Wednesday, November 30, 2016

The characters

The three characters in us humans and what their combinations mean:
Intelligence
Honesty
Courage


If you are honest and courageous but lack intelligence then you might make mistakes and even be called a fool.
If you are intelligent and courageous but lack honesty then you will be corrupt, degrade but yeah still a fool.
If you are intelligent and honest but lack courage then you will suffer and end up being used.

Intension determines the action.


The intension with which one opens a book determines what he ends up doing with the contents of the book.

Monday, November 28, 2016

गर्व साथ जाने


बाँच्ने किन? खुसी हुन
या खुसी बनाएर हुन!
यदि खुसी कतैबाट पनि, केई गरे पनि हासिल हुँदैन थाहा भए,
को बाँच्न चाहन्छ?


मृत्यु के हो? अन्त्य
खुसी हुने अवसरको अन्त्य!
आकाशबाट एउटा वस्तु तल झर्दै छ,
जति तल आउँदै गयो, तेत्ति नै ठुलो हुँदै छ...
ईश्वरलाई पुकार्यो,
'हे दैव! ऐले हैन
म अझै बाँच्नै बाँकी छ,
यो गर्नै बाँकी छ, त्यो भन्नै बाँकी छ...त्यहाँ पुग्नै बाँकी छ
न खुसी हुन पा'को छ!'
गलती के हो?
तेही...भैसक्यो तेहीं नेर!
जीवन कैले सम्म? के था!
भन्नलाई मृत्युले नियमको पालना गर्ला,
तर सबै नियमको हामीलाई ज्ञान छ होला?
तेसैले,
बाँचिहाल, गरिहाल
यही क्षण हो, यही मात्र!
भोली,
ढुंगा खसे, जमीन हल्लिए
मुटु रन्किये, बम पड्किए,
बाँच्नु पर्ने कारण नरहोस्
हाँस्दै भन्न सकियोस,
'लौ त एति नै रै'छ...म चैं गएँ'

Sunday, November 27, 2016

बाँचौ-बाँचौ


पृथ्वी भर्रिसक्यो,
चुसिंदा-चुसिंदा रगत सुकिसक्यो
सब थोक पुरानो भइसक्यो
रित्तिन लागिसक्यो...
के गर्ने त अब?
मंगलमा पुग्ने!
तेल्लाई पनि चुस्ने
सबलाई चुस्ने...सिद्दाइदिने
तर अन्तमा आफु मात्र बाँकी हुने
अनि एक अर्कालाई...
(प्र्याकटिस त गर्न थालिसके यहाँका केहि नारीहरुले...सबै ब्यापारीहरुले)
नभए कि त
झनै मनुश्यको जीवनको मूल्य बढाउँदै  लैजाने?
'मृत्यु अप्राकृतिक हो...डराउ, भाग, बच'
अनि डाक्टरको गोजी मोटो पर्दिदैं जाने...
कसैले त खुसी पाओस!
बच्चै देखिन् सुनेको हो,
एउटा जीवले अर्कोलाई सिद्द्याएन भने,
सो जीवको पृथ्वीमा अतिभार हुन थाल्छ,
सबलाई कष्ट हुन थाल्छ।
तर मनुष्यलाई सिद्दाउने कोहि भएन...
तर पनि सब कति कष्टमुक्त्!
जीवन नभएपछि स्वत: कष्टमुक्त!
तर हामी त बाँच्नुनै पर्छ,
एस्तो सानदार जीव,
एस्तो बहुमुल्य जीवन...
सेवा पनि गर्नु नै छ,
बाँचुन्जेल सरकारीको
अझै अचेल त धेरै ब्यापारीको!
अनि मर्ने बेलामा झल्यास्स:
ओहो! जीवन त गए छ खेर!
अब २०० वर्ष बाँच्न पाए त हेर!
डाक्टरको मा जान्छु, अक्सिजन लगाउँछु
तर अब भने बाँच्छु बाँच्छु बाँच्छु!

बसिएछ तारा आरामसँग तलतिर फुर्सदमा नियाल्दै,
"माथीतिर हेर्दै, को सँग के माग्या होलान् यिनीहरुले!
एउटा थोत्रो शरीरको निम्ती
रित्ताउने भए भाँडा अहिलेनै!"
चटक, सब को निम्ती चटके हामी
इन्स्योरेन्स, भविष्य, विकास, धनि...
पिसाब फेर्ने बेला पृथ्वीको भयो भने?



