वाहवाहीको भीक पाउन
तड्पिरहेछु।
कमजोर मुलुकको
कमजोरी म,
अर्काबाट तारिफ
नपाउँदा बिरामी परेको छु।
फुर्ती, स्वाङ,
धाक-धक्कुमा अल्मलिएको,
पृथ्वीको श्रापित
टुक्राको श्राप म,
अरुले वास्ता
नगर्दिदाँ केही मा अल्मलिनै छाडेको छु।
‘तँ भन्दा मै खत्रा’
भन्ने शुत्र जप्दै,
हिँड्ने ढोङ्गी
पण्डितहरुको मन्दिरको बाटो-छाप पुरेत म,
खत्रा हुन नसक्दा आज
वेदै बिर्सिसकेको छु।
घाँटीमा बेल्ट
बान्ने र मर्न लाईसक्या गधालाई भुक्नेको
पछाडी र्याल
चुहाँउदै दौडिने स्त्रीहरुको यो गल्लीमा,
म आज भुसिया कुकुर
बनेको छु।
ठगी, खुट्टा-तानी,
भड्काई, रुवाई
कुर्सी चढ्ने
मुसाहरुको राज्यमा,
कुर्सी भेटी बुझ्न
नसक्दा मुसाले पनि नखाने कुहिएको दाना बनेको छु।
छड्के आँखा हेरि,
कुरा काटी, ‘बिल्ला गरी’
मनोरञ्जन लिने
नपुङ्सक सङ्गीतकारहरुको कन्सर्टमा,
सँधै चलिरहने गितार
सोलो बनेको छु।
विजोग शहरको जोगी म,
भीक स्थान बुझ्न
नसक्दा,
सबैले उढाउने चङ्गा
बनेको छु।
No comments:
Post a Comment