समस्या छिमेकीसँग
हैन, आफु भित्रै त्यो बगिरा’को छ,
सम्मान आफ्नो गर्न
नसके तर्साउन झारनि तम्सिरा’को छ।
के राष्ट्रियता? केको खोटो साम्यमता?
तिम्रो लागि म र यि
सब त मात्र एउटा बहाना!
आज तिम्रो गधासनम्
खेल, भोली तिम्रो मित्रको,
लौ! सछेम्ता
गिरिसक्यो म आफु भित्रको।
न हुने छ ग्लानी,
केही पाखण्डी मरिगए भने,
आत्म-सम्मानले
नुहाँउने छौँ, पातकीलाई पाखा लगाउन सके।
No comments:
Post a Comment