Saturday, November 26, 2016

के भन्ने!

बस्दछ ऊ चुपचाप सँग
मोजार्टको २१औं मा असली भगवान सँग...
चिच्याएको थियो ऊ कुनै बेला,
सुनी ति धुनहरु
जुन गुञ्जिन्थे बसमा,
शहरमा; पसल-पसलमा, गाउँ-गाउँमा।
सुनी ति वाक्यहरु,
जुन झुन्डिन्थे ओठ-ओठमा।
भन्थ्यो,
'यो हैन...यस्तो हैन'
तर सबले कान थुनेर हिडें
पागल भन्दै...
आज ऊ चुपचाप छ...
आफ्ना भावनालाई समयको तापमा सुक्न दिएको छ...
उसलाई थाहा छ,
कुनै दिन...धेरै धेरै पछि
सबै उसको भावनाको समीप आइपुग्नेछन्
र कानबाट हात हटाई उल्टै उसलाई खोज्न थाल्ने छन्...
ऊ बाट अझै धेरै लिन चाहनेछन्
तर विडम्बना,
ऊ तब स्वाभाविक रुपमा अन्तै पुगिसकेको हुन्छ
धेरै पर...

मेरो आत्मकथा



म नेपाली महानायक...
भनिन्छ,
अरु इलाकामा
अभिनय गरेर (राम्रो) मन जित्ने महानायक कहलिन्छन् रे!
हृदयलाई ओकलेर धुनमा बाँध्ने पनि सो मा पर्छन् रे!
अरु नै कसैको निम्ति केहि सान्दर्भिक गर्ने महानायक बन्छन् रे!
बेकुफहरु हुन् ति सब!
असली महानायक कस्तो हुन्छ अब म तिम्लाई बताउँछु
मेरा लिला सुनाई तिम्लाई मेरो सामू झुकाउँछु...
छन् तीन रुप मेरा,
ब्रह्मा, विष्णु, महेश झैं
तर ति भन्दा उपरको म भन्देको छु अहिलेई...


पहिलो रुपको नाउँ बाइकरे हो भनि भन्दछु
ल त्यो रुपको लिला अब म तिमीलाई सुनाउँछु:
भुरुरुरुरुरुरुरुरुरुर गरी बाइक म गुडाउँछु,
कागजमा ध्वनि सुनिने भए कान तिम्रो थुनाउँछु...
ठूलो आवाजमा बाइक दौडाउँदा म आनन्द महसुस गर्छु
चाहिन्छ औकात र दम त्यो गर्न, तेसैले तिमि भन्दा बबाल छु...


ल सुन अर्को रुपको बारे, गितारे तेस्लाई भन्दछु,
के गर्छ त्यो महान रुपले अब तिम्लाई बताउँछु:
जानेको छु बीसौं गाना (अर्काको)  बजाउन गितारमा
चल्छन् औलाँ मेरा क्यासीयारका भन्दा रफतारमा
हृदय ओकलेर धुनमा बेर्नेले अन्त मन अरुको छुन्छन् रे!
केटीका सामु औलाँ चलाउँदाको मजा नबुझ्नेले जान्या होलान् र जीवनमा के!
गितार बजाउन जान्ने भन्दा होला र पृथ्वीमा महान को!
ढाडमा गितार, भुरुरुरुरुरुर बाइक; यो पो त साला जीवन हो!


तेस्रो रुप छ मेरो...सुकुले नाम हो तेस्को,  
तेस्को लिला भयङ्कर छ, सातो जाला तिमी काँतरको:
बस्दछु म, भर्याङ्/चिया पसल जता हुन्छ आरामसँग
गर्छु सारा संसारका गफ मिलि म जस्तै विद्वानसँग
सबै कुरा थाह छ मलाई तेसैले केहि पनि गर्दिन,
गफ गर्न सक्नु पनि कला हो नि , म जस्तो अरु कोहि देख्दिन...
साथी-भाई छन् मेरा एक-से-एक
था छ ति सबलाई कुरा अनेक...
सब बुझ्या छौँ हामीले, तेसैले केहि गर्न/सिक्न/जान्न पर्दैन
एक-से-एक गर्लफ्रेन्ड भएका केटाहरु, गन्तव्य सुकुल; बल खेल्न सिक्नै परेन !


