Wednesday, February 22, 2017

जंगलमा फोटोग्राफर

शहरका नाटक कति खिच्नु भनेर फोटोग्राफर श्रीराम आफ्नो क्यामरा बोकेर जंगलतर्फ हिँडेको छ

श्रीरामः
हिँड्दैछु आज यो जंगलको बाटो
कोही छैन केवल म र देशको माटो
रुख छन् हरिया, छैनन् कतै चरा
एक्लो छु म त म र मेरो क्यामरा

श्रीराम सबैतिर हेर्छ,  केही फोटोहरु लिन्छ।

श्रीरामः
फोटो खिच्न लायक यहाँ केही छैन
लाईक बीना मनले पाउँदैन चैन
बाघ न भालु केही रै'न्छ यहाँ
सुन्दरता खोज्न दैव, अब जाउँ कहाँ!

निकै बेर वरपर डुलिसकेपछि थकित भएको श्रीराम एउटा रुखको मुनी बस्छ। आँखा चिम्म मात्र के गरेको हुन्छ, उसले जंगल भित्र कतै आवाज सुन्छ 

श्रीरामः
के हो यो कहाँबाट यो के आवाज आयो
के फेसबुकमा राख्न अब फोटो पाईयो
मान्छेको जस्तो, तर छैन स्पष्ट
के यसले सुल्झाउला त मेरो यो कष्ट!

श्रीराम जुरुक्क उठी, आवाजको पछाडी दौडिन्छ। एउटा ठाउँमा उसले दुईटा कुकुर देख्छ। एउटाले घाँटीमा बेल्ट बाँधेको छ

बेल्ट बानेको कुकुरः
के यार तँ यस्तो दुःख मा बाँचिरा'
यस्तो बोधो ठाउँको कष्ट सहिरा'
हिँड दाजु-भाई सँगै बसौँला
गाऔँला-हासौँला मिठो-मिठो खाऔँला

बेल्ट नबानेको कुकुरः
जान्न तँ सँग यहीँ नै म ठिक छु
गु चाट्नु भन्दा त भोको नै मर्छु

श्रीराम छक्क पर्छ 

श्रीरामः
के अचम्म को कुरा यो देखियो
कुकुर चलाउँदै छन् मनुष्य झैँ जिब्रो
फोटो खिच्न सके लाखौँमा खेलिन्थ्यो
पत्र-पत्रिकामा मेरै नाम छापिन्थ्यो
बोल्ने कुकुर पत्ता लगाउने विद्वान
भनी कहिलिन्थ्यो देश विदेशमा नाम
तर कसरी पो खिच्ने यिनको तस्विर
देखे सिद्दाउलान् मलाई नै नहुँ ऐले नै वीर

बेल्ट बानेको कुकुरः
के भो' त यार अलि-अलि चाटेर
के-के पाइन्छ तब तैँ हेर आएर
जाडो-गर्मी-पानी सबैबाट बचिन्छ
जे-जे भन्यो तै-तै मजाले खाइन्छ

बेल्ट नबानेको कुकुरः
हैन म जंगली यहि मेरो घर
म जाँदिन बुझ यो गर्न छाड् कर
बाबा-अंकल जाँदा त म यहिँ अँडे
गु चाट्नु भन्दा त भोक नै सहेँ

बेल्ट बानेको कुकुरः
आमाले सम्झिन्छिन् कति धेरै तँलाई
छोरो ल्याईदे भनी पठा'कि हुन् मलाई
बाँच्नको लागि जे पनि गर्नु पर्छ
नत्र यसरी नै दुब्लाई मर्ने डर छ

बेल्ट नबानेको कुकुरः
मलाई त्यस्तो केही रहर नै छैन
खरायो मुसाले नै पाउँछु म चैन

बेल्ट बानेको कुकुरः
तेरो कुरा पनि कति अचम्मको
तेहिँ पुग्न सब्ले गर्छन् जमर्को
तँ भने चैँ मौका मिल्दा नि आउँदैनस्
यस्तो ताल ले सुख कहिले पाउँदैनस्

बेल्ट नबानेको कुकुरः
यहाँ राजा जस्तो बस्न छाडेर
को जान्छ त्यहाँ स्वाभिमान तोडेर
खुला भई घुम्न मै मलाई सोख छ
यो सानो जंगलमै मेरो सबथोक छ

