Thursday, April 7, 2016

सबै छन्, केई छैनन्....केई छैनन्, सबै छन्


त्यहाँ,
घर छन्...ठूला छन्, साना छन्
लुगा छन्...महँगा छन्, सस्ता छन्,
च्यात्या छन्, मैला छन्, सफा छन्
गाडी छन्...साईकल छैनन्
वाहवाही छन्, मतलवै छैनन्,
पाएका छन्, छोएकै पनि छैनन्,
वास्नादार कमिला छन्, गनाउने गुह्य झिंगा पनि छैनन्
समुन्द्र छन्, डाँडा छन्
बोरा चाईनी खालका फोन छन्,
कुनै गोजी मै बिलाउँछन्
प्रशंसा छन्, ईर्ष्या छन्
उद्देश्य छन्, जसले बल्ल अर्थ दिन्छन्
मन छन्, थुक छन्
हाँसो छन्, खिल्ली छन्
फुर्क्या छन्, आत्या छन्
छटपटी छन्...थकाई छन्
आत्मविश्वाश छन्...कँपाई छन्
माया छन्...हेला छन्
भड्काउनी छन्, भड्क्या छन्
जिस्काउनी छन्, रुनी छन्
देखाउनी छन्, ट्वाल्ल परेर हेरिरहने छन्
स्वाङ छन्, भ्रम छन्, फुर्ती छन्, स्तन छन्, दुलो छन्
जसले सारा शारै बोक्या छन्
मान्छे छन्, मेसिन छन्
बल छन्, खेलाडी छन्
थुप्रै कुराहरु छन्।
फेरी यता-कता एक किसिमका ध्वनी बाहेक केई छैनन्..
जसले गर्दा माथी पट्टी
अनन्त खुसी छाउँछन्..
जसपछि ति थुप्रै मध्य केई पनि छैनन्...

थुप्रै कुरा भ'का ठाउँमा अझ ठाउँ छन्,
अझै धेरै अटाउँछन्...
आज यो अटाउनको लागि त्यो हटाउँछन्,
भोली त्यो हटाउनको लागि यो अटाउँछन्..
ति कैले पनि भरिदैनन्....
केई नभ'का ठाउँमा..
केवल एक किसिमका ध्वनी छन्
ति सँधै भर्या छन्।

No comments:

Post a Comment