त सुनाएँ तिम्लाई मेरा लिला
रुप अनेकका चर्तिकला...
म जस्ताले गर्दा नै देश एस्तो तगडा भएको हो,
मेरो कारणले नै यहाँ एत्रो थोक बनेको हो!
हेरी हेर त तिम्रा छोरा-भाई तिर, सब म जस्तो हुन खोज्दैछन्,
म नै सबैतिर फैलिदैछु, सब जना बबाल बन्दैछन्...
सब केटाहरु सही हुदैछन्
!

Friday, November 25, 2016

Career Option

So,
what do you want to do?
you want to,
manipulate people, deceive people
misuse people,
' extract the juice from and throw away' , the people
absolutely don't give a fuck about people
and live like a king
on a kingdom of their rotten, diseased and deceased soul...
and even become their hero!
OR
you want to go around,
doing things, loving people
telling people,
' hey...let's be free,
lets kick those capitalist pigs,
We shall not be controlled
We need to love each other
We are born free, etc.etc.etc.
and get laughed off by the same people
even get embarrassed by them...
or even get spat at
What do you want to do?

Wednesday, November 16, 2016

प्रतिस्पर्धा



थिए केहि समस्या आफ्ना
तड्पिए थे सारा देह आत्मा
कसलाई भनु, यो कसले सुल्झाईदेला
भनि टोलाऊथेँ,औषधी कसले बताईदेला!
थाहा पाएँ एउटा जो विद्वान रैछन्,
नेपाल कै बुद्दिमानीमा पर्दो रहेछन् 
लाग्यो मेरो समाधान छ उनकै टाउकोमा
कष्ट गरेसि लड्न पाएँ उनको शरण् मा
के गरूँ सर, पर्यो सारै समस्या!
इर्ष्याले कुहियाईद'यो मेरो यो आत्मा
डाहले पोल्छ कसैले उन्नति गरेको देख्दा...
के रोग लाग्यो लौ यो मेरो शान्त हृदयमा?
धेरै बेर लागेन उनलाई पुग्न निष्कर्षमा:
' जेलसी राम्रो हैन यो कलिलो उमेरमा,
जेलसी राम्रो हैन कुनै पनि उमेरमा'
भन्दै हराए कतै आफ्नै दुनियामा...
राम्रो हैन भन्ने चाल त मैले'नि पाएँ
हटाउने बिद्या जान्न पो हजुरकाँ आएँ
सबै भन्छन, धेरै महान कार्य गर्नु भो तँपाईले
केहि त भेट्यो होला त्यो महान दिमागले!
केहि बोलेनन् केहि बेर, आफैँमा हराईरहे,
विद्वान शैली होला भनि म कुरीरहें 
धेरै बेर पछि जब बोल्न थाले,
मेरो केहि सुनेनन्...आफ्नै इतिहास बताए
निकै बेर पछि उम्कि हिंड्न पाएँ
आफ्नो दुखाईमा फेरि छटपटाउन थालेँ
छाती चिरी फुर्र उडाईदिउम जस्तो लाग्यो
शिरलाई अलगाउने सोच पनि आयो...
निकै अप्ठेरोमा जो पारिएको थियो
मुक्ति पाई छाड्ने संकल्प आफै सँग लिइयो
तेहि बेला, ठिक तेही बखतमा,
एउटा भींड आई उभ्यो बीच सडकमा
भजन-गान गर्दै खुशी भै हिँडयाथे
एक दाह्रीवाल सबको ढोग बटुलदैथे...
सोधेँ कसैलाई, 'कस्तो नाटक हो यो साथी?'
नाटक हैन मुर्ख...यि स्वामी हामी सबैभन्दा माथी
हरामदेव यिनको नाम देवताकै अवतार
सबको समस्या सुल्झाउने, यिनको लिला अपरम्पार...
 लाग्यो देवताले मेरो पुकार सुनेछन्,
अगाडीनै साक्षात प्रकट भएछन्...
दौडें...आँखा चिम्ली भींडलाई धकल्दै
उनको पाउमा गई लडें...आँसु पनि झार्दै...
सबै चिच्याए, मलाई गाली गर्न थाले
प्रहरीले त मलाई लात पनि हाने
गर्दन समाई मलाई जुरुक्क उठाए
धकेल्दै लाग्दै थिए, म बेस्सरी कराएँ...
'प्रभु, लौन विन्ती मेरो कुरा सुनिदिनु