बेल्ट नबानेको कुकुरले आँखा चिम्म गरेर लामो सास लिन्छ

बेल्ट नबानेको कुकुरः
के भा'को तिमरु यस्तो जीवन छाडी
किन जान्छौ तयहाँ हिँड्न पेटी बानी
नाच-गान कुदाई सबै गर्न पाइन्छ
मान्छेलाई अत्याउँदा मजा आइहाल्छ
यस्तो छाडी गयौ शहरमा बाँच्न
मान्छेकै चाकडी गरी उसको इसारामा हाँस्न
मान्छेको आफ्नो फाइदाको निम्ती
दौडाउँछन् ए हामीलाई फर्कि गर्छु विन्ती

बेल्ट बानेको कुकुर केही बेर टोलाउँछ

बेल्ट बानेको कुकुरः
यस्तो लाई तँ रमाईलो भन्दैछस्!
हाहा! यो हेर्न तयार भै'बस्

बेल्ट बानेको कुकुरले आफ्नो बेल्टबाट आई-फोन निकाल्छ 

बेल्ट बानेको कुकुरः
त्यहाँ यस्तो विधी चलाउन पाइन्छ
जस बाटै सारा संसार देखिन्छ
देखाउँछु एउटा कुरा हेर्न तयार हो
त्यसपछि के गर्छस् तेरै मर्जी भै'भो

बेल्ट बानेको कुकुरले एउटा अश्लील भिडियो देखाउँछ। बेल्ट नबानेको कुकुर ट्वाल्ल परेर भिडियो हेर्छ

बेल्ट नबानेको कुकुरः
के हुन्छ र यस्तो कुरा लाई हेरेर
अरुको संभोग प्रकृयामा आँखा गाडेर!


बेल्ट बानेको कुकुरः
के हुँदैन भन् न यहि सबथोक
यस्तो हेर्न-गर्न थाले'सि बिर्सिइन्छ भोक

बेल्ट नबानेको कुकुरः
यस्तो हेरेर नि' केहि हुन्छ र कहीँ!
छाउरा चाइया' छैन, ठिक छु म एक्लै

बेल्ट बानेको कुकुरः
धत् लाटा छाउराको लागि हैन यो
यो त उताको मोजमस्तीको लागि पो
मान्छे कुकुर सबै यसैको लागि बाँच्छन्
यो भनेपछि एक-अर्काको ज्यान नै लिन्छन्
याद गर र त्यो कुरा तँ आफैँले गरिरा'
यस्तै कुरामा तँ उता रमाइरा'

बेल्ट नबानेको कुकुरले  धेरै बेर सम्म भिडियो हेर्दै कलपना गर्छ।  निकै बेर पछि बेल्ट बानेको कुकुरले भिडियो बन्द गरेर फोनलाई बेल्टमा फिर्ता हाल्छ

बेल्ट नबानेको कुकुरः
किन हटाइस् तँ त्यो मजा आइरा'थ्यो
बल्ल त जीउ सिरिंग गर्न थाल्या थ्यो
कत्रो हो त्यो चीज विचित्र
लौ कष्ट पर्यो मलाई आफ्नो भित्र

बेल्ट बानेको कुकुरः
देखिस् तँलाई मजा त आयो नि'
यस्तो हेरिन्छ गरिन्छ कति आफू गए सि'
यहाँको कुरालाई रमाइलो ठान्थिस्
थाहा पाइस् होला अब के गर्या थिस् मिस 
सजिलै खान पाइन्छ, अझै के-के गरिन्छ
यहाँको जीवनको मुर्ख्याँई बुझिन्छ

बेल्ट नबानेको कुकुरः
ओहो यसको लागि के गरौँ त मैले?
कसरी तयार हौँ त्यहाँ पुग्न ऐलेई?

बेल्ट बानेको कुकुरः
केही नगर मुख बन्द राख
अनि मनुष्य दानको सुवास चाख

श्रीरामः
गयो ब्वाँसो लौ, कुकुर झैँ शहरमा
के अर्थ रहन्छ र खिचे अब तस्विरमा
के यस्तै लोभले पालतु हुन्छन् सबै
के पालतु भइसकेको छु म आफैँ
के थियो यो सपना याँ देखे मैले सत्य
कस्तो जंगल हो यो निस्की हालौँ ऐले!

                                                        समाप्त।।




 
 


No comments:

Post a Comment