मैले कैले आफ्नो घर भरिन....
आज के तिम्रो काँटी नपाउँदा
म काँप्छु जस्तो लाग्छ?
आफुलाई डाँडा माथी पुर्याउन,
तिम्ले बनाएका ति गुलेली
ठुक्र्याएर मैले धेरै पैले आफुलाई जमीन मुनी गाढी सकेँ...
आज के,
तिम्रो उचाई बाट मोहित नहुँदा,
मैले बाँच्नै न-सिकेको हुन्छ?
सिंहको झुण्डबाट लज्जित भई खेदाईएपछि
दलदलमा फसेको मृग खोज्दै हिँड्ने तिम्ले
आज मेरो आखाँमा आफुलाई नांगै देखि आफैँ फस्दा,
के म तिमी झैँ लंगडोलाई घिच्छु जस्तो लाग्छ?
सांस रहुन्जेल माटो खन्छु..
गलेछु भने यहीँ आफुलाई जलाउँछु
तर तिम्ले गाडेका झण्डा पकडेर माथी उक्लिन्न!
No comments:
Post a Comment