Wednesday, May 25, 2016

छाती बन्द


एक अर्को बिहानी
एकातिर गर्नु पर्ने कुराहरु,
अर्कोतिर गरिने....
भन्नलाई त भन्छन् सबै,
यस्तो हुनु पर्छ, त्यस्तो गर्नु पर्छ,
यो हो...त्यस्तो हो
मैलो लुगा लगाएको बच्चाको,
लुगाको मयलमै आँखा गाढी
खिसी गर्छन्, परे थुक्छन् पनि...
"गर्न पर्ने यस्तो थ्यो, तर..."
तर...
आफ्नो गर्न हिँड्ने बाटो बन्द हुँदा
आफ्नो आत्मामा लाग्ने मयल देख्दैनन्
बुझ्या हो हो जस्तो त हुन्छ...
तर स्विकार गर्दैनन्
गर्न पर्ने कुरा त उनीहरुले पनि गर्न पाएनन्
तर आफ्नो खिसी के गर्नु,
आफैँलाई के थुक्नु!
अरुमाथी थुक्न गिदी भए पुग्छ,
आफैँमाथी थुक्न मुटु चाहिन्छ।

यस्तो छ यो ठाउँ;
मुटुलाई हेला गर्दै हुर्किएको ठाउँ
गर्नु पर्ने कुरा जति रटेर
उब्जिएको ठाउँ
सत्य र साहस मुटुमा महसुस हुन्छ,
जसले कैले महसुस गरेकै छैन
त्यसले गिदी बाहेक के चलाओस्,
त्यै गिदी,
जसमा वर्षौ-वर्षदेखिको
हिनताभाव र त्रास जम्या छ...

No comments:

Post a Comment