Friday, March 18, 2016

परम्परा पुच्छर


प्रणाम चिटिक्क,
टिका चन्दन
मीठो बोली, सफा बचन
ईरादा......
ऐनामा
धीर बिद्धान, बुद्धिमानी
विद्धान, ग्यानी, योगी
सत्यको पथमा हिँडेको तर बे-बिजोगी
किरा फट्याङ्रा ति जन सारा
बोलि-बचन हेराई जसका छाडा!
कठैबरा, थुक्क, विचरा ति सारा
भड्केका कमजोर मुर्खताका आहारा
देखेनन् तिनले कालो दाह्री
सफा मयलहिन धोती र लुंगी...
बुझेनन् तिनले वेद वेदान्त
तिनलाई के था' कुन चरा अनन्त!

ईर्ष्यालु, घमण्डी एक बालक झैँ
तँ भन्दा उपर मै सबथोक यैँ
हिँडेछु म जो पथमा,
यै नै सबथोक अरु सब.... हाहाहा साला!
एउटै छ बाटो, त्यै मार्गमा मै
काँ हिँड्या होला अंधकारमा अपांग झैँ!
यै नै सत्य, यै मार्ग मात्रै
मै मात्रै....मै मात्रै
हाहाहा...मैले बुझेको तरीका मात्रै
हाहाहा...मैरै गुरु मात्रै
होहोहो...परम्परा मात्रै
छिछिछि..बुद्धि चलाउन सक्छु भन्ने मुर्ख पात्रै!

No comments:

Post a Comment