Tuesday, December 6, 2016

हुन्छन् कोही


हुन्छन् कोही मान्छे,
जो जति सुकै वेदनामा पर्दा,
आँसु तरतरी चुहाउँदैनन्
आफू जति सुकै ठूलो कष्टमा पर्दा पनि
कराउँदैनन्, चिच्याउँदैनन्
आफूलाई जथाभावी गर्न दिदैनन्।
चट्टान झैँ अडिग भइरहन्छन्,
चुपचाप रहन्छन् तर एक पल्ट पनि बतासिदैनन्।
'मान्छेले आफूलाई केहि कुरा बाट पनि असर पार्न दिनु हुँदैन',
भन्दै आफूलाई अडाइरहन्छन्
र अरुलाई पनि बतासिनबाट जोगाउँछन्।
हुन्छन् कोहि तेस्ता;
तर तेहि मान्छे कतै एक्लै चुपचाप बसि
टोलाइरहँदा,
तिनी आँखाभरी आँसु लिएर बसेका हुन्छन्...

No comments:

Post a Comment