Tuesday, December 29, 2015

पाँच साथी सारेगमप




काठमाडौंको कुनै गल्लीको छिंडींमा,
दश वर्ष पहिले
पाँच साथी दैनिक,
दैनिक आठ-दश घण्टा सरगम रियाज गर्थे रे।
सँगै बसि, श्रुती-बक्स घन्काई,
सँधै रियाज गरि बस्थे रे।

पछि पहिलो साथीः
कुनै आफ्नो मान्छेको सम्पर्कले गर्दा बलिवुड पुगेछ,
५-६ वर्ष फिल्ममा संगीत भर्ने काम गरेछ,
पछि नयाँ ट्यालेन्ट आएपछि घोक्राईएछ।
आज दश वर्ष पछिः
संगीत देखिन् दिक्क भई
संगीतबाट सबैभन्दा परको कर्म,
राजनिती गर्छ रे!

दोस्रो साथीः
केही महिना पछि संगीतबाट केही हुनेछैन भनी बुझी,
ईन्जिनियर बन्न गएछ,
आज दश वर्ष पछिः
ऊ करोडपति भई,
२-४ वटा घर ठडाई बसेको छ’रे!
तर उसको कुनै पनि घरमा संगीत बज्दैन रे!

तेस्रो साथीः
आवाज राम्रो भएकोले र अलि उच्छृङ्गल भएको ले,
पप-रक ब्यान्डमा गाउन थालेछ,
देश-विदेश घुमेछ,
मोजमस्ती गर्न थालेछ।
पछि ३-४ वर्ष मै ब्यान्ड टुटे छ;
त्यो सँगै ऊ भित्रको सङ्गीत प्रेम सबै फुटेछ।
आज दश वर्ष पछिः
कुनै धुन सुन्यो भने पनि कान थुन्छ रे!

चौथो साथीः
बोधो सरगम मात्र सिकेर के बस्नु भनी,
आधुनीक/लोक/दोहोरी गाउन तिर लागेछ।
एउटा भन्दा गीत हिट नभएपछि,
दिक्क मानेर,
‘नेपालमा संगीतकारको केही मूल्य छैन’ भन्दै,
अमेरिका तिर उढेछ।
पैसा कमाएछ।
आज दश वर्ष पछिः
सङ्गीत सुन्नी/गाउनी केही गर्न भ्याउँदैन रे!

पाँचौ साथीः
केही पनि भएनछ।
आज दश वर्ष पछि पनिः
त्यही कोठामा एक्लै बसेर,
अझै सरगम रियाज गरिरहन्छ रे!



कति धेरै अर्थहीन शब्द!

कति धेरै गितार, कति थोरै सङ्गीत,
कति धेरै जिब्रा, कति थोरै भनाई।
कति धेरै गिदी, कति थोरै सोच,
कति धेरै हात, कति थोरै रचना।
कति धेरै दृष्टि, कति थोरै दृष्टिकोण,
कति धेरै कुरा, कति थोरै अठोट।
कति धेरै चाहना, कति थोरै बलिया चाहना!

कति धेरै शब्द, कति थोरै अर्थ,
कति धै खुट्टा, कति थोरै गन्तव्य,
कति धेरै नारी, कति थोरै सुन्दरता,
कति धेरै तर्कना, कति थोरै कलपना।
कति धेरै चाहना, कति थोरै बलिया चाहना!

कति धेरै घमण्ड, कति थोरै हाँसो,
कति धेरै ईर्ष्या, कति धेरै चासो!

कति धेरै ग्यान, कति थोरै बुझाई,
कति धेरै शिक्छ्यक, कति थोरै सिकाई।
कति धेरै नेता, कति थोरै नेतृत्व,
कति धेरै पढाई, कति थोरै गराई!

कति धेरै धन, कति थोरै मन,
कति धेरै पैसा, कति थोरै मोल।
कति धेरै चाहना, कति थोरै बलिया चाहना!



नेपालमा बनेको चङ्गा




विजोग शहरको जोगी म,
वाहवाहीको भीक पाउन तड्पिरहेछु।
कमजोर मुलुकको कमजोरी म,
अर्काबाट तारिफ नपाउँदा बिरामी परेको छु।
फुर्ती, स्वाङ, धाक-धक्कुमा अल्मलिएको,
पृथ्वीको श्रापित टुक्राको श्राप म,
अरुले वास्ता नगर्दिदाँ केही मा अल्मलिनै छाडेको छु।

‘तँ भन्दा मै खत्रा’ भन्ने शुत्र जप्दै,
हिँड्ने ढोङ्गी पण्डितहरुको मन्दिरको बाटो-छाप पुरेत म,
खत्रा हुन नसक्दा आज वेदै बिर्सिसकेको छु।
घाँटीमा बेल्ट बान्ने र मर्न लाईसक्या गधालाई भुक्नेको
पछाडी र्याल चुहाँउदै दौडिने स्त्रीहरुको यो गल्लीमा,
म आज भुसिया कुकुर बनेको छु।

ठगी, खुट्टा-तानी, भड्काई, रुवाई
कुर्सी चढ्ने मुसाहरुको राज्यमा,
कुर्सी भेटी बुझ्न नसक्दा मुसाले पनि नखाने कुहिएको दाना बनेको छु।
छड्के आँखा हेरि, कुरा काटी, ‘बिल्ला गरी’
मनोरञ्जन लिने नपुङ्सक सङ्गीतकारहरुको कन्सर्टमा,
सँधै चलिरहने गितार सोलो बनेको छु।

विजोग शहरको जोगी म,
भीक स्थान बुझ्न नसक्दा,
सबैले उढाउने चङ्गा बनेको छु।

Tuesday, December 8, 2015

प्राकृतिक नियम?




uw{g l5gLPsf] af]sf nl8/x]sf] 5,
e'Tnf v'O{NofO{Psf] s'v'/f] lelh/x]sf] 5.
s] dtnjÛ
alnof]n] ;s] sdhf]/nfO{ l;2fpg g k5{Û
cfˆgf] nflu sf]xL c?n] alnbfg lbg} g k5{.
ox'bL rfª nfu]/ vf]/df u'lD;;s]sf 5G,
rG› nf]en] ef]sf] z/L/ /f]O{/x]sf 5G,
c7f/ xhf/sf] lrtf hln;s]sf 5G,
df]xDdb l;2fGtsf nflu lj:kmf]6g eO{/x]sf 5G,
vfg nfpg d} ;fdfGo dflg; clNem/x]sf 5G,
s] dtnjÛ
alnof]n] ;s] sdhf]/nfO{ l;2fpg g k5{Û
cfˆgf] nflu sf]xL c?n] alnbfg lbg} g k5{.