Saturday, November 5, 2016

उस्तै

 'ऊ चोर... समात समात समात, मेरो पर्स लिएर भाग्यो',
भींड जमा हुन्छ,
घुस्तिग्रे समाजका चिन्ता गर्नेहरु चोरको पछाडी दौडन्छन् 
मुख छाडछन्,दर्शन पनि 
हात उठाउँछन्,प्रश्न पनि...
गर्दन समाई घोक्राउँदै प्रहरीलाई जिम्मा दिन्छन.
पहिलो अध्याय सकियो...


तेइ बाटो केहि महिना पछि:
'ऊ चोर... समात समात समात,
म हेर्दै छु, मेरो मोबाइल लिएर भाग्यो'
भींड जम्मा हुन्छ,
तेइ घुस्तिग्रे,समाजका 'मर्द'हरु दौडन्छन् चोरको पछाडी
तेइ चोर, तेइ 'मर्द'हरु
के-के गरे , भन्दा नि न-भनौ!
अँध्यारो खोर,
फोहोर कम्बल, मधुरो बत्ति
ढाडिएको पेट, फाल्नै मन लाग्ने जिब्रो,
बाहिर, समाजका नायकहरु:
हाँस्दै, खिसी गर्दै
स्वतन्त्रताको मजा उडाउँदै
यता उती गर्दै.
घरी फोन गर्दै,घरी चुरोट तान्दै,
बुट बजार्दै,उपरकाको कुरा काट्दै.
भित्र भने:
ऊ सबै बुझिराछ,हेरिरा'छ,
महसुस गरिरा'छ...
आफैँसँग भनिरा'छ:
" वाह स्वतन्त्रता...माया
कसैले पाएनौं
बादल छेडी प्रस्ट देख्नसक्ने आँखा; गुरु
न यिनले पाए, न मैले..

No comments:

Post a Comment