Thursday, January 19, 2017

Kabir Sacred Songs In Nepali

Santan jât na pûcho nirguniyân
व्यर्थ छ साथुलाई ऊ कुन जातमा पर्छ भनेर सोध्नु
किनकी पण्डित, योद्धा, व्यापारी र सब ३६ वटै जात ईश्वर खोजिरहेकाछन्
तर साधु कुन जातको होला भनेर सोध्नु मूर्खता हो;
नाउले ईश्वर खोजेको छ, धोविनीले र सिकर्मीले...
राइदास पनि ईश्वरको साधक थियो
ऋषि स्वपक्ष जातले पशुको खाल रंगाउने वाला थिए
हिन्दु र मुसलमान सबैले त्यो अन्त्य हासिल गरेका छन् जहाँ कुनै भिन्नताको चिन्ह बाँकी रहँदैन ।।


 bâgo nâ jâ re nâ jâ
फूलको बँगैचामा नजाउ
ए साथी! त्यहाँ नजाउ;
तिम्रो शरीरमा छ फूलाको बँगैचा
कमलको हजारौँ पुष्पदलमा आफ्नो आशण ग्रहण गर त त्यहाँ अनन्त सुन्दरतालाई हेर्दै टोलाउ ।।

 avadhû, mâyâ tajî na jây
ए भाई, बताइदेऊ मलाई म मायालाई कसरी त्याग्न सक्छु भनेर?
जब मैले फित्ता बाँध्न छाँडे, अझै मैले मेरो वस्त्रलाई बाँधिरहेँ
जब मैले वस्त्र बाँध्न छाँडे, अझै मैले मेरो शरीरलाई उस्कै गाँठोमा ढाकिदिएरहेँ
त जब म कामना त्याग्छु, म देख्छु, रिस अझै बाँकी हुन्छ
र जब म रिस त्याग गर्छु, लोभ अझै मसँगै हुन्छ
र जब लोभको विनाश हुन्छ, गर्व बाँकी रहन्छ,
जब मन अलगिन्छ र मायालाई हटाउँछ, अझै ऊ शब्दमा झुण्डिरहन्छ ।
भन्छ कबीर, "प्यारो साधु! मेरो कुरा सुन: सही मार्ग विरलै भेट्टाइन्छ" ।

Sâdho, Brahm alakh lakhâyâ
जब उसले आफैँलाई प्रकट गराउँछ, ब्रह्मले त्यो व्यक्त गरिदिन्छन् जुन कहिले देख्न सकिदैन
जसरी बीउ बोटमा छ, छायाँ रुखमा छ, शुन्यता गगनमा छ, अनन्त स्वरुप शुन्यतामा छन्...
त्यसरी अनन्तभन्दा धेरै बाहिरबाट, अनन्त आउँछ; र अनन्तबाट परिमित विस्तार हुन्छ
त्यो प्राणी ब्रह्ममा छ, ब्रह्म प्राणीमा छ: उनीहरु कहिले भिन्न छैनन्, तर कहिले एकिकृत हुँदैनन्
ऊ आफैँ हो वृक्ष, बीउ र किटाणु
ऊ आफैँ हो फूल, फल र छायाँ
ऊ आफैँ हो सूर्य, प्रकाश र प्रबुद्ध
ऊ आफैँ हो ब्रह्म, प्राणी र माया
ऊ आफैँ हो भिन्न स्वरुप, अनन्त
ऊ हो स्वास, शब्द र अर्थ
ऊ आफैँ हो सीमा र असीम; र दुवै सीमीत र असीमीत भन्दा पर छ ऊ...त्यो पवित्र प्राणी
ऊ हो त्यो निहित मन, ब्रह्म र प्राणीमा ।।

त्यो सर्वोच्च आत्मा देखिन्छ आत्मा भित्रै
त्यो विन्दु देखिन्छ सर्वोच्च आत्मा भित्रै
र त्यो विन्दु भित्रै प्रतिविम्भ फेरि देखिन्छ
कबीर धन्य छ किनकी उसँग त्यो सर्वोच्च दृष्टि छ!

