ।
जनावर जति किन तलको तलै हामी किन माथि पुग्यौँ त?
‘यति मासु जम्मा गरे यति महिनालाई यति फाईदा हुन्छ’ भनेर सोच्न सक्यौँ नि त!
गणित जानेर ‘तेत्रो’ पार्ने औषधी खा’को भए,
बुढी अर्के सँग जान्न थि होला,
‘यति पर्ने नेपाली हैन अलि धेरै पर्ने विदेशी खानु पर्छ’ भनेर बुझ्या भए, किड्नी अझै ठिकै रहन्थ्यो होला।
‘यति वटा’ बच्चा ठिक हो भनेर जान्या भए, भोकमरी लाग्दैन थियो होला,
‘यति वटा मोबाईल बोक्नै पर्छ’ भन्ने बुझ्या भए, भर्जिनै मरिदैन थियो होला।
यति वटा फुलको पो माला बन्दो रहेछ भनेर बुझ्या भए, मन्दिर अघिल्तिरको पसल हट्दैन थियो होला, ‘यति दिनु, तेती फाईदा हुन्छ’ भन्न बाजेले सिका भए, ऐले सम्म हात हेरेर घर ठडाईन्थ्यो होला।
यसरी गणित नजानेर निकै दुःख पाएँ,
के गर्नु ‘यति धेरै फालतु समय’ भा’को हुनाले मात्र यस्तो कविता जुराएँ।

No comments:
Post a Comment