Sunday, November 27, 2016

बाँचौ-बाँचौ


पृथ्वी भर्रिसक्यो,
चुसिंदा-चुसिंदा रगत सुकिसक्यो
सब थोक पुरानो भइसक्यो
रित्तिन लागिसक्यो...
के गर्ने त अब?
मंगलमा पुग्ने!
तेल्लाई पनि चुस्ने
सबलाई चुस्ने...सिद्दाइदिने
तर अन्तमा आफु मात्र बाँकी हुने
अनि एक अर्कालाई...
(प्र्याकटिस त गर्न थालिसके यहाँका केहि नारीहरुले...सबै ब्यापारीहरुले)
नभए कि त
झनै मनुश्यको जीवनको मूल्य बढाउँदै  लैजाने?
'मृत्यु अप्राकृतिक हो...डराउ, भाग, बच'
अनि डाक्टरको गोजी मोटो पर्दिदैं जाने...
कसैले त खुसी पाओस!
बच्चै देखिन् सुनेको हो,
एउटा जीवले अर्कोलाई सिद्द्याएन भने,
सो जीवको पृथ्वीमा अतिभार हुन थाल्छ,
सबलाई कष्ट हुन थाल्छ।
तर मनुष्यलाई सिद्दाउने कोहि भएन...
तर पनि सब कति कष्टमुक्त्!
जीवन नभएपछि स्वत: कष्टमुक्त!
तर हामी त बाँच्नुनै पर्छ,
एस्तो सानदार जीव,
एस्तो बहुमुल्य जीवन...
सेवा पनि गर्नु नै छ,
बाँचुन्जेल सरकारीको
अझै अचेल त धेरै ब्यापारीको!
अनि मर्ने बेलामा झल्यास्स:
ओहो! जीवन त गए छ खेर!
अब २०० वर्ष बाँच्न पाए त हेर!
डाक्टरको मा जान्छु, अक्सिजन लगाउँछु
तर अब भने बाँच्छु बाँच्छु बाँच्छु!

बसिएछ तारा आरामसँग तलतिर फुर्सदमा नियाल्दै,
"माथीतिर हेर्दै, को सँग के माग्या होलान् यिनीहरुले!
एउटा थोत्रो शरीरको निम्ती
रित्ताउने भए भाँडा अहिलेनै!"
चटक, सब को निम्ती चटके हामी
इन्स्योरेन्स, भविष्य, विकास, धनि...
पिसाब फेर्ने बेला पृथ्वीको भयो भने?



No comments:

Post a Comment