Tuesday, April 19, 2016

सबैकुरा माथीको


तिमी आऊ...
तिम्रा ति विधीका पुराना ओईलाईसकेका,
बासि भईसकेका मानसिकता लिएर...
र म मा छर...गर
तिम्रो गिदीले गर्न सक्ने सबभन्दा उत्कृष्ट कार्यः
तर्साऊ, अत्याऊ, भाँड, देखाऊ, फुर्ती लगाऊ, सिकाऊ, भन, हाँस, उडाऊ..
तर अन्तमा,
यदि कुनै पनि दिईएको छेँडमा
म हाँसी रहेको छु भने,
आफुलाई जुन सुकै तरिकाबाट भए पनि मनोरञ्जन दिईरहेको छु भने,
खुसी हुन सकिरहेको छु भने...
जीत मेरो भयो!
त्यो भन्दा पनि,
खुसी म भएँ!

No comments:

Post a Comment