Friday, November 6, 2015

सत्यः गनाउँछ

खाना कुहिन्छ, गनाउँछ;
लाश सढ्छ, गनाउँछ,
बच्चा जन्मन्छ, गनाउँछ,
क्रिया सकिन्छ, गनाउँछ
पर्फ्युम सकिन्छ, गनाउँछ
कपडा हराउँछ, गनाउँछ
पानी सकिन्छ, गनाउँछ,
खाना छेर बन्छ, गनाउँछ
गाडीको तेल सकिन्छ, पसिना गनाउँछ,
फुर्ती सकिन्छ, यथार्थ गनाउँछ,
यो संसारनै हकिकतमा गनाउँछ,
नेता गनाउँछ, उसको नक्कली सुवासबिनाको जीवन झनै गनाउँछ,
त्यसैले नेता बन्छ।
धनी गनाउँछ, गरिब गनाउँछ, बिचको वकम्फुसे गनाउँछ,
पाद जति रोके पनि कुनै न कुनै बेला गनाउँछ,
दर्शन छाँट्ने स्वामी हग्छ; गनाउँछ
झुठ र भ्रमबिनाको जीवन उसलाई तड्पाउँछ।
आत्मविश्वासी, घमण्डीको नशा-नशा गनाउँछ,
त्यसैले छाती फुलाई अन्मलाउन खोज्छ,
त्यसतो को त शरीरसँगै आत्मा पनि गनाउँछ।
कवि गनाउँछ, खेलाडी गनाउँछ, शिछ्यक गनाउँछ, ईन्जिनियर गनाउँछ,
डाक्टर त रोगै फैलाउँछ।
केटी गनाउँछन्,
त्यसैले अनेक अप्राकृतिक उपाय अन्माउँछन्,
केटीहरु पाद्छन, उनका पुच्छर त्यही पादमा डुब्छन्/रमाउँछन्।
राजा गनाउँथ्यो, सेनापती गनाउँछ,
सबैको छेर गनाउँछ।
गन्धः
यही नै भगवान, यही नै सत्य।।
मान्छेः
गन्धबाट भाग्ने जीव, झुठमा बाँच्ने जीव।।
मेरो दुर्गन्ध असली,
तिम्रो सुगन्ध नकली।
भगवानै पाद्छ,
भगवानका भक्त त्यै गन्धमा समाउँछन्,
झूठ-विश्वास/भ्रम नै हाम्रो सत्य।
हामी पदुवा,
सबै हगुवा; के को फुर्ती?
हामी भागुवा,
यथार्थ सहन नसकेर, भ्रममा बाँच्ने लुकुवा।।
गन्ध सहन नसकेर प्यान बनाउँने लुछुवा।।
सबै भ्रम, हाम्रो दुर्गन्ध सत्य;
सबै गनाउँछौँ, सबै छेरछौँ।
माया, भगवान, सुन्दरताको झुठ पाठ गर्छौँ,
भोग, सफलता, सम्मान, आत्मविश्वासको झुठबाट आफुलाई जादुयी प्राणी ठान्छौँ।। 
सत्यः हामी गनाउँछौँ, सँधै गनाई नै रहन्छौँ।।

No comments:

Post a Comment