एउटा समस्या छ समाधान बताइदिनु'
मेरो कुरा सुनी हरामदेव मुस्कुराए,
'छोड यसलाई' भनी समीप मेरो आए...
 'भन् भन् छिटो के छ तेरो समस्या...
तँ जस्ताले गर्दा नै त मैले जन्म लिया,
केहि छैन मैले गर्न नसकेको,
कुनै खाल्डो छैन...मैले नपुरेको
देश-विदेशमा मेरै नै चर्चा छ,
गई सोध जहाँ पनि, मेरै काम बिक्दैछ...
कैयौं रोगलाई मैले हराइसकें,
क्यान्सरलाई त मैले औँला ठड्याइसकेँ
भ्रष्टाचार विरूद्ध बोलेँ, सबैलाई ब्युँझाएं,
येत्रो कम्पनीको मालिक आफैंलाई बनाएँ...
टि.भी खोली हेर् त, म नै सबतिर
तँ भुसुनाको दर्द, मेरो निम्ती के होला  र!
 ज्ञानबाट रस चुसें...हाम्रा पुर्खाको
तेही आधारमा आफ्नो ओखति (ख्याती) चलाको...
जन्म लिएको मैले हरि...', मैले उनको कुरा रोकिदिएं
लौ प्रभु, भनि आफ्नो समस्या खानाएं...
बेस्सरी हासें कुरा मेरो सुनेर,
रोग हैन त्यो, भन्दै खिसी उडाएर...
'तँ पनि म जस्तोनै त रहेछस्
बेकुफ भै वरदानलाई श्राप भन्ठानेछस्!
यसको हल छ एकै, भानिन्छ '' प्रतिस्पर्धा" 
तेही जितेर त म तँहरुको देवता...
जा गर् प्रतिस्पर्धा, सबलाई पछार्ने लक्ष्य बना...
जसको डाह गरिबस्या छस, तेस्लाई आफ्नो पछाडी दौडा
यो युगको यहि नै हो वेद,
यही नै हो सत्य, यही हकिकत...
एती भनि उनि आफ्नो बाटो लागे,
म भने टोलाँउदै तेहीं अडिरहें
देवता फेला परे, अब उनकै मार्गमा...
चल्ने सोच्दा नै उर्जा पस्यो शरीरमा...
सबै दर्द हराए, शत्रु आँखा अगाडी आए
पख् तिमरुलाई, भन्दै दाह्रा किट्न थालें
त्यो उर्जा ले त्यो रातै सुत्न दिएन,
तर के गर्ने, योजनै थिएन...
के गर्ने, भनि सोच्दै लागें हिमालतिर
मैले जिते पछी, शत्रुको अवस्था सम्झेर
आफैंलाई फुर्काँउदै, शत्रुलाई धिकार्दै
उसको कमजोरीले आफुलाई उचाल्दै...
थकाई लागेपछि बसियो रुखमुनी
तर के गर्ने? निकाल्न खोजें कनी-कनी
के गरियो भने हिरो भइनेछ!
'महान', 'पहिलो', भनी कहलिनेछ!
के गर्दा शत्रुको मुख होला कालो,
कसरी जित्ने कुन्नी तर मेरै पालो!
कलपना गर्न थालें आफुले जितेको
टि.भी, पत्रिका, अन्तर्वार्ता बि.बि.सी लाई दिएको...
कलपनामै रहदाँ झ्याप्प निदाएछु,
सपनामा एउटा कविता सुनेछु:
"हे मूर्ख के लाई धर्म मान्दैछौ?
कुन पाखण्डीलाई आफ्नो देवता ठान्दैछौ?
प्रतिस्पर्धा हाम्रो धर्मले भन्दैन
येसबाट खूसी कहिले भइदैन
त्यो त केवल मार्ग दौड मुसाको,
एस्तो कुराले आफुलाई कहाँ बिगारेको!
भन्लान सबैले, यसबाट बेस्ट निस्किनेछ...
तर एसले हाम्लाई अन्धो पर्दिनेछ...
न सुन तिनका कुरा ति सतमार्ग होइनन्
तिबाट मुक्ति कसैले पा' का छैनन्
गरी हेर यो सानो कलपना,
सबै नदीले गर्नथाले प्रतिस्पर्धा,
ठूलो र पहिले समुन्द्रमा पुग्ने को  होला?
भन्न थाले संसारको स्थिती के होला?
छाडिदेउ पहिले आफूलाई जान
के हो म, के गर्ने छु, एसको राख ज्ञान
अनि लागिपर एकनाशे नदी जस्तो
आफ्नो गन्तव्यमा एकनाशे नदी जस्तो...
पहिलो हुन भनी जीवन पाएको हैन
संख्या भन्दा शत्रु अरु कुनै छैन
आनन्दसँग लागिपर आफ्नो कर्तव्यमा...
प्रतिस्पर्धी पछुत्याउने छन् मर्ने बेलामा...."
झल्यास्स ब्युँझिएं...टोलाको टोलै भएँ
ख्वाइ हाल्ला कि भनेर तेई कविता लेख्न थालें....

