Thursday, November 23, 2017

कलाकक्षमा गाईहरु (बुकव्स्की)

कलाकक्षमा गाईहरु (बुकव्स्की)

राम्रो मौसम
हुन्छ
राम्रो नारी
झैँ –
त्यो सँधै आईपर्देन
र जब आईपर्छ
त्यो टिकिरहँदैन ।
पुरुष हुन्छ
अझ स्थिर :
यदि ऊ खराब छ भने
सम्भावना छ कि
ऊ त्यस्तै नै रहिरहन्छ
या यदि ऊ असल छ भने
ऊ झूण्डिरहला,
तर एउटा नारी
परिवर्तित हुन्छे
बच्चा
उमेर
आहार
बातचीत
सम्भोग
चन्द्रमा
अनुपस्थिति अथवा
सूर्यको उपस्थिति
या राम्रो समय
द्वारा ।
एउटा नारीको स्याहारसुसार गर्नैपर्छ
निर्वाहमा
प्रेम ले
जहाँ कि एउटा पुरुष बन्न सक्छ
बलियो

घृणित भएर । 

No comments:

Post a Comment