Friday, December 2, 2016

आडमा राक्षस


'अनेकौँ देवताका आश्वासन दिए थे,
आखरी यो प्रहर सम्म, तिनले भने जस्तो एउटई देखिएन',
भन्दै हाड खिइसकेको ढाड अझै निहुराउँदै,
सानो यन्त्रमार्फत सबलाई अवगत गराउनु जरुरी ठान्दछ।
ढाडलाई सोझ्याइ, 'अया' प्रस्ट दर्साउँदै
एउटा अहसासमा हराउँछ,
'छाला नखुम्चिदा सपनामा हराइन्थ्यो,
खुम्चिन थाले, त पनि हराइन्छ
 तर सपना भन्दा पनि धमिला ति विपनामा।
अनेकौँ प्रश्न उब्जिन थालेछन, यो प्रहरमा
बल्ल चित्त शान्त हुन मानेको छ,
केई प्रक्रिया रै'छ एल्ले खोजेको-मैले नबुझेको...
फूलको यो मगमग वासना आउने बगैँचामा
धेरै पैले आइपुग्न पाएको भए,
यो सुगन्धलाई कतै कैद गरी
छर्किदै डुल्दथें होला!
"सुँघ यो,येइ नै हो जीवन, यो भन्दा अरु केहि छैन"
ऐले डुल्न दिदैन शरीरले...भट्याउन दिदैन,
"ति देवता होइनन् ए! मन्दिर नबना'ओ,
बरु मंच बनाओ,मैदान बनाओ,पिउने ठाउँ बनाओ
तेत्रा भारी भर्कम इँटा, बालुवा बोकेर मन्दिर नबना'ओ
कति मूर्ख भै बाँच्नु हामी,
जीवन खेर जाँदैछ
पुजारीले प्रसाद खाँदैछ
आशिर्वाद दिने कोइ पनि त्यहाँ बाट निस्कने छैन!
सबै भेटी हावामा उडाइदिउम
आशिर्वाद एकले अर्कालाई दिउम...
भोकै बसी भेटी चडायो, इँट थुपार्यो,
आफ्नो मकै फल्ने बारी
मन्दिरको नाममा सुम्प्यो,
आश गर्यो,
इँट बोकेर कर्न-फ्लेक्स किन्यो;
भित्र अश्लील नाच हुन्दैछ!
छाडि दिउम भक्तालु हुन,
आश गर्न...
आड लिन
भत्काउन थालौं आजैबाट 
भित्ता; आड लिने, छुट्टाउने
कोहि रहेछ यदि भने पनि थाहा भैसक्यो:
हाम्रो जिम्मा उसले हाम्लाई नै दिएको छ!"'

No comments:

Post a Comment