Monday, April 4, 2016

नेपालमा संगीतको स्थिती


ब्याच पछि ब्याच,
गीतार काखमा राखि
यो छेउँको स्कुलमा बजाउँछन्...
एक थरी जान्छन् अर्को थरी आउछन्,
तर जो आए पनि त्यै थोत्रो,
त्वाँत्त पार्ने किसिमको धुन बजाँउछन्
त्यै निन्द्र लाग्दो ताल ठटाउँछन्...
नयाँ न- चाहेर कि न-भेटेर?
कैले-काईँ मन लाग्छ भन्नः
नेपथ्य भन्दा पर या उता पनि हेरि हेर न औ....
धेरै रमाईलो कुराहरु भेटिन्छन्...
नयाँ गन्तव्यहरु सुनाई दिन्छन्...
तिमी पनि नयाँ बन्छौँ....
ऐना हेरि गाउन सिकेकाहरुको पाईला के पछ्याउँछौ...
तर फेरी...
ठिकै छ...
किन भन्नु!
ब्लिङ्करस् लगाएर हुर्काईएको घोडालाई पुरै दृष्टिकोणले तर्साउँछ...

No comments:

Post a Comment