Wednesday, November 16, 2016

प्रतिस्पर्धा



थिए केहि समस्या आफ्ना
तड्पिए थे सारा देह आत्मा
कसलाई भनु, यो कसले सुल्झाईदेला
भनि टोलाऊथेँ,औषधी कसले बताईदेला!
थाहा पाएँ एउटा जो विद्वान रैछन्,
नेपाल कै बुद्दिमानीमा पर्दो रहेछन् 
लाग्यो मेरो समाधान छ उनकै टाउकोमा
कष्ट गरेसि लड्न पाएँ उनको शरण् मा
के गरूँ सर, पर्यो सारै समस्या!
इर्ष्याले कुहियाईद'यो मेरो यो आत्मा
डाहले पोल्छ कसैले उन्नति गरेको देख्दा...
के रोग लाग्यो लौ यो मेरो शान्त हृदयमा?
धेरै बेर लागेन उनलाई पुग्न निष्कर्षमा:
' जेलसी राम्रो हैन यो कलिलो उमेरमा,
जेलसी राम्रो हैन कुनै पनि उमेरमा'
भन्दै हराए कतै आफ्नै दुनियामा...
राम्रो हैन भन्ने चाल त मैले'नि पाएँ
हटाउने बिद्या जान्न पो हजुरकाँ आएँ
सबै भन्छन, धेरै महान कार्य गर्नु भो तँपाईले
केहि त भेट्यो होला त्यो महान दिमागले!
केहि बोलेनन् केहि बेर, आफैँमा हराईरहे,
विद्वान शैली होला भनि म कुरीरहें 
धेरै बेर पछि जब बोल्न थाले,
मेरो केहि सुनेनन्...आफ्नै इतिहास बताए
निकै बेर पछि उम्कि हिंड्न पाएँ
आफ्नो दुखाईमा फेरि छटपटाउन थालेँ
छाती चिरी फुर्र उडाईदिउम जस्तो लाग्यो
शिरलाई अलगाउने सोच पनि आयो...
निकै अप्ठेरोमा जो पारिएको थियो
मुक्ति पाई छाड्ने संकल्प आफै सँग लिइयो
तेहि बेला, ठिक तेही बखतमा,
एउटा भींड आई उभ्यो बीच सडकमा
भजन-गान गर्दै खुशी भै हिँडयाथे
एक दाह्रीवाल सबको ढोग बटुलदैथे...
सोधेँ कसैलाई, 'कस्तो नाटक हो यो साथी?'
नाटक हैन मुर्ख...यि स्वामी हामी सबैभन्दा माथी
हरामदेव यिनको नाम देवताकै अवतार
सबको समस्या सुल्झाउने, यिनको लिला अपरम्पार...
 लाग्यो देवताले मेरो पुकार सुनेछन्,
अगाडीनै साक्षात प्रकट भएछन्...
दौडें...आँखा चिम्ली भींडलाई धकल्दै
उनको पाउमा गई लडें...आँसु पनि झार्दै...
सबै चिच्याए, मलाई गाली गर्न थाले
प्रहरीले त मलाई लात पनि हाने
गर्दन समाई मलाई जुरुक्क उठाए
धकेल्दै लाग्दै थिए, म बेस्सरी कराएँ...
'प्रभु, लौन विन्ती मेरो कुरा सुनिदिनु
एउटा समस्या छ समाधान बताइदिनु'
मेरो कुरा सुनी हरामदेव मुस्कुराए,
'छोड यसलाई' भनी समीप मेरो आए...
 'भन् भन् छिटो के छ तेरो समस्या...
तँ जस्ताले गर्दा नै त मैले जन्म लिया,
केहि छैन मैले गर्न नसकेको,
कुनै खाल्डो छैन...मैले नपुरेको
देश-विदेशमा मेरै नै चर्चा छ,
गई सोध जहाँ पनि, मेरै काम बिक्दैछ...
कैयौं रोगलाई मैले हराइसकें,
क्यान्सरलाई त मैले औँला ठड्याइसकेँ
भ्रष्टाचार विरूद्ध बोलेँ, सबैलाई ब्युँझाएं,
येत्रो कम्पनीको मालिक आफैंलाई बनाएँ...
टि.भी खोली हेर् त, म नै सबतिर