is ghat antar bâg bagîce

यहि सन्सारिक भाँडो भित्रै छन् निवास र बँगैचा, र यस भित्रै छ रचनाकार
यहि भाँडो भित्रै छन् सात महासागर र अनगिन्ति ताराहरु
त्यो मापदण्ड र त्यो रत्न-प्रशंसक यहि भित्रै छन्
र यहि भाँडो भित्रै त्यो अनन्त ध्वनि गुञ्जिन्छ र वसन्त फस्टाउँछ
भन्छ कबीर, "मेरो साथी! मेरो कुरा सुन, मेरो प्यारो ईश्वर भित्रै छ। "

aisâ lo nahîn taisâ lo

ए म कसरी पो कहिले त्यो गोप्य शब्द व्यक्त गरुँला?
म कसरी भन्न सक्छु, 'ऊ' यस्तो छैन र 'ऊ' यस्तो छ भनेर?
यदि म भनुँ कि ऊ म भित्रै छ, ब्रह्माण्ड लज्जित हुन्छ:
यदि म भनुँ कि ऊ म बाहिर छ, त्यो असत्य हुन्छ ।
उसले भित्री र बाहिरी दुनियाहरुलाई अविभाग्य हुने गरी एक बनाउँछ;
त्यो चेतना र अचेतना, दुवै उसका पाइदान हुन् ।
ऊ न प्रत्यक्ष छ न लुकेको छ, ऊ न प्रकट छ न अप्रकट :
ऊ के हो भनी बताउने कुनै शब्दनै छैनन्  ।

१० tohi mori lagan lagâye re phakîr wâ
ए फकिर! मेरो प्रेमलाई आफैँतिर तानेका छौ तिमीले !
म आफ्नै कोठामा सुतिरहेको थिएँ र तिमीले मलाई ब्यूँझाइदियौ; आफ्नो आवाजद्वारा हान्दै, ए फकिर!
म यस संसारका महासागरहरुका गहिराइमा डुबिरहेको थिएँ र तिमीले मलाई बचायौ; आफ्नो पाखुराले मलाई उठायौ, ए फकिर!
एक शब्द मात्रै...र तिमीले मलाई मेरा सबै बन्धन फुत्काउने बनाउइदियौ, ए फकिर!

भन्छ कबीर, "ए फकिर! तिमीले तिम्रो हृदयलाई मेरो हृदयसँग एकिकृत गरिदियौ! " 



canda jhalkai yahi ghat mahin 

झुल्किन्छ चन्द्र मेरै शरीरमा, तर मेरो अन्धो आखाँले उसलाई देख्न सक्दैन
म भित्रै छ चन्द्र, र सूर्य पनि।
बज्छ अनन्तताको बाजा म भित्रै,
तर मेरो बहिरो कानले त्यसलाई सुन्न सक्दैन।

त जब सम्म 'म' र 'मेरो' भनिरहन्छ मान्छे,
उसका सब कार्य शुन्य भै' जान्छनः
जब 'म' र 'मेरो' प्रतिको सबै प्रेम मरेर जान्छन्,
तब कार्य ईश्वरको सम्पन्न हुन्छन्।
किनकी ज्ञान प्राप्ति बाहेक कार्यको अरु कुनै लक्ष्य छैन:
जब त्यो आउँछ, कार्य छाडिन्छ।

फूल्छ फूल फलको लागिः
जब फल आउँछ, फूल ओइलाउँछ।
कस्तुरी छ त मृगमै,
तर ऊ त्यो आफूमा खोज्दैनः
ऊ घाँस खोज्दै भौतारिन्छ।


man na rangaye

रंगाउछ योगी आफ्नो वस्त्र, आफ्नो मनलाई प्रेमको रंगले रंगाउन छाडेरः
ऊ बस्छ ईश्वरको मन्दिर मै, ढुंगालाई पुजी ब्रह्मलाई छाडेर।
छेड्छ ऊ आफ्नो कान, लामो दाह्री र जट्टा छ,
देखिन्छ बोका झैँ!
ऊ जान्छ निर्जनतामा, मारी आफ्ना सारा चाहना,
र आफैँलाई परिवर्तन गर्छ हिजडामाः
ऊ आफ्नो कपाल मुँण्डाउछ र वस्त्र रंगाउछ;
गीता पढ्छ र घागडान वक्ता बन्छ।
भन्छ कबीर, " तिमी मृत्युको ढोकामा जाँदै छौ, हात-पाउ छ बाँधिएको!"

