Thursday, December 8, 2016

'हाम फाल्नु भन्दा पहिले सोच'

'हाम फाल्नु भन्दा पहिले सोच',
यो कुनै नियम त हैन सबैले मान्नै पर्ने
तर सोच-विचार गरे पश्चात तेसैको आधारमा हाम फाल्नु ठिकै पनि हुन्छ होला!
यो नेपाल भन्ने टुक्रामा जन्मने भाग्य भएका   हामी
(सौ- हो कि दुर- स्वयंम जानुन्)
पहिले धकेलिन्थ्यौं, सोच्न पाउँदैनथ्यौँ...
ऐले,
हाम फाल्छौँ
( या त अझै धकेल्लिनैरहेका छौँ जसलाई हामी हाम फालेको ठानिराछौं)
तर,
अझै पनि सोच-विचार गर्दै गरिरहेका छैनौं।

No comments:

Post a Comment