Monday, November 2, 2015

बुझ्न सकेको भए....

म मा राष्ट्रिय पहिचान/स्वाभिमानको चाहना थियो भने,
मैले सो जोगाउनको निम्ती केही गर्नु पर्थ्यो।
मलाई मेरो देश प्यारो थियो भने,
मैले 'देश' को अर्थ बुझ्नु पर्थ्यो,
देश रहिरहने खालको कार्य गर्नु पर्थ्यो।
आज यो कुरा बुझेको छु,
चियाको गफले राष्ट्र जोगिने भए त,
दार्जिलिङमा चिया बगानेै बगान छन् रे!
गनगनले झण्डा फरफराउने भए त,
तिब्बतमा दलाई लामा थिए रे!
बल/शक्ति/जुक्ति/हिम्मत/चतुर्याईँ बिनै ईलाका रहिरहने भए त,
अमेरिका उईले मोनाको जत्रो भई सक्थ्यो रे!
 फलानोले यस्तो गर्नु पर्थ्यो,
त्यो चोर, ऊ फटाहा, त्यसले यस्तो गरेन;
भनेर बुझ्नुको साटो,
'आफुले के गर्ने?' भनेर बुझ्न सकेको भए,
 बुझ्न मात्र सकेको भए........
 आज दुई बजे सम्म टोरेन्ट डाउन्लोड भईसक्थ्यो,
दुईःपाँच सम्म काम सकिसक्थ्यो,
दुईःदश सम्म चिया उम्लिसक्थ्यो,
अनि खाली बस चढेर कानमा गाना घन्काउँदै,
एभरेष्ट जान पाईन्थ्यो,
साँझ चेल्सीको अति जरुरी खेल हेरिन्थ्यो।
त्यति नबुझेर.....
भोको शरीर, खाली पेट लिएर कोठामै बसी,
बन्द भईसकेको मोबाईलमा आफ्नै अनुहार हेर्दै,
कवि बन्ने प्रयास गरिरहनु पर्ने थिएन,
बुझ्न सकेको भए....
गार्हो नपर्दै 'देश' को अर्थ बोध हुने थियो होला! 
बुझ्न मात्र सकेको भए....


No comments:

Post a Comment