तँ भुसुनाको दर्द, मेरो निम्ती के होला  र!
 ज्ञानबाट रस चुसें...हाम्रा पुर्खाको
तेही आधारमा आफ्नो ओखति (ख्याती) चलाको...
जन्म लिएको मैले हरि...', मैले उनको कुरा रोकिदिएं
लौ प्रभु, भनि आफ्नो समस्या खानाएं...
बेस्सरी हासें कुरा मेरो सुनेर,
रोग हैन त्यो, भन्दै खिसी उडाएर...
'तँ पनि म जस्तोनै त रहेछस्
बेकुफ भै वरदानलाई श्राप भन्ठानेछस्!
यसको हल छ एकै, भानिन्छ '' प्रतिस्पर्धा" 
तेही जितेर त म तँहरुको देवता...
जा गर् प्रतिस्पर्धा, सबलाई पछार्ने लक्ष्य बना...
जसको डाह गरिबस्या छस, तेस्लाई आफ्नो पछाडी दौडा
यो युगको यहि नै हो वेद,
यही नै हो सत्य, यही हकिकत...
एती भनि उनि आफ्नो बाटो लागे,
म भने टोलाँउदै तेहीं अडिरहें
देवता फेला परे, अब उनकै मार्गमा...
चल्ने सोच्दा नै उर्जा पस्यो शरीरमा...
सबै दर्द हराए, शत्रु आँखा अगाडी आए
पख् तिमरुलाई, भन्दै दाह्रा किट्न थालें
त्यो उर्जा ले त्यो रातै सुत्न दिएन,
तर के गर्ने, योजनै थिएन...
के गर्ने, भनि सोच्दै लागें हिमालतिर
मैले जिते पछी, शत्रुको अवस्था सम्झेर
आफैंलाई फुर्काँउदै, शत्रुलाई धिकार्दै
उसको कमजोरीले आफुलाई उचाल्दै...
थकाई लागेपछि बसियो रुखमुनी
तर के गर्ने? निकाल्न खोजें कनी-कनी
के गरियो भने हिरो भइनेछ!
'महान', 'पहिलो', भनी कहलिनेछ!
के गर्दा शत्रुको मुख होला कालो,
कसरी जित्ने कुन्नी तर मेरै पालो!
कलपना गर्न थालें आफुले जितेको
टि.भी, पत्रिका, अन्तर्वार्ता बि.बि.सी लाई दिएको...
कलपनामै रहदाँ झ्याप्प निदाएछु,
सपनामा एउटा कविता सुनेछु:
"हे मूर्ख के लाई धर्म मान्दैछौ?
कुन पाखण्डीलाई आफ्नो देवता ठान्दैछौ?
प्रतिस्पर्धा हाम्रो धर्मले भन्दैन
येसबाट खूसी कहिले भइदैन
त्यो त केवल मार्ग दौड मुसाको,
एस्तो कुराले आफुलाई कहाँ बिगारेको!
भन्लान सबैले, यसबाट बेस्ट निस्किनेछ...
तर एसले हाम्लाई अन्धो पर्दिनेछ...
न सुन तिनका कुरा ति सतमार्ग होइनन्
तिबाट मुक्ति कसैले पा' का छैनन्
गरी हेर यो सानो कलपना,
सबै नदीले गर्नथाले प्रतिस्पर्धा,
ठूलो र पहिले समुन्द्रमा पुग्ने को  होला?
भन्न थाले संसारको स्थिती के होला?
छाडिदेउ पहिले आफूलाई जान
के हो म, के गर्ने छु, एसको राख ज्ञान
अनि लागिपर एकनाशे नदी जस्तो
आफ्नो गन्तव्यमा एकनाशे नदी जस्तो...
पहिलो हुन भनी जीवन पाएको हैन
संख्या भन्दा शत्रु अरु कुनै छैन
आनन्दसँग लागिपर आफ्नो कर्तव्यमा...
प्रतिस्पर्धी पछुत्याउने छन् मर्ने बेलामा...."
झल्यास्स ब्युँझिएं...टोलाको टोलै भएँ
ख्वाइ हाल्ला कि भनेर तेई कविता लेख्न थालें....

No comments:

Post a Comment