Wednesday, May 25, 2016

अस्त्र


यो कविता एउटा वाण हो,
यो लाग्छ सिधै तिम्रो हृदयमा,
र रगतको सट्टा चुहाईदिन्छ,
तिम्रा ति सारा छटपटीहरु, सारा वेदनाहरु
सारा न्यास्रोपनाहरु।
आज फेरी लिईबसेको छौ त्यै भारी,
फेरी बिर्सिएको छौ..ति दैविक भावना शक्तिशाली;
जसले तिम्लाई रन्काउँथ्यो,
जसले तिम्लाई हँसाउथ्यो,
जसले तिम्लाई तरवारको धारमा हिँडाउथ्यो।

खुला आकाशको मुनी तिमी हिँडिसकेका छौ...
आज तिम्ले फेरी आफुलाई खोरमा थुन्यौ,
त्यसैले यो वाण ल्याउन वाध्य बनायौ।

ति’का कमजोर मस्तिष्कको किन शिकार बन्छौ?
आफ्नै छातीमा ज्वाला अब भर्छौ,
र हिँड्छौ साला..सूर्यको ठिक उल्टो
तिम्रो बारे सोच्दा नै सातो जाओस् न तिनको।
दिमागमा हैन मनमा हान्छौ, तर
सबभन्दा पहिले आफैँलाई सल्काउँछौ।
यो वाणले तिम्लाई फिर्ता ल्याईसकेको छ,
तिमी भित्रका अपांग जतिलाई जलाईसकेको छ,
अब तिमी मात्र बाँकी छौ...
बस् तिमी र तिम्रो राप...
कुद....बल
तिम्लाई रोक्ने कोही छैनन्...
कुद...बल

No comments:

Post a Comment