Friday, July 15, 2016

मध्यरातको मौसम

द्युतिका उन्मत्त,
मध्यरातमा झल्यास्स ब्यूँझिदा बखतको
गहिरो घाउका बोध सम्यक।
अर्ध स्वप्न पूरा गरी,
तानिएको चुरोटको त्यो स्वादन...
उच्छ्वास।
केही बाहिरका कुराका
सबथोक बाट एक-अर्को थोकमा,
परिवर्तन
केही भित्रका नादका
एक अर्को बिक्षोभबाट,
सर्वत गुञ्जित तालमा
परिभ्रमण।
एकताको यो मीठो वचन
एकलताबाट यो असली असम्मूढ।।
एउटा पात त्यो,
वृक्षमा उन्नत

No comments:

Post a Comment