Sunday, November 6, 2016

शहर त विकसित; म?

हाम्रो शहर विकास भयो
एस्ता ठाउँ खुले,
जहाँ गएर संसार को जुन सुकै ठाउँको खबर बुझ्न सकिन्थ्यो...
आजको/हिजोको
तेई पनि थोरै खर्चमा...
तेई खर्चमा भनेको सिनेमा हेर्न पाउन थालियो...
जे अगाडी छ त्यो हैन, खोजी-खोजी
खोतली खोतली
संसारका कुनाकाप्चाका संगीत सुन्न मिल्ने ठाउँ पनि बने...
हो...तेई खर्चमा!
पुस्ताकलय खुले...
जुन खोज्यो तेई पुस्तक...
एस्ता ठाउँ पनि निर्माण गरियो,
जहाँ गई, एकै ठाउँ बसी
अफ्रिकाको कुनामा बसेकोको तर्क  समेत सुन्न पाइयो...
तेई खर्चमा भन्या कुरा सिक्ने ठाउँ खुले,
बुझ्ने ठाउँ खुले; जे मन छ तेई...
जो बाट मन छ तेसै बाट
पछि एउटा पँधेरोको पनि निर्माण भयो...
सबै किन हो तेहीं जान रुचाए!
तेहीं समय बिताउन थाले...
टि.भी हेरेर!








Saturday, November 5, 2016

उस्तै

 'ऊ चोर... समात समात समात, मेरो पर्स लिएर भाग्यो',
भींड जमा हुन्छ,
घुस्तिग्रे समाजका चिन्ता गर्नेहरु चोरको पछाडी दौडन्छन् 
मुख छाडछन्,दर्शन पनि 
हात उठाउँछन्,प्रश्न पनि...
गर्दन समाई घोक्राउँदै प्रहरीलाई जिम्मा दिन्छन.
पहिलो अध्याय सकियो...


तेइ बाटो केहि महिना पछि:
'ऊ चोर... समात समात समात,
म हेर्दै छु, मेरो मोबाइल लिएर भाग्यो'
भींड जम्मा हुन्छ,
तेइ घुस्तिग्रे,समाजका 'मर्द'हरु दौडन्छन् चोरको पछाडी
तेइ चोर, तेइ 'मर्द'हरु
के-के गरे , भन्दा नि न-भनौ!
अँध्यारो खोर,
फोहोर कम्बल, मधुरो बत्ति
ढाडिएको पेट, फाल्नै मन लाग्ने जिब्रो,
बाहिर, समाजका नायकहरु:
हाँस्दै, खिसी गर्दै
स्वतन्त्रताको मजा उडाउँदै
यता उती गर्दै.
घरी फोन गर्दै,घरी चुरोट तान्दै,
बुट बजार्दै,उपरकाको कुरा काट्दै.
भित्र भने:
ऊ सबै बुझिराछ,हेरिरा'छ,
महसुस गरिरा'छ...
आफैँसँग भनिरा'छ:
" वाह स्वतन्त्रता...माया
कसैले पाएनौं
बादल छेडी प्रस्ट देख्नसक्ने आँखा; गुरु
न यिनले पाए, न मैले..