Monday, November 28, 2016

गर्व साथ जाने


बाँच्ने किन? खुसी हुन
या खुसी बनाएर हुन!
यदि खुसी कतैबाट पनि, केई गरे पनि हासिल हुँदैन थाहा भए,
को बाँच्न चाहन्छ?


मृत्यु के हो? अन्त्य
खुसी हुने अवसरको अन्त्य!
आकाशबाट एउटा वस्तु तल झर्दै छ,
जति तल आउँदै गयो, तेत्ति नै ठुलो हुँदै छ...
ईश्वरलाई पुकार्यो,
'हे दैव! ऐले हैन
म अझै बाँच्नै बाँकी छ,
यो गर्नै बाँकी छ, त्यो भन्नै बाँकी छ...त्यहाँ पुग्नै बाँकी छ
न खुसी हुन पा'को छ!'
गलती के हो?
तेही...भैसक्यो तेहीं नेर!
जीवन कैले सम्म? के था!
भन्नलाई मृत्युले नियमको पालना गर्ला,
तर सबै नियमको हामीलाई ज्ञान छ होला?
तेसैले,
बाँचिहाल, गरिहाल
यही क्षण हो, यही मात्र!
भोली,
ढुंगा खसे, जमीन हल्लिए
मुटु रन्किये, बम पड्किए,
बाँच्नु पर्ने कारण नरहोस्
हाँस्दै भन्न सकियोस,
'लौ त एति नै रै'छ...म चैं गएँ'

No comments:

Post a Comment