Saturday, November 26, 2016

के भन्ने!

बस्दछ ऊ चुपचाप सँग
मोजार्टको २१औं मा असली भगवान सँग...
चिच्याएको थियो ऊ कुनै बेला,
सुनी ति धुनहरु
जुन गुञ्जिन्थे बसमा,
शहरमा; पसल-पसलमा, गाउँ-गाउँमा।
सुनी ति वाक्यहरु,
जुन झुन्डिन्थे ओठ-ओठमा।
भन्थ्यो,
'यो हैन...यस्तो हैन'
तर सबले कान थुनेर हिडें
पागल भन्दै...
आज ऊ चुपचाप छ...
आफ्ना भावनालाई समयको तापमा सुक्न दिएको छ...
उसलाई थाहा छ,
कुनै दिन...धेरै धेरै पछि
सबै उसको भावनाको समीप आइपुग्नेछन्
र कानबाट हात हटाई उल्टै उसलाई खोज्न थाल्ने छन्...
ऊ बाट अझै धेरै लिन चाहनेछन्
तर विडम्बना,
ऊ तब स्वाभाविक रुपमा अन्तै पुगिसकेको हुन्छ
धेरै पर...

No comments:

Post a Comment