Saturday, October 3, 2015

शब्द किन? कविता

                                                                          शब्द किन?
शब्दको प्रयोग किन गर्छ मानव? किन फुट्यो जिब्राको फोहोरा यसमा?
कति शान्त जीवन ती जनावर बाँच्छन्,
जो चुपो लागेर खान्छन्, हग्छन्, ब्याउनछन् र सुत्छन्।
तै शब्दले विचार जन्मायो,
तै विचारले ढुङ्गा हान्न सिकायो,
तै ढुङ्गाले फेरी देवता बनायो,
तै देवताले फेरी हतियार बनायो,
तै हतियारले फेरी राजा-महाराजा बनायो,
तै महाराजाले फेरी रुपैयाँ बनायो,
तै रुपैँयाले फेरी श्रेणी बनायो,
तै श्रेणीले फेरी पैसाको देवता बनायो,
तै पैसाको देवताले अन्तमा यो प्रश्न निकाल्यो।
के को लागि प्रयोग गर्छन् मानिस शब्द?
केको लागि प्रयोग गरुम त म शब्द? मेरै मानव जातको मात्र आफुद्धारा बुझिन्छ शब्द, किन न सोधौँ त म यि सब प्रश्न
। कोही सुनाउनको लागि प्रयोग गर्लान शब्द, न सुनिएको छ केही जीन्दगीमा, के सुनाउँम म बैरो ठप्प।
कोही देखाउनको लागि प्रयोग गर्लान शब्द, केही देखिएकै छैन जीन्दगीमा, म अन्धो ठ्याप्प!
बेलामा देखेका जति कुरा सबैले देखेकै छन्, नदेखेका भए पनि देखाउन यि हातमा औँला सिङ्गै छन्।
कोही माग्न, लिन को लागि प्रयोग गर्लान शब्द, हात छँदै छ नि, किन नास्नु यो विग्यान विचित्र
? केही दिनको लागि प्रयोग गर्लान शब्द, लात छँदै छ नि, किन नास्नु यो बिग्यान विचित्र?
कोही गनगन गर्नको लागि प्रयोग गर्लान शब्द, आफु बोदो घुसतिघ्रे के बुझिन्छ र तेस्को अर्थ।
केही जिस्काउनको/उडाउनको लागि प्रयोग गर्लान शब्द,
माथीतिर हेरेर थुके भईगो’नि किन गर्नु कष्ट?
कोही मै हुँ भन्ने प्रमाणीत गर्नको लागि प्रयोग गर्लान शब्द,
कुकुरको अगाडी उभ्भेर हातले गु पुछे भै’गो नि, किन पर्यो मुखबाट हग्न?
कोही सिकाउनको लागि प्रयोग गर्लान शब्द, आफ्नै हातले खान त सिकेको छैन, के सिकाउ म नालायक, मित्र?
कोही भन्नको लागि प्रयोग गर्लान शब्द, भन्ने कुरा त छन् तर नयाँ केही छैन, के खेर फाल्नु मरिसक्या स्यालमा आफ्नो अस्त्र?
कोही आफ्नो चरित्र प्रस्तुत गर्न प्रयोग गर्लान शब्द, कट्टु भित्र पैसा लुकाएर हिँडे भै’गो नि,किन गर्नु शब्द नष्ट?
कोही रुवाउनको लागि प्रयोग गर्लान शब्द, आफ्नै ऐना हेरे भै’गो नि आँसु झरिहाल्छ नि कलकल!
यसैविच शब्दको प्रयोग चाहिने नै रै’छ चीज एउटा विचित्र, हाँस्ने भनिदोँ रै’छ तेस्लाई
काँ पाईन्छ र त्यो अन्य थोकको भित्र!
भन्नुहोला, हँसाउन त अरु तरीकाबाट नि मिल्ला, तर के बाँदर बन्नु फेरी आफु आध्यात्मीक भईसक्या जीव विस्मिल्ला!
लुकेको हुँदो रैछ त्यो, आफ्नै कति फिट भित्र, तेति भित्र छिर्न काँ सक्छ र अरु कुनै वस्तु हँ मित्र?
भन्नुहोला के काम तेति भित्र पसेर?
आफु भित्रको र बाहिरको पहेँलो सुन हेरी खुसी साथ मर्न भनेर!

No comments:

Post a Comment