sadho bhai, jival hi karo as'a

ए साथी! जिउँदो छँदै ऊ को आस गर, जिउँदो छँदै जान तिमी
जिउँदो छँदै बुझ तिमीः
जीवनमा नै मुक्ति छ।
यदि जिउँदो रहँदानै तिम्रो बन्धन टुटेन भने,
मृत्यु मा मुक्तिको के आस?
शरीर त्यागि सकेको हुनाले अब आत्माको ऊ सँग मिलन हुन्छ, भन्नु एउटा खोक्रो सपना मात्र हो।
यदि ऊ लाई अहिले भेटियो भने, तब पनि भेटिन्छ,
यदि त्यसो भएन भने, हामी मृत्यु को शहरमा बास गर्न जान्छौँ।
यदि अहिले मिलन भए, यसपछि पनि हुन्छ।
सत्यमा डुब, सही गुरु जान, सही नाममा विश्वास राख।
भन्छ कबीर, " त्यो खोजको भाव हो जसले मदत गर्छ;
म यो खोजको भाव को दास हुँ। "



avadhu bhule ko ghar lawe

ऊ मेरो लागि प्यारो छ साँचै, जसले भौतारिरहेकोलाई उसको घर फिर्ता बोलाउन सक्छ।
साँचो मिलन घरमा छ,
घरमा जीवनको मजा छः
म किन आफ्नो घर छाडि जंगलमा भौतारिउम्?
यदि ब्रह्मले मलाई सत्य बोध गर्न मदत गर्छन् त,
मैले घरमै दुवै बन्धन र मुक्ति पाउँछु।
ऊ मेरो लागि प्यारो छ साँचै, जो सँग ब्रह्मको गहिराईमा डुब्ने शक्ति छ,
जसको मनले आफैँलाई सजिलै ऊ को चिन्तनमा डुबाउन सक्छ।
ऊ मेरो लागि प्यारो छ, जसले ब्रह्मलाई जानेको छ र ध्यानमा सर्वौच्च सत्यमा रहन सक्छ;
र जसले प्रेम र त्यागको जीवनमै मिलन गराएर अनन्तताको धुन बजाउन सक्छ।
भन्छ कबीर, घर रहने ठाउँ हो; घरमा वास्तविकता छ; ऊ जो वास्तविक हो, ऊ लाई प्राप्त गर्न घरले मदत गर्छ।
त रह त्यहीँ जहाँ तिमी छौ र समयमै सबै कुराहरु तिमी मा आउँछन्।

pani vic min piyasi

हाँस्छु म जब म सुन्दछु कि पानीमा रहेको माछा प्यासो छः
तिमी देख्दैनौ कि त्यो वास्तविक तिम्रो घरमा छ, र तिमी जंगल-जंगल भौतारिन्छौ!  
यहाँ छ सत्य! जाऊ जहाँ इच्छा लाग्छ, बनारस या मथुरा; 
यदि तिमीले आफ्नो आत्मा भेट्टाएनौ भने, यो संसार तिम्रो लागि अवास्तविक छ   

sadho, s'abd sadhna kijai

त्यो शब्द प्राप्त गर जसबाट ब्रह्माण्ड उब्जन्छ!
त्यो शब्द गुरु हो; मैले सुनेको छु, र चेला बनेको छु।
त्यो शब्दको अर्थ थाहा हुने कति छन्?

