Friday, March 4, 2016

दौड अब छाडिसकेँ



कमजोर भई टोलाई बस्नलाई,
बाँच्ने अवधि थौरै छ...
चुँडाईदेऊ ति सारा डोरीहरु
खोली फाल्द्'यौ ति सारा हतकडिहरु
र कुद...आफ्नो झोला बोकेर,
कता कुद्नु छ....
अरुले हगेका ठाउँमै तिम्ले पनि थुपार्नु पर्छ भन्ने जरुरी छैन।

आत्मविश्वास हैन...
अब आत्मयकिन उब्जाऊ...
रिझाउन हैन, अब सिक्न पाईला चलाऊ..
नपुंसक भई बाँच्न तिमी जन्म्या हैन!
धेरै ले सक्दैनस्, काविल छैनस् भन्लान...
तिनलाई के था,
तिमी भित्र बग्ने ज्वालाको बारेमा....
ति मानवशारी किरासँग लड्न, तिनलाई देखाउन,
तिमीसँग फुर्सद छैन!
हिँड..आफ्ना ति स्वयंम निर्मीत स्वर्गका बाटो,
भोली सूर्य झैँ तापले आफुलाई भर्नु छ...
पानीले निभ्ने किसिमको ज्वाला तिमी हैन!

लगलग कापीँ आश साँची
फलानोको यादमा आँशु राखी
ढिस्कानोसँग प्रतिस्पर्धा गरी
बाँच्न तिम्लाई याँ फालिएको हैन!
आत्मविश्वास राख्ने समय छैन
आत्मयकिन उब्जाउ,
तिमी भित्रको ज्वाला निभ्ने वाला मा पर्दैन...

No comments:

Post a Comment