कहिले काहीँ ,
आफैँले भोगेको अपमान
स्विकार्दा र प्रकट गर्दा पनि
बडो आनन्द महसुस हुँदो रहेछ
।
त्यसैले यो गाथा:
म उपबुज्रुग पत्रकार हुँदा
बखतको हो यो कुरा
घुमिरहेँको थिएँ एकदिन पशुपति
घाट किनारा
त्यहि जलिरहेका शरीर,
पण्डितजन् आफन्त टोलाउँदा
झ्याऊ लाग्दा साधु वैराग्य
निम्त्याउँदा ।
त्यहिँ टोलाइ बसेको थियो एक
मान्छे आनन्दमा
चुरोट तानौँ भनी बसेँ
त्यसैको बगलमा
चिता हेर्दै प्याच्च बोली
हालेँ यो सारा जीवन के होला
यसरी जलिसकेपछि जुन चाहना-गर्व
थियो त्यो कहाँ जाला !
लगाएको थियो सामान्य कपडा
आखाँको हेराई सादा
मुसुक्क मस्कियो हेर्दै म
तिर, थियो गजबको मर्यादा !
केहि बेर केहि बोलेन
हिच्किचायो पोख्न आफ्ना भावना विचार सारा
तर जब ऊ बोल्न थाल्यो शरीर
भर काँडा उम्रे मेरा !
के भन्यो उसले भनी चाहीँ
नबताइहालुम् होला
तर भनेँ मैले के त्योँ
चाहीँ गाथासम्वत जरुरी रहला :
' यति तगडा कुरा गर्नु भो
तँपाइले यसलाई सुनुन् संसारै सारा
लेख्नु तँपाई, पत्रकार हुँ
म यस्ता कुरा नै न हुन् मेरा आहारा !
तँपाईलाई पनि छापिए'सि हुने
छ धेरै नै फाइदा
दिलाइदिन्छु म दाम – नाम जीवन
अनि काइदा !
यस्तो मान्छेले यस्तो खल्लो
जीवन के बाँचिरहेको होला !
साथ दिनु मेरो, अनि चार
दिनभित्रै स्त्रीहरुलाई वरपर नचाउनुहोला '
यति भनी कुरिबसेँ जवाफ
त्यसको के-के न आउला भनेर
मुसुक्क हाँस्यो त्यो
मान्छे फेरि , अनि भन्यो यस्तो कपाल कनाएर :
' के दाम दिनु हुन्छ
तँपाइले ? म ता कुटी जीवन बाँच्न पनि हुन्छ भनीसकेको व्यक्ति हुँ
के नाम दिलाउनु हुन्छ
तँपाइले ? हरेक मान्छेलाई नग्न देख्छु तिनको दाग-कोठी सबै देखिसकेको वैरागी हुँ ।
हाँसो उठ्छ तँपाईले यसरी
आफ्नो निम्ति महलको प्रलोभन मलाई दिदाँ
दाग-दोष सबकोदेखेको
मान्छेलाई त्यहि सबको माझ नाम कमाउन व्याकुल सम्झँदा
भेट्दा तँपाइलाई रमाइलो
लाग्यो , दाम-नाममा रुची मेरो छैन
सर्ट-पेन्ट लगाएको छु
भन्दैमा ईश्वर म बाट पर छ भन्ने हैन ।
केहि थाहा छ भन्दैमा
सुनाउँदै हिँड्नु पर्छ भन्ने छैन
थाहा नहुने उफ्रन्छ, थाहा
हुने त खामोशै रहन खोज्छ नि हैन ?'
त त्यसरी कसैलाई नबुझि
प्याच्च केहि भन्दा लाजमर्दो नै लागेको थियो
कर्तव्यको निम्ति मात्रै नत्र
पत्रकारितामा त्यस दिन देखि रुची नै शुन्य भै
' गएको हो ।