ए साधु! त्यो शब्द अभ्यास गर!
वेद र पुराणले त्यसको घोषणा गर्छन्,
संसार त्यसमा स्थापना भएको छ,
ऋषि र भक्तजन त्यसको कुरा गर्छन्ः
तर शब्दको रहस्य कसैलाई थाहा छैन।
गृहस्थले जब त्यो शब्द सुन्छ उसले आफ्नो घर छाड्छ,
सन्न्यासीले जब त्यो शब्द सुन्छ ऊ प्रेममा फिर्ता आउँछ,
६ दर्शनले त्यसको व्याख्या गर्छन्,
त्यागको भावले त्यहि शब्द तर्फ औल्याउँछ,
त्यहि शब्दबाट संसार-स्वरुप उत्पन्न भएको छ,
त्यो शब्दले सबै खुलासा गर्छ।
भन्छ कबीर, " तर कसलाई थाहा त्यो शब्द कहाँबाट आयो? "

samajh dekh man mit piyarwa 

ए साथी,  प्यारो हृदय मेरो, सोच राम्ररी!
यदि तिमी साँचै प्रेम गर्छौ भने किन निदाँउछौ?
यदि तिमीले ऊ लाई भेटाएको छौ भने, आफूलाई पूरै सूम्पिदेउ, र ऊ लाई आफूसँग लिएर जौ।
किन घरी-घरी ऊ लाई गुमाइरहन्छौ?
यदि गहिरो निन्द्रा तिम्रो आखाँमा परेको छ भने, किन ओछ्यान  बनाउन र तकिया मिलाउनमा आफ्नो समय खेर फाल्नु?
भन्छ कबीरः " म तिमीलाई प्रेमको तरीका बताँउछु! यदि टाउको आफैँ दिन परे पनि, किन तिमीले त्यसको लागि आँसु झार्नु?। "

samskrit bhasa padhi linha

मैले संस्कृत भाषा सिकेको छु, त्यसैले सबै मान्छेले मलाई विवेकशील भनेर बोलाउन्ः
तर यसको के काम, जब म दिशाहीन भई बगिरहेको छु, र प्यासले सुकेको छु, र चाहनाको तापले जलेको छु?
बिना कुनै प्रयोजनको लागि तिमी यो गर्व र घमण्डको भार आफ्नो टाउकोमा उठाउँछौ।
भन्छ कबीरः " यसलाई धुलोमा ओछ्याइदेऊ, र जौ प्रिय लाई भेट्न।  ऊ लाई आफ्नो ईश्वर भनी संबोधन गर। "

main ka se bujhaun

कसका जौँ म मेरो प्रियको बारेमा सिक्न?
भन्छ कबीरः " जसरी तिमीले वन कहिले नभेट्टाउन सक्छौ यदि रुखलाई बेवास्ता गर्यौ भने, त्यसरी नै ऊ कहिले नभेट्टाइन सकिन्छ अमूर्ततामा। "

piye pyala, ho matwala

भाँडो रित्ताउ! ए मदहोश हौ
उसको नामको दैविक अमृत पिउ
भन्छ कबीर, " मेरो कुरा सुन ए प्यारो साधु!
खुट्टाको पैँतालादेखि टाउकोको शिखरसम्म यो मन विषले भरिएको छ। "

khasm na cinhai bawari

ए मनुष्य! यदि तिमीलाई आफ्नै ईश्वर त थाहा छैन भने,
के को तिमीलाई यत्रो गर्व छ?
पन्छाउ तिम्रो चतुर्याँईलाईः
केवल शब्दहरुले तिम्रो कहिले ऊ सँग मिलन गराउने छैनन्
शास्त्रको वाकपटुताले आफूलाई नझुक्याउ
प्रेम यो सब भन्दा अलग छ,
र ऊ जसले साँच्चै त्यसलाई खोजेको छ ले भेटेको छ।

mo ko kahan dhunro bande

मलाई कहाँ खोज्छौ ए?
ल हेर! म त तिमीसँगै छु। 
म न त मन्दिरमा छु, न त मस्जिदमाः
म न काबामा छु, न कैलाशमाः
न म रीति र विधिमा छु, न योग र त्यागमा।
यदि तिमी साँचो साधक हौ भने, तिमीले एकैचोटीमा मलाई देख्नेछौः
एकै पलमा मलाई भेट्नेछौ।
भन्छ कबीरः " ए साधु! भगवान सबै श्वासको श्वास हुन्। " 

No comments:

Post a Comment